Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

जेनजी पुस्तासँगको सहमति कार्यान्वयन गर्न सांसद पुरुषोत्तम यादवको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले जेनजी पुस्तासँग सरकारले गरेको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले आन्दोलनपछि अन्तरिम सरकारसँग भएका सम्झौताहरू अझै कार्यान्वयन नभएकोमा सरकारको ध्यानाकर्षण गराए। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूका परिवारसँग गरिएका सम्झौताहरू यथाशीघ्र पालना गर्न आग्रह गरेका छन्।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

जेनजीसँग भएका सम्झौता कार्यान्वयन गर्न सांसद यादवको माग

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजीसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । प्रतिनिधिसभामा बोल्दै सांसद यादवले आन्दोलन सफल भएपछि अन्तरिम सरकारसँग भएका सम्झौता अहिले पनि कार्यान्वय हुन नसकेको भन्दै यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका हुन् । साथै उनले मृतक र घाइतेका परिवारसँग भएको सम्झौता पनि यथाशीघ्र कार्यान्वयन […]

Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट प्राप्त नयाँ जनमतको मानमर्दन नगर्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै यादवले जेन-जी आन्दोलनको माग र मर्मलाई निर्वाचनबाट जनताले अनुमोदन गरिसकेको बताए। ‘हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ। आज मसँग बोल्ने शब्द र […]

  2. हामी सत्ता र कुर्सी माग्न सडकमा गएका थिएनौँ, जेनजीसँगको सहमति कार्यान्वयन होस् : पुरुषोत्तम यादव

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा सदनमै चेतावनी दिएका छन् ।उनले जेनजी विद्रोहपश्चात् अन्तरिम सरकारले जेनजीहरूसँग गरेको सहमति कार्यान्वयन नभएको बताएका छन् । वर्तमान सरकारले त्यो सहमति यथाशीध्र कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।‘बालुवाटारबाट बार्दली पुगेको एउटा विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन र थप अहंकारको कालो बादल यो सदनभित्र गर्जन बन्द गरियोस्,’ उनले चेतावनी दिए ।रास

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. जेनजी पुस्तासँग गरेको सहमति तत्काल कार्यान्वयन गर :  सांसद यादव

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले वर्तमान सरकारलाई विगतका सहमति र सम्झौताप्रति गम्भीर बन्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जेनजी पुस्तासँग सरकारले गरेको सहमति

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. जेनजीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न रास्वपा सांसद यादवको माग

    काठमाडौं । रास्वपाका सांसद पुरुषोत्तम यादवले जेनजी आन्दोलनको माग र मर्मको भावनालाई निर्वाचनबाट जनताले अनुमोदन गरिसकेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अन्तरिम सरकारले जेनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन गर्न माग गरे। उनले भने, ‘हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ। आज मसँग बोल्ने शब्द र वाक्यहरू थोरै […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.