Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

45 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

मोरङमा ‘डिजे’ बजाउन निषेध, बजाए कारवाही गरिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेष्टुराँ एवं क्लबहरूमा प्रयोग हुँदै आएको ‘डिजे’ निषेध गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म ‘डिजे’Continue reading "मोरङमा ‘डिजे’ बजाउन निषेध, बजाए कारवाही गरिने"

1–3 hours ago

5

काठमाडौँमा लघुवित्त पीडितको सामूहिक आमरण अनसन, माग पूरा नभएसम्म नतोड्ने !

काठमाडौँ । लघुवित्त पीडितहरुले आमरण अनसन सुरु गरेका छन् । सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएका लघुवित्त पीडितले मंगलबारदेखि काठमाडौँमा सामूहिक आमरण अनसन सुरु गरेका हुन् । उनीहरुले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को ब्याज असुली, अनावश्यक शीर्षकमा गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने माग गरेका छन् । Continue reading "काठमाडौँमा लघुवित्त पीडितको सामूहिक आमरण अनसन, माग पूरा नभएसम्म नतोड्ने !"

भारतमा जिम्बु थकालीको पहिलो अन्तराष्ट्रिय शाखा

काठमाडौँ । मौलिक थकाली खाना पाइने स्थानका रुपमा चर्चित र लोकप्रिय जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तराष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर-६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालन हुने भएको हो । जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनलेContinue reading "भारतमा जिम्बु थकालीको पहिलो अन्तराष्ट्रिय शाखा"

Artha SarokarPrivate

किर्ते पास गरिएको जग्गामा सिटिजन्स बैंकको सवा करोड लगानी, असार मसान्तको मौका छोपेर ३ घण्टामै ऋण !

काठमाडौँ । सिटिजन्स बैंकले किर्ते पास गरिएको जग्गामा सवा करोड लगानी गरेको खुलासा भएको छ । बैंकको विराटनगर शाखाले मोहीको नाम नै गायब पारेर नामसारी गरिएको जग्गा धितोमा राखेर १ करोड ३० लाख रुपैयाँ ऋण दिएको खुलासा भएको हो । अझ अचम्मको कुरा, किर्ते पास गरिएको जग्गा धितोमा राखेर बैंकले ३ घण्टामै सो ऋण दिएकोContinue reading "किर्ते पास गरिएको जग्गामा सिटिजन्स बैंकको सवा करोड लगानी, असार मसान्तको मौका छोपेर ३ घण्टामै ऋण !"

Artha SarokarPrivate

घरको सपना साकार बनाउन नबिल बैंकले ल्यायो ‘हाउजिङ लोन’ सुविधा

काठमाडौं । आफ्नै घर बनाउने वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकका लागि नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना ल्याएको छ । बैंकले ग्राहकको आवश्यकता र वित्तीय क्षमताअनुसार लचिलो आवास कर्जा सुविधा उपलब्ध गराउँदै घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको छ । बैंकका अनुसार ‘नबिल हाउजिङ लोन’ अन्तर्गत घर निर्माण, घर खरिद तथा आवाससम्बन्धीContinue reading "घरको सपना साकार बनाउन नबिल बैंकले ल्यायो ‘हाउजिङ लोन’ सुविधा"

Artha SarokarPrivate

मंगलबार ४.६४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैContinue reading "मंगलबार ४.६४ अंकले घट्यो नेप्से परिसूचक"

3–12 hours ago

9

नेप्सेको सिइओका लागि दरखास्त आह्वान, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छानिने !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरिएको छ । एक सूचना जारी गर्दै अर्थ मन्त्रालयले नेप्सेको सिइओका लागि आवेदन माग गरेको हो । अर्थ मन्त्रालयले नेप्सेको सिइओ नियुक्तिका लागि गठन सिफारिस समितिले साउन १२ गते (मंगलबार) गोरखापत्रमा सूचना जारी गरेको छ । नेप्सेको सिइओ पदका लागि आवेदनContinue reading "नेप्सेको सिइओका लागि दरखास्त आह्वान, खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छानिने !"

समृद्धिको इन्जिन बन्न सक्छन् बैंक-वित्तीय संस्था ?

काठमाडौँ । नेपालको अर्थतन्त्रमा अहिले एक खालको विरोधाभाष छ । सरकारसँग विकासका लागि पर्याप्त पुँजी छैन तर बैंकिङ प्रणालीमा लगानी गर्न सकिने उच्च तरलता निष्क्रिय छ । यही विरोधाभासले एउटा प्रश्न जन्माएको छ, के नेपालको समृद्धिको इन्जिन अब बैंकिङ क्षेत्र बन्न सक्छ ? यही प्रश्न वरिपरि यो लेख केन्द्रित छ । समकालीन नेपालको सबैभन्दा भरपर्दोContinue reading "समृद्धिको इन्जिन बन्न सक्छन् बैंक-वित्तीय संस्था ?"

ड्रागन फ्रुट प्रतिकेजी ४ सय रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य…

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलोContinue reading "ड्रागन फ्रुट प्रतिकेजी ४ सय रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य…"

सेयर बजारप्रति अर्थमन्त्रीको चासो, लगानीकर्ताको सम्पत्ति सुरक्षालाई ध्यान दिएर काम गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री वागलेले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका छन् । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसकोContinue reading "सेयर बजारप्रति अर्थमन्त्रीको चासो, लगानीकर्ताको सम्पत्ति सुरक्षालाई ध्यान दिएर काम गर्न निर्देशन"

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भए अर्को महिना मिलाइने !

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामीContinue reading "असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भए अर्को महिना मिलाइने !"

झापामा घरेलु तथा साना उद्योगबाट २ करोड ४१ लाख राजस्व संकलन

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत दुई करोड ४१ लाख ६१ हजार १ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५ सय ८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएकाContinue reading "झापामा घरेलु तथा साना उद्योगबाट २ करोड ४१ लाख राजस्व संकलन"

रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

काठमाडौँ । रश्मी रिजाल मृत्यु प्रकरणमा तीनजनाविरुद्ध किटानी जाहेरी परेको छ । सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसर रिजालको आत्मदाहपश्चात मृत्यु प्रकरणमा क्यापिटलका सिइओसहित ३ जनाविरुद्ध किटानी जाहेरी परेको हो । उक्त प्रकरणमा क्यापिटलका सिइओ विकास खनालसहित तीनजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको रश्मीको पारिवारिक स्रोतले पुष्टि गरेको छ । यता प्रहरीले स्रोतले समेत उक्त प्रकरणमा तीनजनाविरुद्ध जाहेरीContinue reading "रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !"

Artha SarokarPrivate

गुणस्तरहीन प्रमाणित भइसकेको रमपम अझै खुलेआम बिक्री !

काठमाडौँ । गुणस्तरहीन प्रमाणित भइसकेको रमपम चाउचाउ खुलेआम बिक्री भइरहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन प्रमाणित गरिसकेको एसियन थाई फुड्सद्वारा उत्पादित रमपम बजारमा बिक्री भइरहेको पाइएको हो । विभागले केही समयअघि चाउचाउको स्याम्पल परीक्षण गर्दा ए/२३सी२ ब्याचको रमपम चाउचाउ गुणस्तरहीन रहेको प्रमाणित गरेको थियो । Continue reading "गुणस्तरहीन प्रमाणित भइसकेको रमपम अझै खुलेआम बिक्री !"

Artha SarokarPrivate

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ बागमतीमा हाम फाले, कारण खोज्दै प्रहरी !

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सिइओ) बागमती नदीमा हाम फालेका छन् । कम्पनीबाट निलम्बनमा परेका सिइओ नरेश कुमार रोक्का सोमबार थापाथलीस्थित प्रहरी बिट पछाडीबाट नदीमा हाम फालेका हुन् । नदीमा हाम फालेलगत्तै उनलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी ट्रमा सेन्टर पुर्याइएको थियो । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ । Continue reading "प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ बागमतीमा हाम फाले, कारण खोज्दै प्रहरी !"

Artha SarokarPrivate

Yesterday

19

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्सद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले ‘Best Bank in MSME Acceleration’, ‘Best Performance on Asset Quality’, ‘Best Performance on Profitability’ र ‘Best Commercial Bank’ विधामा उक्त सम्मान प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफContinue reading "नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित"

लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेशनल लाइफको सम्मान, प्रशिक्षण र सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्दै मासिक व्यवसायिक लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले २०८३ वैशाख महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य हासिल गरेका अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा करिब ३०० जना अभिकर्ता, वरिष्ठContinue reading "लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेशनल लाइफको सम्मान, प्रशिक्षण र सांस्कृतिक कार्यक्रम सम्पन्न"

सिटिजन्स बैंकले तिर्न अटेर गरेको १५ वर्ष पुरानो कर १ प्रतिशत थपेर तिर्न तयार !

काठमाडौँ । सिटिजन्स बैंकले तिर्न अटेर गरेको १५ वर्ष पूरानो कर १ प्रतिशत थपेर तिर्न तयार भएको छ । सरकारले बजेटमार्फत करसम्बन्धी नयाँ व्यवस्था ल्याएपछि बैंक थप १ प्रतिशत कर तिर्न तयार भएको हो । बजेटमा निर्धारित करमा १ प्रतिशत थपेर पुस मसान्तसम्म बुझाए शुल्क, जरिवाना, थप दस्तुर, बिलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्थाContinue reading "सिटिजन्स बैंकले तिर्न अटेर गरेको १५ वर्ष पुरानो कर १ प्रतिशत थपेर तिर्न तयार !"

Artha SarokarPrivate

रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग

काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघले रश्मी मृत्यु प्रकरणमा निष्पक्ष छानविनको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणबारे निष्पक्ष छानविन गर्न माग गरेको हो । घटनाको प्रारम्भिक विवरण सार्वजनिक भए पनि वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार र सम्बन्धित पक्षको भूमिकाबारे तथ्य अझै सार्वजनिकContinue reading "रश्मी मृत्यु प्रकरणः निष्पक्ष छानबिन गर्न कर्मचारी संघको माग"

Artha SarokarPrivate

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स-सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिँदै

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२ औँ कार्गो दिवस २०२६ आगामी साउन १३ गते (जुलाई २९) काठमाडौंस्थित द सोल्टी काठमाडौंमा आयोजना गर्ने भएको छ । ‘दक्ष लजिस्टिक्स-सशक्त अर्थतन्त्र’ भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुने नेफाले जनाएको छ । साेमबार आयोजित पत्रकार सम्मेलनमाContinue reading "कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स-सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिँदै"

Artha SarokarPrivate

हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी अमात्यलाई

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिनेशबहादुर अमात्यलाई दिइएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी हालै आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदबाट राजीनामा दिएर हिमालयन लाइफमा डीसीईओकाContinue reading "हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी अमात्यलाई"

सपनाको उज्यालो बोकेर

म प्रशंसा घिमिरे । मेरो जन्म नुवाकोटमा भएको हो । मेरो बाल्यकाल पनि नुवाकोटको गाउँले परिवेशमा नै बित्यो । हरियाली परिवेश , चराको चिरबिर र निस्वार्थपनले भरिएको गाउँले जीवन नै मेरो सुरुवाती चेतनाको निर्माणका कारक बने । आफन्तको माया, छिमेकीको न्यानो साथ र पहाडी हावापानीले मलाई जीवनको सौन्दर्य सिकाएका हुन् , जीवन सुन्दर छ भनेरContinue reading "सपनाको उज्यालो बोकेर"

Artha SarokarPrivate

राष्ट्र बैंकको कारबाहीमा पर्यो नारायणी डेभलपमेन्ट बैंक

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा परेको छ । कर्जा सीमाको उल्लंघन गरेको भन्दै बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको सर्तविपरीत आर्थिक वर्ष २०८१/८२ मा एक ग्राहक कर्जा सीमाको उल्लंघन गरी कर्जा प्रवाह गरेको पाइएपछि बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार नारायणीContinue reading "राष्ट्र बैंकको कारबाहीमा पर्यो नारायणी डेभलपमेन्ट बैंक"

Artha SarokarPrivate

सप्तकोशी डेभलपमेन्ट बैंकमा बदमासीको हद, ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहूँच, राष्ट्र बैंकले गर्यो कारबाही !

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकका कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहूँच पुर्याएको खुलासा भएको छ । राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा उक्त तथ्यको खुलासा भएको हो । बैंकको २०८२ असोज मसान्तको अपरिस्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकका कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहूँच पुर्याएको भेटिएको थियो । त्यस्तै, बैंकको भल्टमा रहेको नगदमाContinue reading "सप्तकोशी डेभलपमेन्ट बैंकमा बदमासीको हद, ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहूँच, राष्ट्र बैंकले गर्यो कारबाही !"

Artha SarokarPrivate

राष्ट्र बैंकको कारबाहीमा रिलायन्स फाइनान्स, २ हजार ९ सय २४ रुपैयाँ जरिवाना तिराइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्स लिमिटेडलाई कारबाही गरेको छ । अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले उक्त फाइनान्सलाई कारबाही गरेको हो । राष्ट्र बैंकका अनुसार कम्पनीले २०८२ फागुन १० देखि २०८३ बैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य नगद मौज्दात कायम नगरेको फेला परेको छ । यसरी अनिवार्य नगद मौज्दात कायम नगरेपछि राष्ट्रContinue reading "राष्ट्र बैंकको कारबाहीमा रिलायन्स फाइनान्स, २ हजार ९ सय २४ रुपैयाँ जरिवाना तिराइयो"

Artha SarokarPrivate

सोमबार ३३.२८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३६० कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैContinue reading "सोमबार ३३.२८ अंकले घट्यो नेप्से परिसूचक"

ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै खाता खोल्न मिल्ने

काठमाडौँ । अब घरमै बसेर नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने भएको छ । डिजिटल बैंकिङलाई थप सहज बनाउने उद्देश्यसहित ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा घरबाटै अनलाइन बैंक खाता खोल्ने सुविधा सार्वजनिक गरेको हो । योसँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेबसाइटमा रहेको क्युआर कोड स्क्यान गरेरContinue reading "ग्लोबल आईएमई बैंकमा नागरिक एपबाटै खाता खोल्न मिल्ने"

सानिमा बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो

काठमाडौँ । सानिमा बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३८.०१ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियोContinue reading "सानिमा बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो"

च्याउ प्रतिकेजी २८० रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य…

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलोContinue reading "च्याउ प्रतिकेजी २८० रुपैयाँमा किनबेच हुँदै, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य…"

७ वर्ष लगाएर निर्माण सकिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन हुँदै, कुन गाडीले कति शुल्क तिर्नुपर्छ ?

काठमाडौँ । नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो । उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ । पूर्वाधार विकासमन्त्रीकोContinue reading "७ वर्ष लगाएर निर्माण सकिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन हुँदै, कुन गाडीले कति शुल्क तिर्नुपर्छ ?"

आफूखुसी ड्युटी छोड्ने ११ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन, नआए जागिर चैट !

काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी ड्युटी छोडेका ११ जना कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रहरीले बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले जारी गरेको सूचना अनुसार लामो समयदेखि ड्युटीमा नआएका उनीहरु खोजतलास गर्दा र सूचना टाँस गर्दासमेत सम्पर्कमा आएकाContinue reading "आफूखुसी ड्युटी छोड्ने ११ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन, नआए जागिर चैट !"

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड (तस्वीरहरु)

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ । बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिइन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले बताइन् । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउनेContinue reading "साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड (तस्वीरहरु)"

नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो, कतिले गर्छन् दोस्रो बजारमा सक्रिय कारोबार ?

काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को विवरण अनुसार साउन १० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९ हजार ६ सय २३ पुगेको हो । यो नेपालको कुल जनसंख्याको एक चाथाई हिस्सा हो । डिम्याट खाता प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिनContinue reading "नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो, कतिले गर्छन् दोस्रो बजारमा सक्रिय कारोबार ?"

भारतीय सहयोगमा डोटीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशमा निर्मित क्याम्पसको उद्घाटन गरिएको छ । डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा रहेको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस (केदार सूर्य बहुमुखी क्याम्पसको रूपमा पुनः नामाकरण गरिएको) को आइतबार भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले संयुक्त रूपमा उद्घाटन गरे । प्रत्येक तलामा ७ वटा कोठाContinue reading "भारतीय सहयोगमा डोटीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन"

Older

11

‘प्रश्नपत्र लिक गर्नेमाथि कारबाही हुन्छ’,- शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबिएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताएका छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले सो प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको समेत जानकारी दिएका छन् ।Continue reading "‘प्रश्नपत्र लिक गर्नेमाथि कारबाही हुन्छ’,- शिक्षामन्त्री पोखरेल"

पुरानो संसद् भवनलाई जेन-जी संग्राहलय बनाउने तयारी !

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको पुरानो संसद् भवनलाई जेन-जी संग्राहलय बनाइने भएको छ । मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था नभएसपछि सरकारले पुरानो बानेश्वरस्थित पुरानो संसद भवन (अन्तराष्ट्रिय सम्मेलन केन्द्र)लाई यथास्थितिमै संग्राहलय बनाउने तयारी गरेको हो । उक्त भवन २०५० सालमा चिनियाँ सहयोगमा निर्माण गरिएको थियो । २०६५ सालमा गणतन्त्र घोषणा भएसँगैContinue reading "पुरानो संसद् भवनलाई जेन-जी संग्राहलय बनाउने तयारी !"

Artha SarokarPrivate

भारतको सहयोगमा कञ्चनपुरको महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आइतबार शिलान्यास गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । भारत सरकारको करिब १ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालयContinue reading "भारतको सहयोगमा कञ्चनपुरको महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण सुरु"

काठमाडौँमा लघुवित्त पीडितको ‘राजधानी मार्च’ (तस्वीरहरु)

काठमाडौँ । लघुवित्त पीडितहरुले काठमाडौँमा ‘राजधानी मार्च’ गरेका छन् । काठमाडौँ पुगेका लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले ‘राजधानी मार्च’ गरेका हुन् । उक्त मार्च लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा सुरु भएको हो । मार्च काठमाडौँको बल्खुबाट सुरु भएको थियो । बल्खुबाट सुरु भएको मार्च भद्रकाली पुगेर सकिनेछ । भद्रकालीमा कोणContinue reading "काठमाडौँमा लघुवित्त पीडितको ‘राजधानी मार्च’ (तस्वीरहरु)"

एमबीएसको प्रश्नपत्र लिक गर्ने दुई जना पक्राउ

काठमाडौँ । मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार सुलभ सर भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरेको हो । साउन ८ गते एमबीएसको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको ५ मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियोContinue reading "एमबीएसको प्रश्नपत्र लिक गर्ने दुई जना पक्राउ"

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

काठमाडौँ । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ । वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित भएका छन् । सौराहा, पटिहानी, जगत्पुर, मेघौलीलगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको व्यवसायीहरूले बताएकाContinue reading "वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल"

सोमबार उद्घाटन हुँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक सवारीलाई मात्र प्रवेश अनुमति !

काठमाडौँ । नोगढुङ्गा-सिस्नेखोला सुरुङमार्गको सोमबार उद्घाटन गरिने भएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको नोगढुङ्गा-सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरिने भएको हो । कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको उक्त सुरुङमार्गको लम्बाई २.६८ किलोमिटर रहेको सडक विभागका महानिर्देशक डा. विजय जैशीले बताएका छन् ।Continue reading "सोमबार उद्घाटन हुँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक सवारीलाई मात्र प्रवेश अनुमति !"

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२ सय ९ जनालाई कारवाही

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार बढी ट्राफिक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले दिएको तथ्यांकअनुसार आइतबार बिहानसम्म १ हजार २ सय ९ जना ट्राफिक कारबाहीमा परेका हुन् । ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने ९६ जना, राइड सेयरिङमा ५० जना, रातो बत्तीमा ५१ जनालाई कारबाही गरिएको छ ।Continue reading "२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२ सय ९ जनालाई कारवाही"

Artha SarokarPrivate

प्राण त्यागेकी सानिमा क्यापिटलकी रश्मीको सेयर बजारमा खासै थिएन लगानी, ‘केही दिनदेखि निरन्तर निराश’

काठमाडौँ । कारभित्र आत्मदाह गरेर प्राण त्यागेकी रश्मी रिजालको सेयर बजारमा खासै लगानी नरहेको खुलेको छ । सेयर बजारमा डुबेपछि रश्मीले प्राण त्यागेको खबर सार्वजनिक भएपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा उनको सेयर बजारमा खासै लगानी नरहेको खुलेको हो । रश्मी सानिमा क्यापिटल लिमिटेडमा कम्प्लाएन्स अफिसरका रुपमा कार्यरत थिइन् । उनका सहकर्मीका अनुसार उनी प्राय आईपीओमाContinue reading "प्राण त्यागेकी सानिमा क्यापिटलकी रश्मीको सेयर बजारमा खासै थिएन लगानी, ‘केही दिनदेखि निरन्तर निराश’"

Artha SarokarPrivate

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको चित्र !

काठमाडौँ । सरकारले एक रुपैयाँको सिक्काको नयाँ डिजाइन तयार गरेको छ । सरकारले चुच्चे नक्सासहित सिक्काको नयाँ डिजाइन तयार गरेको हो । नयाँ डिजाइनमा आशाश भैरवको चित्र पनि राखिएको छ । सिक्काको नयाँ डिजाइन मन्त्रिपरिषद्बाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ । यसो त राष्ट्र बैंकले यसअघि मुस्ताङको घार गुम्बासहित तस्वीरContinue reading "एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको चित्र !"

‘हाइवे’मा यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

काठमाडौँ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५Continue reading "‘हाइवे’मा यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना"

Browse by publisher

37