निजी क्षेत्रले मन फुकाएर लगानी गरेनन्, धितोपत्र बजारले दुईतिहाइको सरकारलाई किन पत्याएन : वर्षमान पुन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता वर्षमान पुनले निजी क्षेत्रलाई थर्काउने धम्क्याउने र तर्साउने काम बन्द गर्न सरकारसँग माग गरेका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले निजी क्षेत्रको मनोबल गिराउने हो भने लगानी कसरी बढ्छ भन्दै प्रश्न गरे ।‘कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ । कोही थुन्ने भन्नुहुन्छ । कोही पाता कस्ने भन्नुहुन्छ । यस्तो त्रासपूर्ण वातावरणमा निजी क्षेत्रले कसरी मन फुकाएर लगानी गर्न सक्छ‚’ उनले भने‚ ‘पूर्व अर्थमन्त्रीको हैसियत