नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन ५.७३ अंकले घटेर २७३८.७२ बिन्दुमा बन्द भएको छ। दिनभर ४ अर्ब ९१ करोड रुपैयाँ ब…
Publisher
उज्यालो अनलाइन
Digital arm of Ujyaalo 90 Network, the news-radio broadcasting wing of Communication Corner. Strong broadcast/digital reach (~1.7M FB). RSS served behind Cloudflare — fetches from residential IPs / server-side may succeed while bot probes get 403.
Stories Ujyaalo Online covered alongside other publishers
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन ५.७३ अंकले घटेर २७३८.७२ बिन्दुमा बन्द भएको छ। दिनभर ४ अर्ब ९१ करोड रुपैयाँ ब…
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को खेलमा नेपाल स्कटल्यान्डसँग डिएलएस पद्धतिअनुसार दुई रनले परा…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर…
निर्माण सामग्री र इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले देशभरका सरकारी निकायहरूमा धर्ना र घेराउ कार्यक्…
भारत सरकारले आन्तरिक बजारमा चिनीको आपूर्ति सहज बनाउन र मूल्यवृद्धि नियन्त्रण गर्न कच्चा तथा प्रशोधित चिनीको निर्यातमा ३० सेप्टेम्बर २०२६ सम्…
धर्मशालास्थित एचपीसीए स्टेडियममा भएको इन्डियन प्रिमियर लिगको खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ। पञ्जाबले दि…
20+ headlines ingested
काठमाण्डाै — आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ४ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३ सय ५५ रुपैयाँले घटेर तोलाको ५ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ५ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।
काठमाण्डौ - यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरेको हो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ । यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम हुने ...
काठमाण्डौ - पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकालाई सहयोग पुर्‍याउन सकिने अवस्था हुने बताएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ्दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ । पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रको...
काठमाण्डौ — प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेशहरुलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो । ]कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ । कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्य...
काठमाण्डौ — प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आउँदो ४, ५ र ६ गतेका दिनहरू तोकिएको छ । हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नुभएको हो । सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ । प्रतिनिधिसभाको हिजोको दोस्रो बैठकमा अर्थमन्...
काठमाण्डौ — दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ । सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसङ्घले विशेष ध्यान दिन थालेको थियो । आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका&rsqu...
काठमाण्डौ - प्रहरीले गोली प्रहार गरेर व्यक्ति हत्याका फरार आरोपीलाई पक्राउ गरेको छ । हिजो कीर्तिपुरको चोभार नजिकै प्रहरीले गोली हानेर सुजन शाहीलाई पक्राउ गरेको हो । अघिल्लो हप्ता कीर्तिपुरमा गुल्मीका विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गोली हानेर समात्नु परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । घुँडामुनि गोली लागेका उनको उपचार भइरहेको छ । गएको वैशाख २३ गते कीर्तिपुर नगरपालिका पोडेटोलमा विपिन ...
काठमाण्डौ - आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले हिजो सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गर्नुभयो । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग गर्ने बजेटको प्राथमिकता रहनेछ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकता यस प्रकार छ । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्र...
काठमाण्डौ - गए राति काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ । सिन्धुली, काठमाण्डौ, हेटौँडा, चितवन, झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि कोशी र मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ...
काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई हराएको छ । मुम्बई ६ विकेटले विजयी भएको हो । हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावले दिएको २०१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । मुम्बईको जीतमा तिलक बर्माले अविजित रहँदै ३३ बलमा ७५ रन बनाए । आईपीएल क्रिकेटमा लगातारको ६ जीतपछि करिब ३ हप्तासम्म शीर्षस्थानमा रहेको पञ्जावले लय गुमाएको हो । त्यसपछि लगातार...
काठमाण्डौ - विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो । नीति तथा कार्यक्रममाथि छलफलका लागि अस्ति बुधबार संसदमा पेस भएको थियो । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिबिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि अस्ति बुधबार पटक पटक सदन अवरुद्ध भएको थियो । तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिए । छलफलपछि नीति, कार्यक्रममाथि उठेका प्र...
काठमाण्डौ - पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । समितिलाई गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । व्यापारी दीप...
काठमाण्डाै – नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएका छन् । इन्धनलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले धर्ना दिएका हुन् । व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महासङ्घका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना...
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले अमेरिकालाई डीएलएस नियमका आधारमा २ रनले हराएको छ । वर्षाले प्रभावित खेलमा ३२ ओभरमा २४९ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर २४६ रनमात्र बनाउन सक्यो । अमेरिकाका साईतेजा मुक्कामल्लाले शतक बनाए । उनी ७५ बलमा १०४ रन बनाएर आउट भए । यस्तै स्मित पटेलले ७२ रन बनाए । स्कटल्यान्डका ब्राड करी, ब्रान्डन म्याकमुलेन र सफयान शरिफले २/२ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्ध...
काठमाण्डाै – भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ । भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चिनी निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको हो । सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । योसँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । तर नेपाली चिनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन् । आयात नभए पनि कम्तीमा आउँदो मङ्सिर–पुससम्म चिनीको ...
काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा सहमत हुनुभएको छ । ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका ह्वाइट हाउसलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ । यसैबीच सी र ट्रम्पबीच बेइजिङमा द ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको छ । बेइजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई विश्वको ‘सबैभन्दा महत्त्वपूर्ण&...
काठमाण्डाै – प्रतिनिधिसभाका सांसदहरूले संविधान कार्यान्वयन, सङ्घीयता सबलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा आउँदो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले अर्थतन्त्र सुधार र सुशासन प्रवर्द्धनमार्फत आर्थिक, सामाजिक रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिए । उनीहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताए । सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएको डिजिटल पूर्वाधार...
काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से १० दशमलव ०७ अङ्कले घटेर २ हजार ७३० दशमलव १७ विन्दुमा झरेको छ । आज जीवन बीमा, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक २ प्रतिशतले ओरालो लागेको छ । आज १७४ वटा कम्पनीको शेयर घटेकोमा ८० वटाको बढेको छ । यस्तै १४ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज एशियन हाइड्रोपावरको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनियन हाइड्रोपावरको शेयर ११ दशमलव २५ प्रतिशतले बढेको छ । आज नेप्से घटे प...
काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् । एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ । लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन ...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमण गरेको दाबी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक तथा सुरक्षा समीकरण फेरि चर्चामा आएको छ । इजरायलले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरेको समाचार संस्था एपीले जनाएको छ । इजरायली प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा नेतान्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको उल्लेख छ । तर यूएईले इजरायली दाबीलाई अस्वीकार गरेको छ । यूएईको सरकारी स...