Skip to content
kchakhabarehकेछखबर
All publishers

Publisher

Himal Press

Himal Press logo
PrivateNepalne

हिमल प्रेस

Young digital-native portal launched in 2021/22, with stated mission of "keeping vigil on state organs and making them accountable to people." Covers politics, elections, economy, sports, health, culture, and all seven provinces. Maintains a bilingual presence with an English edition at en.himalpress.com. Still building audience (~6K Twitter followers).

24 h
51
7 days
310
Stories
6
Last pub
9h ago
Covers stories with
Cross-publisher stories

Stories Himal Press covered alongside other publishers

All stories
6stories5 co-publishers involved133 total headlines

Trending topics · last 24 h

Recent headlines

20+ headlines ingested

51 in 24 h
3–12 hours ago

पोखरामा स्कुटर दुर्घटनामा २८ वर्षीय आशीषको मृत्यु

पोखरा– पोखराको न्युरोडमा गएराति स्कुटर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१, नौडाँडा घर भई हाल पोखरा लेकसाइड निवासी २८ वर्षीय आशीष कुँवरको मृत्यु भएको हो । चिप्लेढुंगाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई राति २ बजेर ५० मिनेटमा दुर्घटना भएको हो । स्कुटरको पछाडि […]

ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको पहिलो जित, पोखरा पराजित

काठमाडौँ– कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे । […]

स्थानीय निर्वाचन गैरदलीय बनाउन र विदेश रहेकालाई मतदान अधिकार दिन उज्यालोको माग

काठमाडौँ– उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ। सो पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा […]

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्य-तथ्यबिनाका सूचनाले आमनागरिक तथा सरोकारवालामा अन्योल सिर्जना […]

स्पेनमा तीव्र गतिको रेल ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु

काठमाडौँ- मध्य स्पेनमा बुधबार तीव्र गतिको एउटा रेल रोकिराखेको अर्को रेलको पछाडिबाट ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। समाचार एजेन्सी एपीका अनुसार कास्टिल–ला मञ्चाका लागि केन्द्रीय सरकारको कार्यालयले मृतकको संख्या ६४ पुगेको पुष्टि गरेको छ। कास्टिल–ला मन्चा क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजले उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित यात्रु तथा शवको खोजी जारी राखेका बेला कम्तीमा […]

व्यापार घाटा पाँच खर्ब ३२ अर्ब

काठमाडौँ- आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर पाँच खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। निर्यात वृद्धिदरमा सुधार आए पनि आयात निर्यातभन्दा बढी रहेकाले व्यापार घाटा बढेको हो। भन्सार विभागले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन, भदौ, असोजमा) वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार अघिल्लो आर्थिक […]

एनपीएल : पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो । पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक […]

एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतमा उपस्थित भएका दुवै जनालाई न्यायाधीश हरिसिंह धामीको इजलासले ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुविरुद्ध एन्फाको घोटाला सम्बन्धमा अनुसन्धान गरेपछि मुद्दा चलाइएको थियो। तर उनीहरु फरार रहँदै आएका […]

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश, बिहीबारदेखि नेपालमा वर्षा हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ । विभागका मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि […]

धम्पुसका २२ वर्षीय राजेन्द्रको हत्या आरोपमा पाँच पक्राउ, यसरी भएको थियो घटना

पोखरा- पर्यटकीय गाउँ धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ निवासी ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशीष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन्। प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। […]

नेप्से परिसूचक ३३ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अंकले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक दुई दशमलव […]

Earlier today

सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङमा

काठमाडौँ- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्। प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो। यसअघि […]

पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ

काठमाडौँ- पर्यटक भिसामा नेपाल आएर अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा दश जना विदेशी नागरिकको कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ। मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विदेशी चिकित्सकसहित १० जना विदेशी नागरिक सहभागी भएको पाइएको हो। विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको […]

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठक काठमाडौँमा

काठमाडौँ- सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सीमा अपराध नियन्त्रण गर्ने तथा नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी), भारतबीच १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौँमा सुरु भएको छ। कात्तिक १३ गतेसम्म सञ्चालन हुने उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा […]

आईजीपी कार्कीले दिए प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा निर्देशन

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीका विभिन्न कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। भर्चुअल कन्फरेन्समार्फत सञ्चालन भएको कार्यक्रममा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, सम्पूर्ण तालिम केन्द्रहरू, जिल्ला प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयहरू, सम्पूर्ण गण तथा गुल्महरू, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू लगायत […]

पार्टीमा अनुशासन भए जनताको आकर्षण फर्काउन सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढंगले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन्। पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथग्रहण गराउँदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू इस्तियाक […]

बाँकेमा कालानमक धानबाट राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार

बाँके- सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ। परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन्। जिल्लाको जानकी गाउँपालिका-३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाएकी छन्। उनले सो धान महँगो मूल्यमा […]

जातीय विभेद गर्नेलाई उन्मुक्ति नदिन मन्त्री बादीले गरिन् आईजीपीसँग छलफल

काठमाडौँ- जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा […]

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीले लिए अनुमति

काठमाडौँ- शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्। शरद् ऋतुमा हिमाल आरोहण गर्न १६१ टोलीले अनुमति लिएका हुन्। पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि एक हजार ६९ पुरुष र ३४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। आरोहण अनुमति प्रदान गरेबापत विभागले […]

एन्फाको ताला खोलियो, शुक्रबार कार्यसमिति बैठक बोलाउने घोषणा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खोलेका छन्। ठप्प रहेको नेपाली फुटबल क्षेत्रलाई पुनः चलायमान बनाउने भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले बुधबार सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन्। ताला खोलेपछि उनीहरूले शुक्रबार एन्फा कार्यसमिति बैठक बस्ने घोषणा गरेका छन्। एन्फाको विधानअनुसार एकतिहाइभन्दा बढी सदस्यले […]