Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

46 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

एनपिएलः सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराले जितको लागि दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजितContinue reading "एनपिएलः सुदूरपश्चिम रोयल्सको जित"

Yesterday

9

तिहारअघि नै फुल्यो सयपत्री, किसान चिन्तित (तस्विरहरू)

काठमाडौँ । तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दशैंमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ । तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरु चिन्तित भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावैContinue reading "तिहारअघि नै फुल्यो सयपत्री, किसान चिन्तित (तस्विरहरू)"

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तराष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ । यस सम्झौता पश्चात एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ । योContinue reading "एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता"

बुधबार ३३.२९ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६६४.०६ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैContinue reading "बुधबार ३३.२९ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६६४.०६ बिन्दुमा"

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

काठमाडौँ । सप्तरीको राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यापार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो । तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछिContinue reading "चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो"

एनपिएल क्रिकेटः नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दि म्याच, ब्याटिङमा विदेशी अगाडि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली बलरको दबदबा रहेको छ । हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याच समेत भएका छन् । उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरीContinue reading "एनपिएल क्रिकेटः नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दि म्याच, ब्याटिङमा विदेशी अगाडि"

एनपिएल-३: सुदूरपश्चिम र पोखरा भिड्दै, दुई संस्करणमै सुदूरपश्चिमसँग हारेको पोखरा यसपालि जित्ने दाउमा !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज (कात्तिक ११ गते) एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमाContinue reading "एनपिएल-३: सुदूरपश्चिम र पोखरा भिड्दै, दुई संस्करणमै सुदूरपश्चिमसँग हारेको पोखरा यसपालि जित्ने दाउमा !"

कामना सेवा विकास बैंकको खुद नाफा १७ प्रतिशतले बढ्यो, वित्तीय अवस्थामा गज्जबको प्रगती !

काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकको खुद नाफा १६.९९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुदContinue reading "कामना सेवा विकास बैंकको खुद नाफा १७ प्रतिशतले बढ्यो, वित्तीय अवस्थामा गज्जबको प्रगती !"

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, कहिलेसम्म छ आवेदन दिने म्याद ?

काठमाडौँ । हिम पर्वत हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ जारी गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाखContinue reading "हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, कहिलेसम्म छ आवेदन दिने म्याद ?"

वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्वContinue reading "वीरगन्ज भन्सारद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन"

Older

36

एनपिएल क्रिकेटमा जनकपुर बोल्ट्समाथि कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्गर्तत भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो । जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २०Continue reading "एनपिएल क्रिकेटमा जनकपुर बोल्ट्समाथि कर्णाली याक्सको जित"

एनपिएलमा एक्सट्रिमको नयाँ आकर्षण, उत्कृष्ट खेलाडीलाई चाँदीको बल !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ । खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान दिने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो । ८ टोली सहभागी एनपिएलमा एक्स्ट्रिमले ७ टोलीसँग प्रायोजन साझेदारीContinue reading "एनपिएलमा एक्सट्रिमको नयाँ आकर्षण, उत्कृष्ट खेलाडीलाई चाँदीको बल !"

एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो । १५.५ ओभरमा पाँच विकेट गुमाएर १३२ रनको बलियो अवस्थामा रहेको विराटनगर त्यसपछिContinue reading "एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी"

टुच्च बढ्यो नेप्से, ५ अर्ब ७९ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैContinue reading "टुच्च बढ्यो नेप्से, ५ अर्ब ७९ करोडमाथिको कारोबार"

३ महिनामै ४ सय ६४ कर्मचारीले दिए राजीनामा, सबैको राजीनामा स्वीकृत !

काठमाडौँ । पछिल्लो ३ महिनामा ४ सय बढी सरकारी कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) को विवरण अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी ४ सय ६४ कर्मचारीले जागिरबाट राजीनामा दिएका हुन् । चालु आर्थिक वर्ष सुरु भएदेखि हालसम्म राजीनामा दिनेमा राजपत्राङ्कित २ सय ७ जना कर्मचारी छन् भने राजपत्र अनङ्कित २ सय ५७Continue reading "३ महिनामै ४ सय ६४ कर्मचारीले दिए राजीनामा, सबैको राजीनामा स्वीकृत !"

एनपिएल-३: विराटनगरलाई चितवन राइनोजले दियो १५८ रनको टार्गेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिनको पहिलो खेलको फर्ट इनिङ्ग सकिएको छ । टस हारेर ब्याटिङ गरेको चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको टार्गेट दिएको छ । चितवनले कुल २० ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको छ ।

एनपिएल क्रिकेटः चितवन राइनोजका मलानद्वारा पहिलो अर्धशतक पूरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हानेका हुन् । उनले ५ चौका र ३ छक्का हानेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्मContinue reading "एनपिएल क्रिकेटः चितवन राइनोजका मलानद्वारा पहिलो अर्धशतक पूरा"

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ, स्क्रिन सेयर गर्न लगाएर बैंक खातामा पहूँच पुर्याएको खुलासा !

काठमाडौँ । खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ परेका छन् । ‘खल्तीको कर्मचारी हुँ, केवाईसी अपडेट गर्नुपर्ने रहेछ’ भन्दै ठगी गर्ने ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेत कुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन् । उनीहरुले आफू खल्तीको कर्मचारी भएको रContinue reading "खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ, स्क्रिन सेयर गर्न लगाएर बैंक खातामा पहूँच पुर्याएको खुलासा !"

एआई विस्तारसँगै झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

काठमाडौँ । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६Continue reading "एआई विस्तारसँगै झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति"

एनपिएलमा वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलको ‘डेब्यु’ !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले ‘डेब्यु’ गरेका छन् । विराटनगर किंग्सबाट एनपिएलमा डेब्यु गरेका रसेलले टियु क्रिकेट मैदानमा चितवन राइनोससँग सामना गर्दैछन् । रसेल वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर प्लेयर हुन् । यता चितवन राइनोजको कप्तानी इंग्ल्यान्डका अलराउन्डर प्लेयर रवि बोपाराले गरिरहेका छन् । टस जितेर विराटनगर किंग्सले फिल्डिङ गरिरहेकोContinue reading "एनपिएलमा वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलको ‘डेब्यु’ !"

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिलाContinue reading "काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा"

मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जना पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका ४४ वर्षीय संजय सुबेदी र चितवनका ३४ वर्षीय मधुमालती स्याङताङ रहेका छन् । सुबेदीले मलेसिया पठाउनेContinue reading "मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ"

फिल्म बनाउन सरकारले साढे ३ करोड अनुदान दिने, आवेदन दिन २१ दिनको म्याद

काठमाडौँ । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा रु तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो ।Continue reading "फिल्म बनाउन सरकारले साढे ३ करोड अनुदान दिने, आवेदन दिन २१ दिनको म्याद"

निर्वाचनमा मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई डोनाल्ड ट्रम्पले १० लाख डलर पुरस्कार दिने !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेकाContinue reading "निर्वाचनमा मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई डोनाल्ड ट्रम्पले १० लाख डलर पुरस्कार दिने !"

एनपीएल सिजन-३: आज दुई खेल हुँदै, विराटनगर-चितवन र जनकपुर-कर्णालीबीच रोमाञ्चक भीडन्त हुने

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन् । त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमाContinue reading "एनपीएल सिजन-३: आज दुई खेल हुँदै, विराटनगर-चितवन र जनकपुर-कर्णालीबीच रोमाञ्चक भीडन्त हुने"

झापामा असोजमा २२ विपद्का घटना, १० करोड बढीको क्षति

काठमाडौँ । झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय जोखिमसमेत देखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्येContinue reading "झापामा असोजमा २२ विपद्का घटना, १० करोड बढीको क्षति"

सुदूरपश्चिमका प्रशिक्षक मिसबाह भन्छन्- ‘ट्रिकी पिचमा ब्याटर समालिएनन्’

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्ससँग खराब ब्याटिङसँगै हारपछि सुदूरपश्चिमका प्रशिक्षक मिसबाहले ट्रिकी पिच हुँदा आफ्ना खेलाडीले साझेदारीमा ध्यान नदिँदा सहजै विकेट गुमेको बताए । ट्रिकी पिचमा बल स्लो हुने र त्यस्तो अवस्थामाContinue reading "सुदूरपश्चिमका प्रशिक्षक मिसबाह भन्छन्- ‘ट्रिकी पिचमा ब्याटर समालिएनन्’"

Artha SarokarPrivate

एनपिएल क्रिकेटः सुदूरपश्चिममाथि लुम्बिनीको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित निकालेको हो । सुदुरपश्चिमले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको साविक विजता लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएरContinue reading "एनपिएल क्रिकेटः सुदूरपश्चिममाथि लुम्बिनीको जित"

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको होContinue reading "ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन"

सेयर बजार घट्नुपर्ने कारण छ र ?

काठमाडौँ । सेयर बजारमा मूल्य घट्नु भन्दा पनि लगानीकर्ताको मनोबल घट्नु ठूलो समस्या हो । खासगरी अहिलेको अवस्था त्यस्तै हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकार बनेयताको सुरुवाती कदम र कार्यशैलीले आवरणमा सेयर बजारमा त्रासत्री छरेको देखिन्थ्यो । तर समयक्रममा घटित घटनाहरु, अर्थतन्त्रमा देखिएका समस्या, गतिहिनता, थुप्रिएका जनअपेक्षा र सरकारको पनि बढ्दो परिपक्कताContinue reading "सेयर बजार घट्नुपर्ने कारण छ र ?"

सुरु भयो एनपीएल, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै (तस्वीरहरु)

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ । गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमाContinue reading "सुरु भयो एनपीएल, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै (तस्वीरहरु)"

बालेनले गरे एनपीएल सिजन-३ को उद्घाटन, खेलाडीसँग हात मिलाएर दिए शुभकामना… (तस्वीरहरु)

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गरेका छन् । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै शिक्षामन्त्री सस्मित पोखरेललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीलेContinue reading "बालेनले गरे एनपीएल सिजन-३ को उद्घाटन, खेलाडीसँग हात मिलाएर दिए शुभकामना… (तस्वीरहरु)"

एनपीएल: सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ । गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउनेContinue reading "एनपीएल: सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै"

दशैँपछिको पहिलो कारोबार दिन ४.३४ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४१ कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दीContinue reading "दशैँपछिको पहिलो कारोबार दिन ४.३४ अंकले घट्यो नेप्से"

रसुवा-भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, जग्गामा क्षति सबैभन्दा धेरै !

काठमाडौँ । रसुवा-भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको हो । बाढीबाट ४ जिल्लाका ६ हजार ८१७Continue reading "रसुवा-भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, जग्गामा क्षति सबैभन्दा धेरै !"

सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी !

काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ निर्देशिका तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्गे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको होContinue reading "सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी !"

तिहारमा १० लाख रुपैयाँको सयपत्री फूल बेच्ने लक्ष्य !

तनहुँ । तनहुँको स्थानीय आँबुखैरेनी गाउँपालिका-१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा १० लाख मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन् । सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि ९ लाख बराबरको फूल बिक्री गरेका थिए । तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ । अहिलेContinue reading "तिहारमा १० लाख रुपैयाँको सयपत्री फूल बेच्ने लक्ष्य !"

‘सेयर बजारमा १० लाखको सीमा प्रतिबन्ध होइन, लगानी गर्दा डराउनुपर्दैन’- मनोज ज्ञवाली

काठमाडौँ । पछिल्लो समय सेयर बजारमा १० लाखको सीमा ‘हट इस्यु’ बनेको छ । एक दिनमै १० लाख वा सो भन्दा बढीको सेयर कारोबार गर्दा अनिवार्य रुपमा कारोबारको प्रतिवेदन पठाउनुपर्ने भएपछि बजारमा यो व्यवस्थाको चर्चा व्यापक छ । अझ कतिपयले माहोल बन्दै गइरहेको बजारमा अनाश्यक रुपमा लगानीकर्ता तर्साउने काम भएको भन्दै सो व्यवस्थाको विरोधसमेत गरेकाContinue reading "‘सेयर बजारमा १० लाखको सीमा प्रतिबन्ध होइन, लगानी गर्दा डराउनुपर्दैन’- मनोज ज्ञवाली"

Artha SarokarPrivate

‘कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ’ -महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले सोमबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गरेका थिए । राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने धारणा व्यक्त गर्दै महामन्त्री पौडेलले पार्टीलाईContinue reading "‘कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ’ -महामन्त्री पौडेल"

सर्बियामा विद्यार्थी आन्दोलनः बुचिचको १४ वर्ष लामो शासन ढल्यो, राष्ट्रपतिले स्वीकारे हार !

काठमाडौँ । सर्बियामा १४ वर्ष लामो शासन ढलेको छ । विद्यार्थी आन्दोलनपछि सम्पन्न संसदीय निर्वाचनमा ‘स्टुडेन्ट लिस्ट’ले बहुमत पाएपछि पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन ढलेको हो । निर्वाचनपछि पूर्व राष्ट्रपति बुचिचले समेत हार स्वीकारेका छन् । निर्वाचनमा स्टुडेन्ट लिस्ले २५० सिटमध्ये १ सय ३५ भन्दा धेरै सिट जितेको छ । बुचिचको सर्बियनContinue reading "सर्बियामा विद्यार्थी आन्दोलनः बुचिचको १४ वर्ष लामो शासन ढल्यो, राष्ट्रपतिले स्वीकारे हार !"

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैंकका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोपContinue reading "प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो"

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो, नेपालमा महँगी बढ्ने जोखिम !

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लोContinue reading "कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो, नेपालमा महँगी बढ्ने जोखिम !"

एशियन लाइफका सिइओले दिए राजीनामा, कामु सिइओको जिम्मेवारी होमबहादुरलाई

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् । कम्पनीका सिइओ दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् । श्रेष्ठको राजीनामा कात्तिक ५ गते बसेको सञ्चालक समितिको २३३औँ बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । कम्पनीका एक सञ्चालकका अनुसार श्रेष्ठको राजीनामा कात्तिक १० गतेदेखि लागू हुनेछ । श्रेष्ठको राजीनामासँगै सञ्चालक समितिले अर्कोContinue reading "एशियन लाइफका सिइओले दिए राजीनामा, कामु सिइओको जिम्मेवारी होमबहादुरलाई"

बुढीगण्डकीको बाढीले उजाडियो शान्तिबजार, घरबास गुमाएका परिवारको बास त्रिपालमुनी ! (तस्वीरहरु)

गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठूलो क्षति पुर्याएको छ । बाढीले बस्तीका घरहरू भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी र खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि स्थानीय बासिन्दा बास र गाँसको चिन्तामा परेका छन् । शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसारContinue reading "बुढीगण्डकीको बाढीले उजाडियो शान्तिबजार, घरबास गुमाएका परिवारको बास त्रिपालमुनी ! (तस्वीरहरु)"

एनपीएल सिजन-३ को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने उनको सचिवालयले जनाएको छ । आज (कात्तिक ९ गते) देखि सुरु हुने एनपीएललाई सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै बालेनले नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् । एनपीएल त्रिवि अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ ।Continue reading "एनपीएल सिजन-३ को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने !"

सकियो दशैँ बिदा, ९ दिनपछि खुल्दै सेयर बजार, के होला ?

काठमाडौँ । नेपालीहरुको महान् चाड दशैँको बिदा आज (कात्तिक ९ गते) देखि सकिएको छ । आइतबार कोजाग्रत पूर्णिमा मनाइएसँगै दशैँको समापन भएको छ भने दशैँ बिदा पनि सकिएको छ । बिदा सकिएसँगै आज (सोमबार) देखि देशभरका सरकारी कार्यालय, विद्यालय, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरु पनि खुल्दैछन् । विभिन्न कार्यालयहरुसँगै सोमबारदेखि सेयर बजार पनि खुल्दैछ ।Continue reading "सकियो दशैँ बिदा, ९ दिनपछि खुल्दै सेयर बजार, के होला ?"

Artha SarokarPrivate

Browse by publisher

37