Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

42 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा– झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी […]

Yesterday

15

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले रु एक करोड एक लाख सहयोग गरेको छ । कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे । रसुवाको भोटेकोशी तथा […]

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनलाई दृढता र सक्रियताका साथ अघि बढाइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री शाहले विपद्को समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी प्रभावित क्षेत्रमा परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आमनागरिकको भूमिका प्रशंसनीय रहेको बताएका […]

जब रविसँग बालेनले भने : सुरुङमा फसेकाको उद्धार गर्न नसक्दा तनावमा छु

काठमाडौं- गत बुधबार भोटेकोशीमा आएको भीषण बाढीपछिको उद्धार प्रक्रियामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे विस्तृत छलफल भएको छ। प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका सभापति लामिछानेसँगको भेटमा रसुवालगायत बाढी प्रभावित क्षेत्रको पछिल्लो […]

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ । सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका […]

Khabarhub logoKhabarhubPrivate8 publishers

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे राष्ट्रपतिलाई लामिछानेले भेटेर जानकारी गराएको सभापति लामिछानेको सचिवालयले जनाएको हो । आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापतिले यसबारे राष्ट्रपतिलाई […]

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । विनाशकारी बाढीपछिको पुनर्निर्माण, आधारभूत आवश्यकताको आपूर्तिलगायतका विषयमा सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा कार्यक्रममा मन्त्री वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाएर समय खेर नफाली तत्काल पालिकाहरूमा पठाउन निर्देशन […]

रसुवा बाढी पीडितलाई भृकुटी मण्डपका व्यापारीको साढे १३ लाख सहयोग

काठमाडौं – भृकुटी मण्डपस्थित खुला बजारका व्यापारीहरूको संस्था ‘काठमाडौं निम्न व्यापारी संघ’ले रसुवा बाढी पीडितको उद्धार र राहतका लागि १३ लाख ५१ हजार सहयोग गरेको छ । संघले समाज कल्याण परिषदका सचिव चक्रबहादुर बूढालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीलगायतका कार्यसमिति पदाधिकारीहरू चेक हस्तान्तरणमा सहभागी भएका थिए । अध्यक्ष […]

Khabarhub logoKhabarhubPrivate2 publishers

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल वालेन्द्रको सचिवालयले जनाएको छ। भेटका क्रममा बाढी प्रभावित नागरिकको […]

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा […]

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ रसुवा बाढी पीडितको राहतका लागि सरकारलाई हस्तान्तरण गरेकी छन् । नीताले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ११ लाख तीन हजार २७० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् । उनले प्रधानमन्त्री दैवीप्रकोष् उद्धार कोषका लागि उक्त चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् । फिल्मको पहिलो […]

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख ११ हजार १११ आर्थिक सहयोग उपलब्ध गराएको छ । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको जानकारी दिए । उपमहानगरपालिकाले विपद्को यस कठिन घडीमा बाढीपीडितका लागि राहत […]

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो

रसुवा- रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कोही मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ। बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएपछि सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो। उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म […]

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ । भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा आज जारी गरिएको सूचनामा जिन्सी सहायता सामग्री पठाउन चाहनेहरूले सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्धसहित जिल्ला […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला

महोत्तरी– महोत्तरीका विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज राहत रकम दाखिला गरेका छन् । भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ७५ वर्षीया देवकुमारीले २० हजार, योग प्रशिक्षक सुमित्रा भट्टराईले ५१ र बर्दिबास-१ देउराली कीर्तन महिला समूहले ३० हजार रुपैयाँ दाखिला गरेको छन् । त्यसैगरी, बर्दिबास–१० खयरमाराका सामाजिक अगुवा पोषण थापाले ५० […]

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो । तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ […]

Older

26

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा […]

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले आज एक विज्ञप्ति जारी गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि ५० लाख रुपैयाँ प्रधानमन्त्री […]

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यही भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । गाउँपालिकाका कर्मचारीबाट […]

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिएका हुन् । उनले भनेकी छन्, ‘यो रकमले उहाँहरूको पीडा त मेटाउन सक्दैन तर, कठिन समयमा थोरै भए पनि राहत र आशा दिने सकोस् भन्ने मेरो प्रयास हो ।’ […]

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत सामग्री सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले सबैमा आग्रह गरेको छ । जिल्लामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले बाढीपीडितका नाममा राहत सङ्कलन गर्न थालेपछि प्रशासनले आज सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । बाढीपीडितका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले प्रधानमन्त्री […]

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । अध्यक्ष कालाखेतीले आफूले तीन महिनाको […]

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक […]

गायक सुशान्तको १० लाख सहयोग

काठमाडौं – गायक सुशान्त केसीले रसुवा बाढी पीडितलाई १० लाख रुपैयाँ सहयोग गरेका छन् । सुशान्तले शनिबार प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ हालिदिएको भौचर सामाजिक सञ्जालमा राखेका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गरी तय भएको सांगीतिक टुर ‘पाहुना टुर’बाट प्राप्त हुने आम्दानीको केही हिस्सा पनि प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता जारी गरेका छन् […]

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुनः […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकले बाढीबाट प्रभावितको खोजी, उद्धार, राहत र पुनर्स्थापना लागि उक्त रकम सहयोग गरेको जनाएको छ ।

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सर्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ । भीड […]

भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक– भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले ३६ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । चौँरीदेउराली गाउँपालिकाले १० लाख, रोशी गाउँपालिकाले १० लाख, नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले ११ लाख र बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले पाँच लाख सहयोग गर्ने भएका हुन् । चौँरीदेउराली गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् […]

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको २१५औँ कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको […]

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी धन्दा चलाउने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै गोकुलगंगा गाउँपालिका-२, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको जनाएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सरकारले जारी […]

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो फेसबुकमार्फत पार्टीको बैंक खातासँग सम्बन्धित क्युआर कोड तोडमोड गरी बदनाम गरेको आरोप लगाएको छ । श्रम संस्कृतिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा पार्टीले रकम संकलन गरिरहेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको उपाध्यायमाथि आरोप लगाइएको हो । पार्टीका महासचिव आरेन राईले विज्ञप्ति जारी गर्दै उपाध्यायले […]

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरण अनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढी सामान्य अवस्थामै रहेको छ। महाशाखाले बिहान ५:४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, […]

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको छ। नदीमा बाढीको ठूलो आवाज सुनिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाले पूर्वसूचना जारी गरेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ। महाशाखाका अनुसार रसुवा, नुवाकोट र धादिङ भएर बहने भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई हाललाई सुरक्षित र सजग […]

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न रु चार करोड ५४ लाख १४ हजार ७८७ सहयोग गर्नेभएको छ । भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा कामपाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७औँ कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सनसहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिनलगायत साधन […]

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् । नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले आज आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मुल मुद्दा रहेको बताए । “राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक […]

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख सहयोग प्रदान गर्ने भएका छन् । भोटेकोशी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै जिल्लाका मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले […]

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पोखरा विश्वविद्यालयले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा आर्थिक सहयोग गर्ने भएका छन्। दुवै विश्वविद्यालयका कार्यकारी परिषद्को छुट्टाछुट्टै बैठकले पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तहअनुसार निश्चित रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो। त्रिविको शुक्रबार बसेको कार्यकारी परिषद् बैठकले उपकुलपति, रजिस्ट्रार […]

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले एक्सपर्ट फाउन्डेशनमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज तथा उद्धार र प्रभावित समुदायको पुनःस्थापनामा सहयोग […]

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका–३, जोमसोमस्थित पुथाङ गाउँसमाज (एयरपोर्ट)ले पाँच लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। गाउँसमाजको मौज्दात कोषबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो। समाजका गाउँमुखिया अनिल शेरचनको अध्यक्षतामा आज बिहान बसेको १५औँ समितिको बैठकले बाढीपीडितका लागि रकम उपलब्ध गराउने निर्णय गरेको समितिका […]

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेता आङ्देम्बेले बाढीग्रस्त नुवाकोटको ढुङ्गेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि नौ बुँदे ध्यानाकषर्णपत्र सरकारलाई बुझाएका हुन् । […]

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न सरकारसँग माग गरेको छ। शनिबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङ, भग्नावशेष तथा अन्य जोखिमयुक्त स्थानमा नागरिक फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन […]

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरेको छ । क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्तिमार्फत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सङ्घका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन् । क्यानले उक्त सहयोग […]

Browse by publisher

37