Skip to content
kchakhabarehकेछखबर
All publishers

Publisher

Bizmandu

PrivateNepalne

बिजमाण्डू

Leading Nepali-language business/economic news portal covering NEPSE, banking, corporate, and IT. Founded 2012 by Bizmandu Pvt. Ltd., which also ran general-news portal Pahilopost.com (~2014) until merging it into Bizmandu in July 2023. Self-describes as Nepal's #1 business portal (~250k claimed daily readers, self-reported). Active on FB/X/YouTube.

24 h
42
7 days
150
Stories
6
Last pub
9h ago
Covers stories with
Cross-publisher stories

Stories Bizmandu covered alongside other publishers

All stories
6stories5 co-publishers involved155 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

42 in 24 h
3–12 hours ago

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

काठमाडौं। अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ। २०७९ वैशाख १६ मा भएको सम्झौता अनुसार तीन वर्षमा काम सम्पन्नको समय तोकिएको थियो। काम नसकिएपछि २०८३ वैशाख १६ सम्म म्याद थप गरिएको थियो। ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ। निर्माण […] The post काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार appeared first on BIZMANDU.

content9 publishers

‘राजदूत सुनुवाइ सिंहदरबारमा, निर्णय चन्द्रागिरिमा’, बैठकअघि नै कसरी बन्यो योजना?

काठमाडौं। असोज २० गते संसदीय सुनुवाइ समितिका सदस्यहरू दुई दिने आवासीय अभिमुखीकरणका लागि चन्द्रागिरि पुगे। त्यही दिन बिहान मात्र समितिले विभिन्न देशका लागि प्रस्तावित १३ राजदूतविरुद्ध प्राप्त उजुरी खोलेको थियो। उजुरी र प्रस्तावित राजदूतको कार्ययोजना वितरणपछि हतार हतार चन्द्रागिरि पुगेका सांसदले छलफलको एजेण्डा सुनुवाइ नै बनाए – कस्तो मान्छेलाई राजदूत बनाउने? संसद् सहयोग परियोजना (युएनडिपी) […] The post ‘राजदूत सुनुवाइ सिंहदरबारमा, निर्णय चन्द्रागिरिमा’, बैठकअघि नै कसरी बन्यो योजना? appeared first on BIZMANDU.

content

पोखरा पहिलो खेलमै पराजित, ऐरीको प्रभावशाली ब्याटिङमा सुदूरपश्चिम विजयी

काठमाडौं। पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमै पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई ६ विकेटले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। […] The post पोखरा पहिलो खेलमै पराजित, ऐरीको प्रभावशाली ब्याटिङमा सुदूरपश्चिम विजयी appeared first on BIZMANDU.

content26 publishers

दुई पाङ्ग्रे सवारी साधनको बजार बुम, तीन महिनामै भित्रिए १ लाख १२ हजार बाइक/स्कुटर

काठमाडौं। बजारमा दुई पाङ्ग्रे सवारीसाधनको हिस्सा बढ्दै गएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा दुई पाङ्ग्रे सवारीसाधनको आयात वृद्धि भएको छ। विद्युतीय दुई पाङ्ग्रेको आयात तीन गुणाले वृद्धि भएको छ। इन्धनको मूल्यवृद्धिका कारण गत आवको अन्तिम त्रैमासदेखि विद्युतीय दुई पाङ्ग्रेको आयात बढ्न थालेको थियो। इन्धन दुई पाङ्ग्रेको […] The post दुई पाङ्ग्रे सवारी साधनको बजार बुम, तीन महिनामै भित्रिए १ लाख १२ हजार बाइक/स्कुटर appeared first on BIZMANDU.

content

संसदीय समितिले भन्यो- विश्व बजारमा नेपाली उत्पादनको सहज पहुँचको विषय पनि कोपमा उठाउनू

काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिले जलवायु न्याय र वातावरणीय न्यायको आवाज उठाउँदा दुई छिमेकी राष्ट्रसहित विश्व बजारमा नेपाली उत्पादनको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको छ। समितिले बुधबार कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई बोलाएर छलफल गरी भारत र चीनका साथै तेस्रो देशमा […] The post संसदीय समितिले भन्यो- विश्व बजारमा नेपाली उत्पादनको सहज पहुँचको विषय पनि कोपमा उठाउनू appeared first on BIZMANDU.

content

खरेलले प्रभावशाली बलिङ गर्दा १४५ रनमा समेटियो पोखरा, अर्जुनको ब्याट चल्दा चलेनन् सकिव

काठमाडौं। पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्ता दिएका थिए। पोखराका लागि शीर्ष क्रमका मेहेदी हसनले ३२ […] The post खरेलले प्रभावशाली बलिङ गर्दा १४५ रनमा समेटियो पोखरा, अर्जुनको ब्याट चल्दा चलेनन् सकिव appeared first on BIZMANDU.

content13 publishers

ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत

काठमाडौं। एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न नेपाल आयल निगमले उद्योगहरुलाई गरेको सर्कुलरको ग्यास बिक्रेता महासंघले स्वागत गरेको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार प्रेस विज्ञप्ति जारी गरी निगमको निर्देशनको स्वागत गरेका हुन्। ‘एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य भ्याट बिल जारी गर्ने/ गराउने निर्देशन अत्यन्तै स्वागतयोग्य छ,’ अर्यालले विज्ञप्तिमा भनेका छन्, ‘ग्यास कारोबारलाई […] The post ग्यासको कारोबारमा भ्याट बिल अनिवार्य गर्न निगमले दिएको निर्देशनको महासंघले गर्‍यो स्वागत appeared first on BIZMANDU.

content16 publishers

भारत सरकारले बढायो कर्मचारीहरुको महंगी भत्ता, यही वर्ष बढ्यो ५ प्रतिशत

भारत सरकारले सरकारी कमर्चारीहरुको महंगी भत्तामा ३ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। बुधबारको मन्त्रिपरिषद बैठकले १ जुलाई २०२६ देखि लागू हुने गरि यो निर्णय गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। सरकारको यस निर्णयसँगै कर्मचारीहरुले अघिल्ला महिनाहरुको बक्यौता (एरियर) समेत यो दिपावलीअघि नै प्राप्त गर्ने भनिएको छ। भत्ता वृद्धिसँगै केन्द्रीय कर्मचारी तथा पेन्सन पाउनेहरुको महंगी […] The post भारत सरकारले बढायो कर्मचारीहरुको महंगी भत्ता, यही वर्ष बढ्यो ५ प्रतिशत appeared first on BIZMANDU.

content
Yesterday

बैंकका ठूला लगानीकर्ताको खस्किएको मनोबल : गल्तीविनै फौजदारी डन्डा, राम्रा जनशक्ति आउन छाडे

काठमाडौं। मुलुकका बैंक तथा वित्तीय संस्थाका ठूला लगानीकर्ता मंगलबार साँझ ठमेलमा रहेको एलफ्ट होटलमा थिए। बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ(सीबीफीन)ले संचारकर्मीलाई छलफलका लागि बोलाएको थियो। छलफल अगाडि सीबीफीनका महासचिव मनोज गोयलले प्रिजेन्टेसनसहित बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानीदेखि राजस्वको योगदानको कुरा उल्लेख गरे। त्यही प्रिजेन्टेसनमा उनले पछिल्ला दिनमा […] The post बैंकका ठूला लगानीकर्ताको खस्किएको मनोबल : गल्तीविनै फौजदारी डन्डा, राम्रा जनशक्ति आउन छाडे appeared first on BIZMANDU.

content

दसैंअघि आयात गरेको सुन बैंकमा स्टक, तिहार नजिकिंदा पनि व्यवसायी छैनन् उत्साही

काठमाडौं। तिहार नजिकिए पनि दसैंअघि आयात गरेको सुन स्टक बसेको छ। मूल्य महँगो भएका कारण बजारमा सुनचाँदीको माग कम रहेको व्यापारीहरुले बताएका छन्। उनीहरुका अनुसार बजारमा अहिले सुन खरिद गर्नेभन्दा बिक्री गर्ने ग्राहक धेरै छन्। त्यही कारण व्यापारीहरुले तिहारका लागि बैंकबाट सुन किन्न रुची देखाएका छैनन्। दसैंअघि ल्याएको सुन स्टक रहेकाले वाणिज्य बैंकले पनि आयातका […] The post दसैंअघि आयात गरेको सुन बैंकमा स्टक, तिहार नजिकिंदा पनि व्यवसायी छैनन् उत्साही appeared first on BIZMANDU.

content

ट्रष्ट नेपाल ओभरसिजका सञ्चालक रविन गुरुङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं। म्यानपावर व्यवसायी रविन गुरुङलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले बुधबार बन्दी प्रत्यक्षीकरण रिटको सुनवाइ गर्दै ट्रष्ट नेपाल ओभरसिजका सञ्चालक गुरुङलाई रिहा गर्न आदेश दिएको हो। वैदेशिक रोजगार विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर असोज २९ गते गुरुङलाई नियन्त्रणमा लिएको थियो। सर्वोच्चले विभागसँग मुद्दा हेर्ने […] The post ट्रष्ट नेपाल ओभरसिजका सञ्चालक रविन गुरुङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश appeared first on BIZMANDU.

content

सिटिजन्स बैंकका ग्राहकलाई बालकुमारीको एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट

काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन बैंकले एथलिट ल्यान्डसँग सम्झौता गरेको छ। सम्झौता अनुसार आफ्ना कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एथलिट ल्यान्डका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। The post सिटिजन्स बैंकका ग्राहकलाई बालकुमारीको एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट appeared first on BIZMANDU.

content2 publishers

एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प, भिजासँग सम्झौता

काठमाडौं। एनएमबि बैंकले आफ्ना ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प ल्याएको छ। बैंकले भिजासँग ’भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ। यो सम्झौता पश्चात् आफ्ना ग्राहकलाई विदेशमा रकम पठाउने नयाँ विकल्प उपलब्ध भएको बैंकले जनाएको छ। यो प्रविधि प्रयोग गरी बैंकका ग्राहकले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्। भिजाको […] The post एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प, भिजासँग सम्झौता appeared first on BIZMANDU.

content5 publishers

सुदूरपश्चिमले टस जित्यो, पहिलो ब्याटिङमा पोखरा, प्लेइङ ११ मा कोको?

काठमाडौं। सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्। सुदूरपश्चिमम आफ्नो पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो। अर्कोतर्फ पोखरा भने आफ्नो पहिलो खेलमा मैदान उत्रिँदैछ। सुदूरपश्चिमले उद्घाटन खेलमा खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन। पोखराले भने सकिब […] The post सुदूरपश्चिमले टस जित्यो, पहिलो ब्याटिङमा पोखरा, प्लेइङ ११ मा कोको? appeared first on BIZMANDU.

content26 publishers

मोरङ र आसपासका क्षेत्रमा अब विद्युत ट्रिपिङ नहुने, केरौन १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न

काठमाडौं। १३२ केभी क्षमताको केरौन सबस्टेसनको निर्माण सम्पन्न भएको छ। मोरङ र आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई भरपर्दो बनाउन सबस्टेसन निर्माण गरिएको हो। सबस्टेसनलाई कात्तिक १४ र १५ गते चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ। ती दिनमा पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहबी-दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप इन) […] The post मोरङ र आसपासका क्षेत्रमा अब विद्युत ट्रिपिङ नहुने, केरौन १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न appeared first on BIZMANDU.

content5 publishers

प्रहरी अधिकारीहरुसँग महानिरीक्षक कार्कीको छलफल, ब्रिफिङमा के के विषय उठ्यो ?

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरुसँग आज छलफल गरेका छन्। भर्चुअल माध्यमबाट भएको छलफलमा उनले समसामयिक विषयमा निर्देशन पनि दिएका थिए। उनले दसैंमा देशभर भएको सुरक्षाको अवस्था, कमीकमजोरी लगायतका विषयमा प्रहरी अधिकारीहरुबाट ब्रिफिङ लिएका थिए। त्यसक्रममा उनले दसैंको बेला सुरक्षा अवस्था सन्तोषजनक भए पनि कमजोरी भएको ठाउँमा सुधार गर्नुपर्ने […] The post प्रहरी अधिकारीहरुसँग महानिरीक्षक कार्कीको छलफल, ब्रिफिङमा के के विषय उठ्यो ? appeared first on BIZMANDU.

content

राष्ट्र बैंकमा आज एकैपटक ३१ जना कर्मचारीले पाए अवकाश, असारसम्म १६१ जना बाहिरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट बुधबार एकै दिन ३१ जना कर्मचारीले अवकाश पाएका छन्। करिब १ हजार २०० हाराहारी कर्मचारी रहेको राष्ट्र बैंकबाट असार मसान्तसम्म १६१ जना अवकाश हुनेछन्। राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागका अनुसार आज बुधबार अवकाशपछि आगामी सोमबार अर्को समूहमा ठूलो संख्यामा कर्मचारीले अवकाश पाउने छन्। आउने सोमबार थप ३४ जनाले अवकाश पाउनेछन्। […] The post राष्ट्र बैंकमा आज एकैपटक ३१ जना कर्मचारीले पाए अवकाश, असारसम्म १६१ जना बाहिरिँदै appeared first on BIZMANDU.

content

३ महिनामा भित्रियो ४ अर्बको धान चामल, सबैभन्दा बढी नन बासमती चामल आयात

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब भन्दा बढीको धान चामल आयात भएको छ। भन्सार विभागको आयात तथ्यांक अनुसार असोज महिनासम्म नेपालमा करिब ८४ करोड ६१ लाख रुपैयाँको एक करोड ८७ लाख १८ हजार केजी भन्दा बढी धान आयात भएको छ। त्यस्तै, सोही अवधिमा एक अर्ब ९६ करोड ८५ लाख रुपैयाँको एक करोड […] The post ३ महिनामा भित्रियो ४ अर्बको धान चामल, सबैभन्दा बढी नन बासमती चामल आयात appeared first on BIZMANDU.

content2 publishers

लुम्बिनी केबलकार आउने भारतीय पर्यटकको संख्या बढ्यो, होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं । लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको संख्या २४ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको मंगलबार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिएका हुन्। ढकालका अनुसार केबलकार यात्रा गर्ने कूल पर्यटक […] The post लुम्बिनी केबलकार आउने भारतीय पर्यटकको संख्या बढ्यो, होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा appeared first on BIZMANDU.

content3 publishers

स्मार्ट फोनको आयात बढ्यो, असोजमा भित्रियो ९ अर्ब ७ करोडको ३.८६ लाख थान

काठमाडौं। दसैंले स्मार्ट फोनको आयात बढाएको छ। चालु आर्थिक वर्ष असोजमा मात्र ९ अर्ब ७ करोड रुपैयाँको ३ लाख ८६ हजार थानभन्दा बढी स्मार्ट फोन भित्रिएको छ। जबकि साउन र भदौमा ४ लाख २५ हजार थान स्मार्ट फोन आयात भएको तथ्यांक छ। व्यवसायीहरुका अनुसार दसैंका कारण असोजमा स्मार्ट फोनको आयात बढेको हो। तीन महिनामा स्मार्ट […] The post स्मार्ट फोनको आयात बढ्यो, असोजमा भित्रियो ९ अर्ब ७ करोडको ३.८६ लाख थान appeared first on BIZMANDU.

content2 publishers