Skip to content
kchakhabarehकेछखबर
All publishers

Publisher

Khabarhub

Khabarhub logo
PrivateNepalne

Self-identifies as pro-free-press, pro-democratic-norms. Maintains a fact-checking database.

24 h
96
7 days
702
Stories
6
Last pub
18 min ago
Covers stories with
Cross-publisher stories

Stories Khabarhub covered alongside other publishers

All stories
6stories5 co-publishers involved87 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

96 in 24 h
Past hour

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७०० र चाँदीको मूल्य रु ११५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार १५० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु दुई […]

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको छ । घटस्थापनापछि दसैँलगायतका चाडपर्व मनाउनको लागि बाहिरिने सर्वसाधारणको सङ्ख्या वृद्धि भइरहेको छ । वर्षदिनमा आउने चाड र इष्टमित्र र आफन्तसँगको पारिवारिक मिलन पनि हुने भएकाले पनि सर्वसाधारण ट्राफिक जाम, असुरक्षित यात्रा गरेरै भए पनि आआफ्नो गाउँघरमा फर्किने क्रम जारी नै छ । कमजोर सडक […]

31 publishers

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी

2 publishers

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले उठाएको प्रश्नको खण्डन गर्दै त्यसमा अत्यधिक तापक्रम सहन सक्ने तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको जनाएको छ। दुई कोरियाबीच उन्नत हतियार विकासको प्रतिस्पर्धा तीव्र भइरहेका बेला सियोलको यस्तो भनाइ सार्वजनिक भएको हो। हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा कम्तीमा पाँच गुणा बढी गतिमा उड्न सक्छन्। उडानकै क्रममा दिशा परिवर्तन […]

1–3 hours ago

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड दिइने अमेरिकी सेनाका पूर्व सैनिक निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरेका छन्। रक्षामन्त्री पीट हेगसेथले अघि सारेका उक्त योजनाको स्वदेश तथा विदेशमा व्यापक आलोचना भएपछि ट्रम्पले त्यसलाई रद्द गरेका हुन् । हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाको अमेरिकी डेमोक्रेटिक तथा रिपब्लिकन राजनीतिज्ञ, […]

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज बनाउन ‘ नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । यही असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिने भएको हो । बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू […]

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू)

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको संख्या घटेको छैन । अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकहरूको संख्या उल्लेख्य रहेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित […]

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव–वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो । भीमदत्त–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, ‘पूर्वसूचना प्रणालीले निकुञ्जबाट जङ्गली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ […]

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन् । दीक्षान्त समारोहमा प्रशिक्षार्थी जवानलाई शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक राजेन्द्र खड्कालाई […]

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने ई–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ । यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार […]

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ- बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ७० वटा सवारीसाधन कारबाहीमा परेका छन्। जिल्लाका विभिन्न नदी तथा खोलाबाट अवैध रूपमा उत्खनन गरिएका ढुङ्गा, गिट्टी र बालुवा ओसारपसारमा प्रयोग भएका टिपर, ट्र्याक्टर, स्काभेटर, डोजर र जेसीबी कारबाहीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण […]

3–12 hours ago

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा(व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा […]

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज दशहारा (बडादसैँ)पर्वको जारी नवरात्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिमा यो विधि सम्पन्न गर्ने मैथिल परम्परा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले बताए । उनका अनुसार पर्वका अवसरमा माटो मुछेर […]

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत जलसिँचाइ आयोजना चितवनले यस आर्थिक वर्षमा अपुरा आयोजना सम्पन्न गर्न केन्द्रित भएको छ । आयोजनाले यस वर्ष १६ भन्दाबढी ठाउँमा ट्युबवेल खनेर अपुरो बनेका आयोजना सम्पन्न गर्दै छ। आयोजनाले यस आर्थिक वर्षमा विद्युतीकरण, मोटर खरिद, पम्पघर निर्माण र पाइपलाइन बिस्तारका लागि रु १० करोड विनियोजन […]

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरूप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको उल्लेख गरेकी छन् । सरकारले कृषि विकास रणनीति, खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, सोह्रौँ आवधिक योजना तथा खाद्य प्रणाली रूपान्तरणको रणनीतिका योजनामार्फत […]

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। स्थानीयको आवश्यकता र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकता दिँदै सडक, पुल, खानेपानी, सिँचाइ तथा कृषि र पशुपालनका क्षेत्रमा काम अघि बढाइएको हो। गाउँपालिकाले एक वर्षको अवधिमा २.७५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको छ भने ४.९५ किलोमिटर सडक ग्राभेल र […]

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ। गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङका स्थानीय बासिन्दाहरूको सक्रियतामा पदमार्गको पहिरोभन्दा माथि र रिमिचेभन्दा तल पहिरो गएका स्थानहरूमा श्रमदान गरी मार्ग सुधार गरिएको हो । गोसाइँकुण्ड-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयवासीको प्रत्यक्ष सहभागितामा पहिरोले बढी क्षति पुर्‍याएका मुख्य-मुख्य ठाउँहरूमा मर्मत कार्य सम्पन्न गरिएको छ। गत […]

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ । महानगरपालिकाका अनुसार दसैँको मुख्य दिनका अवसरमा सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन प्रभावित हुने भएको हो । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले उक्त अवधिमा घर, […]

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको […]

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उनलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो । यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारको सहारा र आश्रय दुवै खोसेको छ । श्रीमान् ७० […]