Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

30 headlines · 35 publishers

Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

सीमा मिचेको भनाइप्रति चार दलको आपत्ति

हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रतिपक्षी दलहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर मकवानपुरका चार प्रतिपक्षी राजनीतिक दलहरुले गम्भीर चासो र आपत्ति जनाएका छन् । उक्त विषयमा छलफल गर्न हेटौंडास्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी तथा श्रम संस्कृति […]

बालेनलाई जवाफ, रवीलाई सम्मान

-दिल्लीमा रवीलाई ‘रेड कार्पेट’ -सीमा विवादमा चिसोपन -सीमा विवादमा तेस्रो पक्ष स्वीकार्य नहुने भारतको भनाई काठमाडौं। नेपाल–भारत सम्बन्धमा असहजताको संकेत बढिरहेका बेला नयाँ दिल्लीमा मंगलबार देखिएको दुई वटा दृश्यले काठमाडौंको राजनीति र कूटनीतिमा एकैसाथ तरंग पैदा गरेको छ। एकातिर भारतले सीमा विवादमा कुनै पनि तेस्रो पक्ष स्वीकार्य नहुने भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावलाई सार्वजनिक रूपमै […]

3–12 hours ago

4

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न दिँदैनौ : कांग्रेस

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता वा माफी नआएसम्म संसद बैठक अघि बढ्न नदिने चेतावनी दिएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएकाले स्वीकार्य हुन नसक्ने बताए । उनका अनुसार प्रधानमन्त्रीले संसदमा दिएको […]

विपक्षीको अवरोधपछि संसद बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले सदनमा जारी अवरोधका कारण बैठक आगामी जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको विरोधका कारण करिब दुई घण्टा ढिलो गरी सुरु भएको थियो। तर सदनको अवरोध कायम रहेपछि बैठक सञ्चालन हुन […]

बजेट ऋणमा अत्यधिक निर्भर छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तत्कालीन आवश्यकता मात्र नभई आगामी पाँच वर्षको आर्थिक रूपान्तरणलाई आधार दिने गरी ल्याइएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा उहाँले बजेटले अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ […]

विद्यार्थीसँग लिने करको बोझ हटाऊ

आगामी आर्थिक वर्ष २०८३÷०८४ को लागि संस्थागत विद्यालयबाट समता शुल्कबापत ३ प्रतिशत कर लिने घोषणा गरिएको छ । १६ वर्षअघि बाबुराम भट्टराई सरकारले ५ प्रतिशत ग्रामीण शिक्षाकर लिने घोषणा गरेको थियो । झन्डै त्यसको निरन्तरता दिँदै अहिले पनि आगामी साउनदेखि अभिभावकको टाउकोमा ३ प्रतिशत करको बोझ बोकाउने तयारी गरिएको छ । सरकारलाई संस्थागत विद्यालयमा हुनेखानेका […]

Earlier today

1

सभामुख र विपक्षीबीच दूरी बढ्दै, संसदमा टकराब थप चर्कियो

काठमाडौं । प्रतिनिधिसभामा देखिएको बढ्दो राजनीतिक टकराबका बीच सभामुख डोलप्रसाद अर्याल र विपक्षी दलहरूबीचको सम्बन्ध थप चिसिँदै गएको छ । संसद् सञ्चालन, नियमावली पारित प्रक्रिया र प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षीबीचको विवाद उत्कर्षमा पुगेको बेला सभामुख र विपक्षी दलहरूबीच पनि मतभेद सतहमा आएको हो । प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई लिएर विपक्षी दलहरूले […]

Yesterday

11

संसद्‌मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठककले संसदको आइतबारको बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेका हुन् । उक्त समितिलाई सात […]

संसद् भवन परिसरमा चिप्लिएर सांसद बसुमाया तामाङ घाइते, एम्बुलेन्समार्फत अस्पताल लगाइयो

काठमाडौं । संघीय संसद् भवन परिसरमा चिप्लिएर प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ घाइते भएकी छन्। सोमबार संसद् भवन परिसरमा हिँड्ने क्रममा चिप्लिँदा उनको खुट्टामा चोट लागेको बताइएको छ। घटनापछि संसद् परिसरमै प्राथमिक उपचार गरिएको थियो। खुट्टामा चोट लागेपछि थप उपचारका लागि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको संसद् सचिवालय स्रोतले जनाएको छ। सांसद तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको […]

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ। विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक जेठ १९ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए। यसअघि सोमबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि संसद्को कामकारबाही अघि बढ्न सकेन। प्रधानमन्त्री […]

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ। विपक्षीहरुको विरोधपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आइतबार सीमा सम्बन्धी दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै विपक्षी दलहरुले विरोध जनाएका हुन् । सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले सभाको कामकारबाही सहज बनाउन आग्रह गरेका थिए । तर विपक्षी दलहरुले प्रधानमन्त्रीले रोष्ट्रममा आएर जवाफ दिनुपर्ने, प्रधानमन्त्रीको उक्त […]

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नेपालले भारतको जग्गा मिचेको प्रमाण पेस गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यसबारे प्रमाण नभए प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरे । “प्रधानमन्त्रीका तथ्यबिना बोलिएको अभिव्यक्ति रेकर्डबाट हटाउनका लागि अपिल गर्छु,” […]

ऊर्जा पूर्वाधार र मध्यम वर्ग केन्द्रित बजेट : अर्थमन्त्रीे

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, मध्यम वर्गको विस्तार तथा आर्थिक गतिविधि बढाउने लक्ष्यसहित ल्याइएको बताउनुभएको छ । बजेटसम्बन्धी पत्रकार भेटघाटमा उहाँले ऊर्जा उत्पादन र प्रसारण पूर्वाधार विस्तारका लागि ठूलो लगानी आवश्यक भएकाले विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरिएको स्पष्ट पार्नुभयो । नेपालले […]

प्रतिपक्षी दलहरूको सर्वदलीय बैठक बस्दै

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पहलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको सर्वदलीय बैठक आज बस्ने भएको छ। कांग्रेस संसदीय दलका सचेतकनिश्कल राईकाका अनुसार बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो १२ बजे आयोजना गरिएको छ। हालको राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै संसद्मा प्रतिपक्षी दलहरूले अपनाउने साझा रणनीति तय गर्न तथा आगामी संसद् बैठकमा निर्वाह गर्नुपर्ने […]

सीमा विवादमा कूटनीतिक संयमता आवश्यक

नेपाल–भारत सम्बन्धको सबैभन्दा संवेदनशील विषयमध्ये एक हो सीमा विवाद । विशेष गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएको छ । नेपालको संसद्ले सर्वसम्मतरूपमा नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेपछि यो विषय राष्ट्रिय अस्मिता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको मुद्दाका रूपमा स्थापित भएको छ । यस्तै संवेदनशील विषयमा […]

अन्ततः प्रधानमन्त्री बालेन प्रतिनिधिसभामा उपस्थित

काठमाडौं। संसद्मा बारम्बारको अनुपस्थितिका कारण विपक्षीमात्र होइन, आफ्नै दलभित्रसमेत आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले (बालेन) अन्ततः आइतबार प्रतिनिधिसभामा उपस्थित सांसदका सवालको जवाफ दिनुभयो । यसलाई प्रधानमन्त्री शाहको संसद्प्रतिको जवाफदेहीताका रूपमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले लिएका छन् । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थिति गराउने प्रतिबद्धता व्यक्त गर्दै आएको पृष्ठभूमिमा प्रधानमन्त्री शाह […]

सम्भव होला त ३ प्रतिशत शिक्षा समता शुल्क ?

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३-०८४ को बजेटमार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीबाट उठाइने सबै प्रकारका शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लगाउने घोषणा गरेपछि निजी विद्यालय सञ्चालक, अभिभावक तथा सरोकारवाला निकायले तीव्र असन्तुष्टि जनाएका छन् । सरकारले यस शीर्षकमा वार्षिक करिब १० अर्ब रुपियाँ संकलन हुने अनुमान गरेको छ । शुक्रवार सार्वजनिक बजेटमा […]

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिले संसददेखि सडकसम्म तरंग

काठमाडौं। नेपाल–भारत सीमा विवादजस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । संसद्मा प्रधानमन्त्रीले ‘भारतले मात्र होइन, नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् भने सीमा विज्ञ, कूटनीतिज्ञ, संविधानविद् तथा सर्वसाधारण तहसम्म यसबारे तीव्र बहस सुरु भएको छ […]

Older

12

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुद्वारा मसाल जुलुस

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेको छ। आइतबार प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको हो।

प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र

काठमाडौँ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा नेपाल भारत सीमाका सम्बन्धमा उल्लेख गर्नुभएको विषय दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको स्पष्ट गरेको छ । आज प्रधानमन्त्री शाहले नेपाल भारत सीमा र लिपुलेकका सम्बन्धमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा राख्नुभएको अभिव्यक्ति यसैसँग सम्बन्धित भएको कुरा […]

रास्वपाले बोलायो भर्चुअल सचिवालय बैठक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक आजै साँझ ८ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको हो। बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही लगायतका कार्यसूचीमा छलफल हुने महामन्त्री बुर्लाकोटीले बताए । त्यस्तै, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल […]

सभामुखको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकका क्रममा व्यक्त गरेका केही भनाइ संसदीय अभिलेखबाट हटाउन माग गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाउँदै सभामुखले प्रतिनिधिसभा नियमावलीको व्यवस्था विपरीत व्याख्या गरेको आरोप लगाए। महरले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रममा तीन दिनअघि नै प्रश्न उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था नियमावलीमा रहेको […]

नेपालले भारतको सीमा मिचेको प्रधामन्त्रीको भनाइप्रति कांग्रेसको आपत्ति

काठमाडौँ। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको भनाइप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस आपत्ति जनाएको छ। आइतबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै शाहले लिपुलेक, लिम्पियाधुरासहितको सीमा विवादमा समाधानका लागि प्रयास भइरहेको जानकारी दिँदै नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको बताएका थिए। शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको […]

सुकुमवासीबारे प्रधानमन्त्रीको जवाफ : ३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखौजौँ

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका कारण काठमाडौं उपत्यकाका खोला किनारका सुकुम्बासी बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले सुकुम्बासीको ज्यानको सुरक्षा, वातावरण संरक्षण तथा नदी–खोला सफाइलाई ध्यानमा राखेर उक्त कदम चालिएको स्पष्ट पारे। “खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका सुकुम्बासीलाई अर्को स्थानमा सारिएको […]

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा उनले भ्रष्टाचार निमूल गर्न सरकार सबै हिसाबले क्रियाशील हुने बताए । सांसद बुर्लाकोटीले सरकारले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा लिएकामा धन्यवाद दिँदै मन्त्री र सांसदको […]

विपक्षीको विरोधकै बीच प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर सुरु

काठमाडौं। विपक्षी दलहरूको असन्तुष्टि र विरोधका बीच प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका छन्। प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रधानमन्त्री शाहले बोल्न समय माग्दै हात उठाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका कर्मचारीहरूसँग परामर्श गरेका थिए। प्रधानमन्त्रीले बोल्न चाहेको अवस्थामा समय उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको सुझाव पाएपछि सभामुखले […]

प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची

काठमाडौँ। प्रतिनिधिसभाको बैठक निर्धारित समयमन्दा २५ मिनेट ढिला सुरु भएको छ । सभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त प्रतिवेदनमाथि प्राप्त […]

उच्च महत्वाकांक्षाको बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट प्रस्तुत गर्दै आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल पुनस्र्थापना, लगानी प्रवद्र्धन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षको भन्दा करिब २५ प्रतिशत ठूलो आकारको यो बजेटले एकातिर आर्थिक वृद्धिलाई तीव्र बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ भने अर्कोतर्फ खर्च […]

महँगा ईभी झनै महँगो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) मा कर संरचनामा व्यापक परिवर्तन गर्दै सस्तो तथा सर्वसाधारणले प्रयोग गर्ने गाडीलाई प्रोत्साहन र महँगा तथा विलासी सवारीलाई निरुत्साहित गर्ने नीति अवलम्बन गरेको छ । सरकारले यसअघि लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागू गरेको छ । अब विद्युतीय गाडीमा कर निर्धारण […]

सरकारको दायित्वभित्र पर्ने शिक्षामा ३ प्रतिशत समतामूलक कर

-निजी विद्यालयको बैठक जारी, भोलिसम्म घारणा सार्वजनिक गर्ने काठमाडौं । सरकारले शिक्षा सेवामा लगाएको ३ प्रतिशत कर निजी लगानीमा सञ्चालित शिक्षालय र अभिभावकले नमान्ने भएका छन् । सरकारले यो करको विषयमा निर्णय फिर्ता नलिए आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन् । १६ वर्षअघि पनि सरकारले सुरुमा ५ प्रतिशत ग्रामीण शिक्षा कर लगाएको थियो । उक्त करको […]

Browse by publisher

35