Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

35 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

5

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड जम्मा

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

Lokaantar logoLokaantarPrivatestory104 publishers

फूटपाथमै शिशु जन्मिएको घटनाको नालीबेली– कसले निकाल्यो अस्पतालबाट ?

सप्तरीको राजविराजस्थित सरकारी स्वामित्वमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल परिसरअगाडिको फुटपाथमा एक विपन्न महिलाले शिशुलाई जन्म दिनुपरेको अमानवीय र संवेदनशील घटनाले देशव्यापी रूपमा चर्चा पाएको छ ।सरकारी अस्पतालमा प्रसूति गराउन पुगेकी निरक्षर तथा विपन्न दलित परिवारकी महिलाले अस्पतालको ढोकानजिकै सडक पेटीमा बच्चा जन्माउनुपर्ने स्थिति सिर्जना हुनुले राज्यले सञ्चालन गरेको 'सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम' को प्रभावकारिता एवं स्वास्थ्यकर्मीको व्यावसायिक नैतिकतामाथि नै ठूलो प्रश्नच

Lokaantar logoLokaantarPrivatestory24 publishers

निजी क्षेत्रले मन फुकाएर लगानी गरेनन्, धितोपत्र बजारले दुईतिहाइको सरकारलाई किन पत्याएन : वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता वर्षमान पुनले निजी क्षेत्रलाई थर्काउने धम्क्याउने र तर्साउने काम बन्द गर्न सरकारसँग माग गरेका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले निजी क्षेत्रको मनोबल गिराउने हो भने लगानी कसरी बढ्छ भन्दै प्रश्न गरे ।‘कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ । कोही थुन्ने भन्नुहुन्छ । कोही पाता कस्ने भन्नुहुन्छ । यस्तो त्रासपूर्ण वातावरणमा निजी क्षेत्रले कसरी मन फुकाएर लगानी गर्न सक्छ‚’ उनले भने‚ ‘पूर्व अर्थमन्त्रीको हैसियत

Lokaantar logoLokaantarPrivatestory2 publishers

जनताले ग्यास नपाएको भन्दै आफ्नै सरकारविरुद्ध खनिइन् आशिका तामाङ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले जनताले ग्यास पाउन नसकेको भन्दै आफ्नै सरकारको आलोचना गरेकी छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले ‘पसलमा ग्यास छ, तर बेच्न मान्दैन’ भन्दै दैनिक हजारौं कल आउने गरेको बताइन् । साथै उनले देशमा सरकारभन्दा ठूलो माफिया भएको भन्दै प्रश्न उठाइन् ।जनता भोकभोकै बस्नका लागि रास्वपालाई दुईतिहाइ मत नदिएको उनको भनाइ छ ।‘साँच्चिकै ग्यास छैन भने आज अहिलेनै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र ज

Lokaantar logoLokaantarPrivatestory7 publishers

संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी, कार्यव्यवस्था समितिमा छलफल

असोज १६ गतेबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने तयारी भएको छ ।प्रतिनिधिसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकमा उक्त विषयमा छलफल भएको हो ।बैठकमा सहभागी नेकपाका प्रमुख सचेतक युवराज दुलालले उक्त विषयमा छलफल भएको जानकारी दिए । दुलालका अनुसार चालु महिनाको ३० र ३१ गते तथा असोजको १‚ ५‚ ६‚ ७ र १३‚ १४‚ १५ र १६ गते बैठक चलाएर अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ ।‘यही छलफल अनुसार क्यालेन्डर ल्याउने र बढीमा असोज १६ सम्म बैठक चलाएर स

Lokaantar logoLokaantarPrivatestory3 publishers

Earlier today

2

कुमार बेनमाथि अमरेशको प्रश्नै–प्रश्नदेखि बादलको काउन्टर प्रतिवेदनमार्फत ओलीको बचाउसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का सल्लाहकार कुमार बेन सुटुक्क भारत गएको विषयमा गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बिहीबार बोल्दै उनले बेनमाथि प्रश्नै–प्रश्न उठाए ।‘एउटा जासुसी संस्थालाई भेट्न सल्लाहकार लुकेर जान्छ(न्) । राज्यको ढुकुटीबाट तलब भत्ता मन्त्रीस

Lokaantar logoLokaantarPrivatestory

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यस्तै आज विभिन्न छवटा समितिको बैठक पनि बस्दैछ ।

Lokaantar logoLokaantarPrivatestory25 publishers

Yesterday

13

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न आफू गम्भीर भएर लाग्ने बताएका छन् ।शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले जनतालाई आवश्यक मात्रामा ग्यास उपलब्ध गराउन पहल गर्ने बताए ।‘जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ । छलफल गरेर आवश्यक कदम चाल्नेछौँ,’ उनले भने ।निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर विगतमा भएका कामबारे जानकारी लि

Lokaantar logoLokaantarPrivatestory18 publishers

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ मन्त्री साहलाई शपथ दिलाएका हुन् । अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।गौरीकुमारीले बिहीबार नै राजीनामा दिएकी थिइन् ।बिहीबार राजीनामा दिए

Lokaantar logoLokaantarPrivatestory18 publishers

‘बालेन सत्ता तासको पत्ता जस्तै हो, मधेशलाई हेपे नास हुन्छ’

सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरू चर्को विरोधमा उत्रिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । तिनैध्येका एक हुन् डा. अमरेश कुमार सिंह ।सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस सभापति गगनकुमार थापालाई चुनाव हराएर ‘घण्टी चुनाव चिह्न’बाट सदन छिरेका उनी संसद्‌मा आफ्नै सरकारले गरिरहेका गलत कामविरुद्ध खुलेर आलोचनामा उत्रिएका हुन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा अम

Lokaantar logoLokaantarPrivatestory5 publishers

कुमार बेनको दिल्ली भ्रणमबारे संसदबाटै अमरेशले उठाए प्रश्न

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का सल्लाहकार कुमार बेन सुटुक्क भारत गएको विषयमा गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बिहीबार बोल्दै उनले बेनमाथि प्रश्नै–प्रश्न समेत उठाए ।‘एउटा जासुसी संस्थालाई भेट्न सल्लाहकार लुकेर जान्छ(न्) । राज्यको ढुकुटीबाट तलब भत्ता मन्त्रीस्तरीय खान्छ(न्)‚’ उनको आरोप थियो‚ ‘म त्यो सल्लाहकार भएको भए टाई-सुट लगाएर, टाउको ठाडो बनाएर त्रिभुवन एयरप

Lokaantar logoLokaantarPrivatestory

रास्वपाकै सांसदले भने- सामान्य जनसंख्या र देश पनि पाल्न नसक्ने भए परिवर्तनको अर्थ रहँदैन

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट राजीनामा दिने घोषणा गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनतालाई ग्यास दिलाउन नसक्ने समितिबाट नैतिकताको आधारमा राजीनामा दिने बताएका हुन् । उनले विगतको आन्दोलनबाट आफूहरूले उपलब्धि पाए पनि राज्यलाई भने केही उपलब्धि दिलाउन नसकेको बताए । ‘हामी ग्यास दिन नसक्ने अवस्थामा छौं । बोकेर भए पनि ग्यास दिनुपर्छ । डेलिभरी दिने राज्यको

Lokaantar logoLokaantarPrivatestory4 publishers

अस्पतालबाहिरै सुत्केरी भएको घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै

एक महिलाले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज जाने भएको छ ।मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख एवं महिला तथा प्रसूति रोग विशेषज्ञ डा. पवनजंग रायमाझी पनि छानबिन टोलीसँगै आजै राजविराज जाने भएका छन्।मन्त्रालयले घ

Lokaantar logoLokaantarPrivatestory21 publishers

रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार पुनर्निर्माणमै ढिलाइ हुँदा रसुवा–नुवाकोटले कसरी पत्याउने ?

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले जेनजी विद्रोहपछि सिंहदरबार, गृह मन्त्रालयलगायत सरकारी संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै आचार्यले निजी क्षेत्रले द्रुत गतिमा काम गर्न सक्ने अवस्थामा सरकारले भने पुनर्निर्माणलाई तीव्रता दिन नसकेको भन्दै प्रश्न गरे ।उनले जेनजी विद्रोह भएको एक वर्ष पुग्न लाग्दासमेत सरकारी संरचनाको पुनर्निर्माण पूरा नभएको उल्लेख गर्दै रसुवा र नुवाकोटमा हालै आएको ब

Lokaantar logoLokaantarPrivatestory3 publishers

संसद्मा उठ्यो सडकमै शिशुलाई जन्म दिएको विषय

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल बाहिर सडकमै एक गर्भवती महिलाले शिशुलाई जन्म दिएको विषय सदनमा उठेको छ ।बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सत्तारुढ दल रास्वपा सांसद खगेन्द्र कर्णले सो विषयको शुरूमै उठान गरे । सुत्केरी व्यथा लागेपछि ती महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । महिलासँग २ हजार ५ सय मात्रै रहेकाले भर्ना गर्न नपाएको भन्दै सत्यतथ्य सदनलाई जानकारी गराउन सांसद कर्णले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराए । यस्तै

Lokaantar logoLokaantarPrivatestory24 publishers

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन् ।उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन् । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय गरेको उनको सचि

Lokaantar logoLokaantarPrivatestory7 publishers

चोलेन्द्रको महाभियोगसम्बन्धी रिट सर्वोच्चद्वारा खारेजदेखि सुधन गुरुङप्रति ओलीको कटाक्षसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद दिवसलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बेवास्ता गरेको भन्दै आक्रोश पोखेकी छन् ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा सरकारले सहिद र पीडित परिवारका लागि केही गर्न नसकेको गुनासो गरिन् ।जेनजी सहिदकी आमासमेत रहेकी खत्रीले

Lokaantar logoLokaantarPrivatestory9 publishers

परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार

मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ ।यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले गत फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्यो ।प्रतिनिधिसभाको निर्वाचनबाट नवयुवाको माग पूरा गर्ने वाचाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक मत प्राप्त गरी नयाँ सरकार गठन गर्यो ।रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भयो । सरकार सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र म

Lokaantar logoLokaantarPrivatestory2 publishers

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभा बैठक पनि दिउँसो १:१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०

Lokaantar logoLokaantarPrivatestory18 publishers

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूची ?

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ ।प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।यस्तै, अर्थमन्त्री डा वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३

Lokaantar logoLokaantarPrivatestory18 publishers

Older

15

जेनजी मुद्दामा आफ्नै सरकारसँग रास्वपा सांसदको असन्तुष्टि, उठाए प्रश्नैप्रश्न

‘सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? सहिद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’यो प्रश्न हो; राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कि सांसद रचना खतिवडा खत्रीको । उनले बुधबारको प्रतिनिधिसभा बैठक अन्तर्गत शून्य समयमा उक्त प्रश्न उठाएकी हुन् ।बुधबारको बैठकमा उनको अनुहारको भाव र प्रधानमन्त्री (बालेन्द्र शाह)माथिको आक्रोश यतिमा मात्र रोकिएन । जेनजी विद्रोह भएको एक वर्षमा सरकारले खेलेको भूमिकामाथि उनको गुनासो थियो । मंगलबार जेनजी सहिदको स्मृतिमा कार्यक्रम गरिएको तर‚ उक्त

Lokaantar logoLokaantarPrivatestory9 publishers

चोलेन्द्रको महाभियोगसम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावसँग सम्बन्धित रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ ।प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार रिट खारेज गर्ने फैसला गरेको हो ।संसद्को कार्यकाल सकिँदैमा महाभियोग प्रस्ताव स्वतः निष्क्रिय नहुने र नयाँ प्रतिनिधिसभाले त्यसलाई अगाडि बढाउनुपर्ने माग गर्दै संसद् सचिवालयले पठाएको पत्रको वैधतामाथि प्रश्न उ

Lokaantar logoLokaantarPrivatestory5 publishers

महासभामा हिमालय संकटको विषय उठाउन प्रधानमन्त्रीलाई रविको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रसंघको महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्‌बाटै सुझाव दिएका छन् ।बुधबारको प्रतिनिधिसभा बैठकमा उनले महासभा हाम्रा लागि केवल नियमित कूटनीतिक उपस्थिति मात्र बन्न नहुने बताए । उनले विश्व समुदायलाई हाम्रा हिमालहरूमा अहिले के भइरहेको छ भनेर सत्यको ऐना देखाउने ऐतिहासिक र निर्णायक मञ्च महासभा हुनुपर्ने धारणा राखे ।‘अबको केही दिनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको उच्चस्तरीय

Lokaantar logoLokaantarPrivatestory2 publishers

विपद्लाई अवसर बनाएर आरोप–प्रत्यारोप खेल्ने समय होइन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिपछि विपद्लाई अवसर बनाएर एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भनेर रमाउने प्रवृत्ति देखिएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर रोस्ट्रमबाट बोल्दै लामिछानेले अहिले राजनीतिको रोटी सेक्ने समय नभएको स्पष्ट पारे ।‘आज यो अकल्पनीय प्रकोपको मारमा हजारौं परिवार परेका छन् । उनीहरूले केवल घरबार गुमाएका छैनन्; जायजेथा, बस्ती, छिमेक, खेतबारी, आफ्नो जीवनको सम्पूर्ण कमाइ र सर्वस्व गुमाएका

Lokaantar logoLokaantarPrivatestory17 publishers

नागरिकको चित्कार सुन्न नसक्ने र घाउमा नुन छर्किने हृदयविहीनका लागि रास्वपामा कुनै स्थान छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को समयमा सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक-चौतारामा तुच्छ टीकाटिप्पणी र कटाक्ष नगर्न आग्रह गरेका छन् ।बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारलाई आग्रह गर्दै पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएको अवस्थामा त्यसको विरुद्धमा कदम चाल्न सुझाव दिए ।'हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति निकाल्ने होइन, राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नाग

Lokaantar logoLokaantarPrivatestory10 publishers

रवि लामिछाने बोल्दा संसद्मा पुगे बालेन

प्रतिनिधिसभा बैठकलाई खासै आफ्नो प्राथमिकतामा नराख्ने प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह बुधबारको बैठकमा उपस्थित भएका छन् ।बुधबारको बैठकमा आकस्मिक समय चल्दा अनुपस्थित रहेका उनी रास्वपा सभापति रवि लामिछाने बोल्दै गर्दा संसद्‌मा उपस्थित छन् ।प्रतिनिधिसभा बैठकमा अहिले लामिछानेले सम्बोधन गरिरहेका छन् ।बालेन विरलै मात्र संसद् बैठकमा उपस्थित हुन्छन् । यसअघि भदौ १७ गतेको बैठकमा उपस्थित भएर सम्बोधन गरेपछि उनी हिँडेका थिए । विपक्षी दलहरूले बेला बेला बालेनलाई संसदमा खोजिरहन्छन् ।

Lokaantar logoLokaantarPrivatestory21 publishers

भोटेकोशीका मृतक प्राकृतिक विपत्तिका पीडित होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई प्राकृतिक विपत्तिका मृतक मान्न नसकिने बताएका छन् ।बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भदौ १० गते रसुवामा गएको बाढीमा ज्यान गुमाएका व्यक्तिहरूलाई प्राकृतिक विपत्तिका मृतक मान्न नसकिने बताएका हुन् ।'भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छनौं, हुनुहुँदैन । उनीहरू जलवायु अन्यायका पीडित हुन्,'

Lokaantar logoLokaantarPrivatestory17 publishers

जेनजी सहिद दिवसलाई प्रधानमन्त्री बालेनले बेवास्ता गरेको भन्दै रास्वपा सांसदको आक्रोश

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका सहिद दिवसलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बेवास्ता गरेको भन्दै आक्रोश पोखेकी छन् ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा सरकारले सहिद र पीडित परिवारका लागि केही गर्न नसकेको गुनासो गरिन् । जेनजी सहिदकी आमासमेत रहेकी खत्रीले एक वर्षमा देशले सहिद र एक दिनको बिदा पाउनुबाहेक पीडित परिवारले केही नपाएको बताएकी हुन् ।उनले सहिदको नाममा केही लेखिदिन र श्रद्धा

Lokaantar logoLokaantarPrivatestory9 publishers

हामी सत्ता र कुर्सी माग्न सडकमा गएका थिएनौँ, जेनजीसँगको सहमति कार्यान्वयन होस् : पुरुषोत्तम यादव

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा सदनमै चेतावनी दिएका छन् ।उनले जेनजी विद्रोहपश्चात् अन्तरिम सरकारले जेनजीहरूसँग गरेको सहमति कार्यान्वयन नभएको बताएका छन् । वर्तमान सरकारले त्यो सहमति यथाशीध्र कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।‘बालुवाटारबाट बार्दली पुगेको एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन र थप अहंकारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्,’ उनले चेतावनी दिए ।रास

Lokaantar logoLokaantarPrivatestory5 publishers

जेनजी विद्रोहलाई जनआन्दोलन घोषणा गर्न रास्वपा सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी विद्रोहलाई जनआन्दोलन घोषणा गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जेनजी विद्रोहलाई औपचारिक रूपमा जनआन्दोलन घोषणा गर्नुपर्ने बताएका हुन् ।उनले उक्त आन्दोलनमा सहभागी भएका कारण अहिले जेलमा रहेका व्यक्तिहरूलाई रिहा गर्न समेत माग गरे । सांसद न्यौपानेले जेनजी विद्रोहकै कारण आफूहरू सत्तामा पुग्न सफल भएको समेत स्मरण गरे ।

Lokaantar logoLokaantarPrivatestory3 publishers

तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भोटेकोशी बाढीपछि सिर्जित परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल शुरू गरेका छन् ।भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत वितरण तथा उपचारलगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले सुरक्षा प्रमुखसँग छलफल थालेका हुन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका प्रध

Lokaantar logoLokaantarPrivatestory207 publishers

रसुवा बाढीको प्रभाव अध्ययन गर्न सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन

प्रतिनिधिसभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ ।अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो ।उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन् ।समितिका सभापति डा कृष्णहरि

Lokaantar logoLokaantarPrivatestory7 publishers

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोड मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोख

Lokaantar logoLokaantarPrivatestory104 publishers

प्रतिगमन सच्चाउन अघिल्लो संसद् पुनर्स्थापनलाई राजनीतिक एजेन्डा बनाउँछौं– महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौमा विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनालाई राजनीतिक एजेन्डा बनाउने बताएका छन् ।असोज ६–७ मा बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरेर यसबारे निर्णय लिने उनले बताए ।भदौ २४ को घटनाको वार्षिकीको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बस्नेतले संसद् पुनर्स्थापना क्रान्तिकारी कदम हुने दाबी गरेका हुन् । एमालेले भदौ २३–२४ को घटनालाई प्रतिगमन भन्दै आइरहेको छ।‘संसद् पुनर्स्थापाको कुरा साथीहरूले सोध्नु भएको छ । यसपालिको बैठकमा हामी

Lokaantar logoLokaantarPrivatestory4 publishers

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।यस्तै, बैठकमा कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव&rsq

Lokaantar logoLokaantarPrivatestory25 publishers

Browse by publisher

37