Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2d agolast: 1h ago

प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिको संसद्मा चर्को विरोध

नेपाली कांग्रेस र नेकपा एमाले लगायतका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको भनी दिएको अभिव्यक्तिको विरोधमा संसद् अवरुद्ध गरेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले दिएको उक्त बयानलाई विपक्षी नेताहरूले राष्ट्रघाती र गैरजिम्मेवार भन्दै आलोचना गरेका छन्। गगन थापा र खुश्वु ओली लगायतका नेताहरूले प्रधानमन्त्रीले संसद्‌मा माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन्। यस विवादका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको कारबाही प्रभावित भएको छ।

Summary by Jayaman

14publishers
99headlines
18in last 24h
Span: 2d 6hNE onlyUpdated 1h ago
Covered by
+6
How this story evolved3 updates
  1. 40 sources2d ago

    प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा 'नेपालले पनि भारतको भूमि मिचेको छ' भनी दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र विवाद उत्पन्न भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूले यसलाई राष्ट्रहित विपरीत र गैरजिम्मेवारपूर्ण भन्दै आपत्ति जनाएका छन्। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ 'क्रस बोर्डर अकुपेसन' सँग सम्बन्धित रहेको स्पष्टीकरण दिए पनि सीमाविद् र नेताहरूले संसद्को रेकर्डबाट यो अभिव्यक्ति हटाउन र माफी माग्न माग गरेका छन्।

  2. 61 sources1d ago

    प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा 'नेपालले पनि भारतको भूमि मिचेको छ' भनी दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेस र नेकपा एमाले लगायतका विपक्षी दलहरूले सोमबार संसद्का दुवै सदन अवरुद्ध गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको यो भनाइ राष्ट्रघाती भएको ठहर गर्दै संसद्को रेकर्डबाट हटाउन र माफी माग्न माग गरेका छन्। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्रको 'क्रस बोर्डर अकुपेसन' सँग सम्बन्धित रहेको स्पष्टीकरण दिए पनि विपक्षीहरूले विरोध जारी राखेका छन्।

  3. 90 sources7h agocurrent

    नेपाली कांग्रेस र नेकपा एमाले लगायतका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको भनी दिएको अभिव्यक्तिको विरोधमा संसद् अवरुद्ध गरेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले दिएको उक्त बयानलाई विपक्षी नेताहरूले राष्ट्रघाती र गैरजिम्मेवार भन्दै आलोचना गरेका छन्। गगन थापा र खुश्वु ओली लगायतका नेताहरूले प्रधानमन्त्रीले संसद्‌मा माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन्। यस विवादका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको कारबाही प्रभावित भएको छ।

Broke on K cha khabarSetopati logoSetopati

कांग्रेसको प्रश्न- नेपालले भारतको भूमि मिचेको कुरा प्रधानमन्त्रीले राख्नुभयो, कहाँ हो?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल-भारत सीमाबारे सांसदले आज प्रतिनिधि सभामा उठाएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले दिएको जबाफको एक विषयमा प्रश्न उठाएको छ।

politics99 publishers
Coverage

98 more headlines since

first · 2d agolatest · 1h ago
  1. 1–3 hours ago
    1. आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

      काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष जनाएकी छन्। ‘नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट रहँदै आएकी सांसद तामाङले यो विषयमा प्रधानमन्त्री शाहले संसदमा आएर जवाफ दिनुपर्ने तर्क गरेकी छन्। उनको विपक्षीको लगातारको अवरोधका कारण सभामुख डीपी अर्यालसमेत निरीह बन्दै गएको जिकीर गरेकी छन्। ‘हरेक दिन सभामुखको […]

    2. सीमा मिचेको भनाइप्रति चार दलको आपत्ति

      हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रतिपक्षी दलहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर मकवानपुरका चार प्रतिपक्षी राजनीतिक दलहरुले गम्भीर चासो र आपत्ति जनाएका छन् । उक्त विषयमा छलफल गर्न हेटौंडास्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी तथा श्रम संस्कृति […]

  2. 3–12 hours ago
    1. प्रधानमन्त्रीले माफी मागुन्, नदीले बाटो फेर्दैमा सीमा मिचेको मानिँदैन : पूर्वराजदूत आचार्य

      काठमाडौं- भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूभाग मिचेको अभिव्यक्ति अपरिपक्क र गलत सूचनाका आधारमा बोलिएको बताउँछन् । सीमा समस्या पहिचान र समाधान गर्न बनेको नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) का सदस्य समेत रहेका उनी दुई ९७-९८ प्रतिशत स्थानमा सीमा विवादको समाधान भइसकेको दाबी गर्छन् । तथ्यभन्दा बाहिर बोलेकाले सदनबाटै नेपाली जनता […]

    2. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित

      रुपन्देही । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रुपन्देहीमा आयोजित दुई दिने लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित गरेको छ । पार्टीको केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेतृत्वबीच भएको संवाद, विषयगत छलफल र अन्तरक्रियाबाट […]

    3. भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

      काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले नेपालको अतिक्रमित भूमिको विषयमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने अभिव्यक्ति दिएको स्मरण गराएका छन् । उनले उक्त अभिव्यक्तिपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले […]

    4. प्रधानमन्त्रीको अभिव्यक्ति र भारतको प्रतिक्रियामा भीम रावलको आपत्ति : ‘नेपालले भारतको जग्गा मिचेको’ भन्नु राष्ट्रहित विरोधी

      काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र त्यसप्रति भारतले जनाएको प्रतिक्रियालाई लिएर गम्भीर प्रश्न उठाएका छन्। प्रधानमन्त्री शाहले नेपालको अतिक्रमित भूमिको विषयमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने भनी

      Ratopati logoRatopatiPrivatestory99 publishers
    5. प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझै बलियो बनाएको छ : कबिन्द्र बुर्लाकोटी

      १९ जेठ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ । मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सीमा सम्बन्धि विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरेका हुन् […]

    6. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल महिला संघको आपत्ति

      काठमाडौं । नेपाल महिला संघले प्रधानमन्त्रीको अपरिपक्व र राष्ट्रहित विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संघकी अध्यक्ष मीना खरेलद्वारा जारी विज्ञप्तिमा नेपालले भारतको सिमाना मिचेको भनी जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्को रोष्ट्रमबाट व्यक्त भनाइ नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, प्रमाण तथा सम्पूर्ण नेपाली जनताको राष्ट्रिय भावनाविपरीत भएको उल्लेख छ । प्रधानमन्त्री शाहले […]

    7. सत्ता पक्षका सांसद नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न हिडेको खुस्बु ओलीको आरोप

      काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीले सत्ता पक्षका सांसदहरु प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिको बचाउमा लागेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले हिजो नेपालीको

      Global Aawaj logoGlobal AawajPrivatearchives99 publishers
    8. नेकपा सांसद दुलालद्वारा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग

      काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् दुलालले प्रधानमन्त्रीकफ अभिव्यक्तिबारे सत्तारुढ दलको धारणा माग गरेका हुन् । ‘प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नु भएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय […]

    9. प्रधानमन्त्रीको विवादित अभिव्यक्तिमा नेकपाले माग्यो रास्वपाको धारणा (भिडिओ)

      काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिमा रास्वपाको धारणा मागेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यस विषयमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहज्युले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो? यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई […]

    10. संसदमा बालेन्द्र शाहको अभिव्यक्तिबारे रास्वपाको धारणा माग

      काठमाडौँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्तिबारे सत्तारुढ दल रास्वपाको धारणा आउनुपर्ने माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले

      Ratopati logoRatopatiPrivatestory99 publishers
    11. प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नसच्चिएसम्म सदन चल्न नदिने विपक्षी चेतावनी

      काठमाडौँ- प्रतिपक्षी दलहरूले भारतीय भूमि नेपाली पक्षबाट अतिक्रमण भइरहेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्ति नसच्चाएसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन्। उनीहरूले मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्। नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक रहेको बताए। उनले भने, ‘हाम्रो पार्टी यो विरोधको कडा विरोध गर्दछ।’ उनले […]

    12. प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा शीर्ष नेतासँग छलफल गर्न सभामुखलाई ओलीको आग्रह

      काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सभामुख डोलप्रसाद अर्याललाई प्रतिनिधि सभा बैठक पेलेर नचलाउन आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्तिका

      Ratopati logoRatopatiPrivatestory99 publishers
    13. प्रधानमन्त्रीलाई चन्द्र भण्डारीको चुनौती- नेपालले भारतको सीमा मिचेको तथ्य भए देखाउनू

      काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहलाई नेपालले कसैको भूमि नमिचेको जवाफ दिएका छन् । सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल गर्नुपर्ने भन्दै सीमाबारे नेपालीको धारणा एउटै हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्दछ र कसैको भूमि मिचेको […]

    14. प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात : नेपाल बार

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । बारले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, हलुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भनेको छ । प्रधानमन्त्रीको विवादित भनाइले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दाबीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष […]

    15. विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

      प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नु पर्ने माग गर्दै प्रतिपक्षी दलहरुले मंगलबार दोस्रो दिन बैठक अवरुद्ध गरेका हुन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics99 publishers
  3. Earlier today
    1. ३३ जना एसएसपीको सरुवादेखि वीरगन्जका मेयर पक्राउसम्म

      'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री वालेन्द्र शहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् ।कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमाचायनासहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।००००नेकपा (एमाले)ले प्रधानमन्त्री वा

      Lokaantar logoLokaantarPrivatestory99 publishers
  4. Yesterday
    1. बागमती प्रदेशसभामा प्रधानमन्त्रीको विरोध, सांसदले मागे राजीनामा

      हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर बागमती प्रदेशसभा बैठकमा तीव्र विरोध भएको छ । प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको भनाइ राष्ट्रघाती, आपत्तिजनक र

      Ratopati logoRatopatiPrivatestory99 publishers
    2. एमाले कोशीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

      विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । आज बसेको प्रदेश बैठकले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले हिजो दिएको जवाफ राष्ट्रघाती भएको ठहर गर्दै माफी मागी पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो । प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । बैठकले उक्त अभिव्यक्तिलाई राष्ट्रहितविपरीत […]

    3. सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

      काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका […]

    4. 'नेपालले भारतको सीमा मिचेको' प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तिजनक : गगन थापा

      उनले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति उनी नेपाल भारतको खुला सीमाना बारे सामान्य राजनीतिक सुझबुझ पनि नराख्ने रहेछन् भन्ने पुष्टि भएको जिकिर पनि गरे।

      Thaha Khabar logoThaha KhabarPrivatedetail99 publishers
    5. ‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको आत्मसम्मानमा गम्भीर चोट पुर्‍यायो’

      मकवानपुर । नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो सीमासम्बन्धी अभिव्यक्तिले आम नेपालीको आत्मसम्मानमा गम्भीर चोट पुर्‍याएको बताएका छन् । उनले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्री शाहको भनाइ तथ्यहीन

      Ratopati logoRatopatiPrivatestory99 publishers
    6. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूको विरोध, रास्वपा चुपचाप

      काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिचेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले

      Ratopati logoRatopatiPrivatestory99 publishers
    7. प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध सडकदेखि संसद्सम्म चर्को विरोध

      प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । प्रधानमन्त्री शाहले सार्वभौम संसद्‌बाट राष्ट्रहित र राष्ट्रिय स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको भन्दै सडकदेखि सदनसम्म दबाब बढाइएको छ ।आइतबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्तिका विषयमा अहिले व्यापक विरोध शुरू भएको छ । आइतबार राति नै एमाले

      Lokaantar logoLokaantarPrivatestory99 publishers
    8. प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

      रूपन्देही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन

      Global Aawaj logoGlobal AawajPrivatearchives99 publishers
    9. प्रधानमन्त्रीमाथि गगनको प्रहार : माफी माग्नुस्, तपाईँ भगवान् होइन

      काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा आइतबार भारत-नेपाल सीमासम्बन्धी दिएको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक रहेको बताएका छन्। लुम्बिनी प्रदेशको रूपन्देहीमा सोमबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘आपत्तिजनक, चिन्ताजनक र राष्ट्रहितविपरीत’ भन्दै आलोचना गरेका हुन्। उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कांग्रेसले सम्पूर्ण […]

    10. प्रधानमन्त्री बालेनलाई चुनौती दिँदै निश्कलले भने: मेरो नोट अफ डिसेन्ट

      सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आफ्नो ‘नोट अफ डिसेन्ट’ रहेको जनाउँदै नेपालले भारतको कुन–कुन क्षेत्रमा सीमा मिचेको हो भन्नेबारे संसदमै एक–एक इन्चको हिसाब दिन प्रधानमन्त्रीलाई चुनौती दिए ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics99 publishers
    11. ‘भोलि भारतले भूमि फिर्ता माग्यो भने कुन भूमि दिने?’

      काठमाडौँ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल माफी माग्नुपर्ने माग गरेको छ। प्रधानमन्त्री साहले ‘नेपालले पनि भारतको धेरै भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको निष्कर्ष

      Ratopati logoRatopatiPrivatestory99 publishers
    12. प्रधानमन्त्री शाहको अभिव्यक्तिको राष्ट्रिय सभामा चर्को विरोध, देशद्रोही काम भएको आरोप

      काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै आपत्ति जनाएका छन्। सभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै

      Ratopati logoRatopatiPrivatestory99 publishers
    13. प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय लज्जाको विषय हो, संसद्बाटै माफी माग्नुपर्छ- गगन थापा

      नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर देशको अखण्डतालाई कमजोर बनाएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाटै आफ्नो भनाइ सच्याउँदै माफी माग्नुपर्ने पनि बताए ।‘प्रधानमन्त्रीको भनाइले

      Lokaantar logoLokaantarPrivatestory99 publishers
    14. प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

      रूपन्देही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसदबाटै माफी माग्न आग्रह गरे । ‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री […]

    15. प्रधानमन्त्रीको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत, सदनमा जवाफ दिनुपर्छ- कांग्रेस

      नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत रहेको बताएको छ । कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमा चोट पुगेको भन्दै संसद्‌मा औपचारिक असहमति जनाएको हो ।प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताए । उनले उक्त अभिव्यक्तिले आफू मात्र नभई करिब तीन क

      Lokaantar logoLokaantarPrivatestory99 publishers
    16. कहाँ-कहाँ सीमा मिचेको हो, प्रधानमन्त्रीले संसदमै एक-एक इन्चको हिसाब दिनुपर्छ: कांग्रेस

      काठमाडौं। नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले आफू

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives99 publishers
    17. कांग्रेसको प्रश्न : नेपालले मिचेको भनिएको जमिन भारतले मागे के दिने?

      नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्ति फिर्ता नलिएसम्म संसद बैठक अघि नबढ्ने बताएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics99 publishers
    18. प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्‌मा विपक्षीको विरोध (तस्वीरहरू)

      प्रधानमन्त्री बालेन शाहले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले विरोध गरेका हुन् ।

    19. प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

      काठमाडाैं। राष्ट्रियसभाका सांसदहरूले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग आधिकारिक जानकारी माग गर्दै आजको बैठक अवरुद्ध गरेका छन्। बैठक सुरु हुनेबित्तिकै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives99 publishers
    20. ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

      काठमाडौं- नेपालले भारतीय भूमि मिचेको भनेर गम्भीर अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाह अर्को विवादमा परेका छन् । आइतबार अचानक संसद् भवनमा छिरेका उनले हात उठाउँदै सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर बोलेका थिए। त्यसक्रममा उनले प्रतिपक्षी दलका सांसदहरूका प्रश्नको जवाफ दिँदै नेपालले पनि भारतको भूमि मिचेको विवादित भनाइ दिएका थिए। उक्त भनाइपछि सामाजिक सञ्जालदेखि प्रतिपक्षी दलहरू […]

    21. सीमाबारे जानकारी माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

      राष्ट्रियसभाका सांसदहरूले नेपालले भारतको सीमा मिचेको सम्बन्धमा जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।बैठकको शुरूमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्ट पार्न माग गरे ।सांसद कर्णपछि बोलेका सांसदहरू राजेन्द्रलक्ष्मी गैरे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरे ।आकस्मिक समयपछि सांसदहरूले सो बारेमा सरकारलाई स्पष्

      Lokaantar logoLokaantarPrivatestory99 publishers
    22. कांग्रेस, एमाले र राप्रपाद्वारा प्रधानमन्त्रीले तथ्यबिना बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक ऐन

      Ratopati logoRatopatiPrivatestory99 publishers
    23. निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ?

      काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन् । त्यसले तीन करोड नेपालीको शिर निहुर्‍याएको पनि उनले बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिँदा सत्ता पक्षका सांसदहरूले ताली बजाएको कुरामा पनि आपत्ति जनाए । ‘संसद्मा प्रधानमन्त्रीले बोलेको […]

    24. प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- भारतले जमिन फिर्ता माग्यो भने कहाँको दिने ?

      काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्ति फिर्ता नलिएसम्म संसद वैठक अघि बढ्न नसक्ने अडान प्रस्तुत गरेको छ । कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली नागरिकको शिर निहुराएको बताए । उनले भने, ‘आज सदनमा बोल्दै गर्दा मेरो शिर निहुरिएको छ । हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले आज मेरो मात्र […]

    25. झाँक्रीले भनिन्- रवि भारत जानुपूर्व बालेनले बिनासूचना संसद्‍मा दिएको अभिव्यक्ति नियोजित हुनसक्छ

      काठमाडौं– प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । सोमबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्तिका बारे स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने मागेका थिए । राष्ट्रियसभा सदस्य रामकुमारी […]

    26. राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध

      काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आइतबार प्रतिनिधि सभामा राखेको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरूले विरोध जनाएका छन् । सोमवारको बैठकमा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्रीको विरोध जनाए […] The post राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    27. एमालेले प्रधानमन्त्रीलाई भन्यो : संसद् र जनतासँग माफी माग्नू

      काठमाडौं- प्रतिपक्षी नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा राष्ट्रहितविपरीत भएको उल्लेख छ। एमालेले राष्ट्रिय सीमा र स्वाधीनतासम्बन्धी विषय कुनै दल वा सरकारको मात्र नभई सम्पूर्ण […]

    28. सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको प्रमाण पेस गर्न राप्रपाको माग

      राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन् ।

    29. प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्षी दलको निष्कर्ष, फिर्ता नगरेसम्म संसद् चल्न नदिने अडान

      नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री वालेन्द्र शहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् ।कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमाचायनासहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।बैठकपछि एमाले संसदीय दलकी उपनेता पद्‌मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिदासम्म संसद्‌मा विरोध जारी राख्ने बताइन् ।श्रम संस्कृति पार्टीका आरेन राईले पन

      Lokaantar logoLokaantarPrivatestory99 publishers
    30. प्रधानमन्त्रीको बोलीले स्वाभिमानी नेपालीको शिर निहुरियो : एमाले

      १८ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिले स्वाभिमानी नेपालीको शिर निहुरिएको बताएको छ । सोमबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जाबोध भएको बताइन् । ‘हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई […]

    31. प्रधानमन्त्रीको अभिव्यक्तिमाथि छानबिन समिति गठन गर्न कांग्रेसको माग

      १८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिमाथि छानबिन समिति गठनको माग गरेको छ । सोमबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद रन्जित कर्णले यस्तो माग राखेका हुन् । ‘आज यो राष्ट्रिय सभाले विशेष निर्णय गर्नुपर्ने हुन्छ । सम्माननीय प्रधानमन्त्रीजीले बोलेको कुराको कारण […]

    32. सभापति लामिछाने भारत जानुअघि आएको प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियतामा कमजोर बनायो : कांग्रेस

      काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताएका छन्। विपक्षी दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको बताए। उनले भने, ‘उहाँलाई केही न केही आइडिया पनि हुन सक्छ, कहाँ-कहाँ मिचिएको छ, कुन-कुन ठाउँ मिचिएको छ भन्ने कुरा। त्यसैले त्यो सार्वभौम सम्पन्न सदनमा हामी पनि आम तपाईँको नागरिकबाट […]

    33. प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण माग्ने विपक्षीको तयारी

      काठमाडौँ- नेपालको भूभागबारे आइतबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले दिएको अभिव्यक्तबारे प्रतिपक्षीहरूले स्पष्टीकरण माग्ने तयारी गरेका छन्। प्रतिनिधिसभा बैठक अगाडि संयुक्तरूपमा बसेको प्रतिपक्षीहरूको बैठकले संसदमा दिएको अभिव्यक्ति प्रस्ट पार्नुपर्न अनुरोध गर्ने तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले नेपालले भारतको भूमि मिचेको भनेर संसदमा दिएको अभिव्यक्ति प्रस्ट पार्नुपर्ने बताएकी छन् । ‘प्रधानमन्त्रीले […]

    34. विपक्षी दलहरूको निष्कर्ष : प्रधानमन्त्रीले संसद्‌बाटै माफी नमागेसम्म बैठक चल्न नदिने

      आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।

    35. बहुमतको दम्भ देखाएर जे पायो त्यही बोल्ने छुट प्रधानमन्त्रीलाई छैन

      काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको हिजोको बैठकमा दिएको सीमा सम्बन्धी विवादमा परेको छ । अहिलेसम्म भारतीय पक्षले नउठाएको कुरा सदनमा राखेर उनले भारतलाई विशेष गुण लगाएको चर्चा भैरहेको छ । उनले सांसदहरुको प्रश्नको जवाफ दिने

      Ajako Artha logoAjako ArthaPrivatestory99 publishers
    36. प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल : नेकपा

      काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको भर्त्सना गरेको छ। सोमबार नेकपा प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ती जारी गरी प्रधानमन्त्री बालेनले सीमा विवादबारे आइतबार संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेका हुन्। यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि नेकपाले जनाएको छ। प्रधानमन्त्री बालेनले आइतबार शाहले भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि […]

    37. नेपाली कम्युनिस्ट पार्टीले भन्यो- प्रधानमन्त्री बालेनको अभिव्यक्ति ‘राष्ट्रघाती’

      १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको जग्गा मिचेको भनेर संसदमा दिएको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टीले विरोध जनाएको छ । प्रधानमन्त्रीको सो अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको सो पार्टीको ठहर छ । आइतबार प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा बालेनले नेपालले पनि भारतको जग्गा मिचेको दाबी […]

    38. नेपालले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात : नेकपा

      नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्‍याएको ठहर गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics99 publishers
    39. वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले तीव्र आपत्ति जनाएका छन्। रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार, आधारहीन र अक्षम्य भएको बताएका छन्। उनले नेपालले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा आफ्नो सीमासम्बन्धी दाबीलाई निरन्तर कूटनीतिक रूपमा उठाउँदै आएको […]

    40. प्रधानमन्त्री बालेनको अभिव्यक्ति राष्ट्रघाती : झलनाथ खनाल

      काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै

      Ratopati logoRatopatiPrivatestory99 publishers
    41. प्रधानमन्त्रीको अभिव्यक्ति विदेशीको चाकडी गर्ने किसिमको आयो, पदमा बस्न सुहाउँदैन : झलनाथ खनाल

      काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रघाती अभिव्यक्ति दिएको बताएका छन्। खनालले प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तर गर्ने क्रममा ‘ नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिनु’ विदेशीहरूको चाकडी गर्ने किसिमको भएको बताएका छन्। ‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । […]

    42. झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक, प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’

      १८ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्ति गलत र राष्ट्र विरोधी भएको बताएका छन् । सो अभिव्यक्तिलाई ‘खतरनाक’ भन्दै खनालले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी समेत गरेका छन् । ‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत […]

    43. नेपाली भूमिबारे प्रधानमन्त्रीको अभिव्यक्ति ‘दब्बु, बोधो र हल्का देखियो’, माफी माग्नुपर्छ : विप्लव

      काठमाडौँ- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव)ले सीमा विवादसम्बन्धमा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा विवादबारे ‘भारतले पनि मिचेको छ, नेपालले पनि मिचेको छ’भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै विप्लवले त्यसलाई असहनीय, निन्दनीय र गैरजिम्मेवार टिप्पणी भनेका हुन्। सामाजिक सञ्जालमा भिडिओमार्फत प्रतिक्रिया जारी गर्दै उनले नेपाल–भारत सीमा विवाद दुवै देशको […]

    44. प्रधानमन्त्रीको विवादित अभिव्यक्तिले संसददेखि सडकसम्म तरंग

      काठमाडौं। नेपाल–भारत सीमा विवादजस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । संसद्मा प्रधानमन्त्रीले ‘भारतले मात्र होइन, नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् भने सीमा विज्ञ, कूटनीतिज्ञ, संविधानविद् तथा सर्वसाधारण तहसम्म यसबारे तीव्र बहस सुरु भएको छ […]

  5. Older
    1. संसदमा प्रधानमन्त्री शाहको सार्वभौमसत्ताविरोधी अभिव्यक्ति

      काठमाडौं । प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सार्वभौमसत्ताविरोधी अभिव्यक्तिले विवाद सिर्जना भएको छ । प्रधानमन्त्री शाहले संसद् बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा ‘…नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ…’ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सीमाविद्हरूले उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री शाहको अभिव्यक्तिलगत्तै विरोध सुरु भएको छ । राजनीतिज्ञ, कूटनीतिज्ञ तथा […] The post संसदमा प्रधानमन्त्री शाहको सार्वभौमसत्ताविरोधी अभिव्यक्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको भर्त्सना, स्पष्टीकरण माग

      काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत भएको जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले नेपालको स्थापित राष्ट्रिय अडान, सार्वभौमिकता र […]

    3. प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

      काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति प्रदर्शन गरेको आरोप लगाएको छ । संसद्मा सीमाबारे दिएको अभिव्यक्ति भ्रामक र गैर जिम्मेवार रहेको कांग्रेसको भनाइ छ । संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक हास्यास्पद रहेको कांग्रेसको भनाइ छ । ‘वर्तमान परिप्रेक्ष्यमा दुईपक्षीय सीमा समस्या समाधानमा स्थापित कूटनीतिक च्यानल र संयन्त्रहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले कुन […]

    4. प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

      प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालीसेले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको 'हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ' भन्ने प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार र राष्ट्रहित विपरीतको संज्ञा दिएका छन्।कांग्रेसले प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र कूटनीतिक विश्वसनीयतामाथि गम्भीर आघात पुर्‍याएक

      Lokaantar logoLokaantarPrivatestory99 publishers
    5. प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

      १७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति नजाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले बक्तव्य जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले आत्मघाती काम गरेको जनाएको छ । ‘नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, अकाट्य प्रमाण र आम नेपालीको राष्ट्रिय भावना विपरीत प्रधानमन्त्रीद्वारा व्यक्त गरिएका सीमा सम्बन्धी गन्तव्यहीन विचारहरु नेपाली कांग्रेसलाई कदापि स्वीकार्य छैन,’ वक्तव्यमा […]

    6. सीमा अतिक्रमणको घाउ बल्झाउने प्रधानमन्त्रीको अभिव्यक्ति

      भारतले नेपाली भू-भागमा सुरक्षाकर्मी नै राखेर अतिक्रमण गरेको छ । तर प्रधानमन्त्री बालेनले भोगचलनमा भएका सीमाका समस्याहरूलाई नेपाले भारतको भूमि नै मिचेको शैलीमा एउटै डालोमा राखेर अभिव्यक्ति दिए । प्रधानमन्त्रीको आत्मघाती अभिव्यक्तिले नेपाल-भारत सीमा विवाद समाधानमा नेपालको कूटनीतिक अडान कमजोर बनेको छ ।

    7. बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ

      काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्टिकरण दिन माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै घिसिङले सामाजिक सञ्जालमार्फत […]

    8. प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, माफी माग्न माग

      काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका छन् । आज प्रधानमन्त्री शाहले संसद्‌मा नेपालले पनि भारतकाे सीमा मिचेकाे अभिव्यक्ति दिएका थिए। जारी संयुक्त प्रेस

      Ratopati logoRatopatiPrivatestory99 publishers
    9. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ६ सीमाविद्को संयुक्त वक्तव्य– क्षमायाचना गर्नुपर्छ

      काठमाडौँ । प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिएको एक अभिव्यक्तिलाई लिएर सीमाविद् र विज्ञहरूले गम्भीर आपत्ति जनाएका छन् । ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी प्रधानमन्त्रीले सदनमा व्यक्त गरेको धारणाप्रति सीमाविद्हरूले औपचारिक रूपमा खेद प्रकट गरेका हुन् । आज

      Ratopati logoRatopatiPrivatestory99 publishers
    10. प्रधानमन्त्रीलाई जेनजी अगुवा साहको प्रश्न, ‘कसलाई खुशी पार्न यस्तो अभिव्यक्ति दिनु भो ?’

      काठमाडौँ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नु सार्वभौमसत्ताप्रतिको गम्भीर उल्लंघन र अपमान भएको टिप्पणी गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति

      Ratopati logoRatopatiPrivatestory99 publishers
    11. विश्वप्रकाशको प्रश्न- प्रधानमन्त्रीको नेपालले भारतको सीमा मिचेको अभिव्यक्तिमा रास्वपाको धारणा के हो ?

      काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर टिप्पणी गर्दै संवेदनशील कूटनीतिक विषयमा जिम्मेवार र सावधानीपूर्वक बोल्नुपर्ने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेको विषयमा शर्माले

      Global Aawaj logoGlobal AawajPrivatearchives99 publishers
    12. आजका समाचार : गम्भीर विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब, नेपालले चीनलाई २२१ रनले हरायो र इरान जाँदै गरेको मालवाहक जहाजमा अमेरिकी क्षेप्यास्त्र

      संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै राखेको भनाइमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक क्षेत्रका नेतृत्वदेखि विभिन्न क्षेत्रका विज्ञ र आम सर्वसाधारणहरूले सामाजिक सञ्जालमार्फत […]

    13. प्रधानमन्त्रीको बचाउमा परराष्ट्रले भन्यो- हामीले उपयोग गरेको कतिपय जग्गा भारततिर पर्न सक्छ

      काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादित अभिव्यक्तिलाई सच्याउनुको साटो परराष्ट्र मन्त्रालयमार्फत ‘प्रतिरक्षा’ गरेका छन् । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्ने प्रयास गरेको हो । प्रधानमन्त्रीले आज उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको परराष्ट्रको दाबी छ । […]

    14. परराष्ट्रको प्रष्टीकरण– प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित छ

      प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए ।

    15. नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्री बालेनको भनाइपछि के–के लेखे भारतीय मिडियाले ?

      प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले नेपालभित्र मात्र होइन, भारतका प्रमुख सञ्चारमाध्यमहरूमा समेत व्यापक चर्चा पाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics99 publishers
    16. घनश्याम भुसालको कडा टिप्पणी : यो ऐठनको समय हो, ‘नालायक’हरूबाट ‘लफङ्गा’मा राजपाठ सरेको समय हो

      काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिएको विषयमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले तीव्र आलोचना गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भुसालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रियताप्रतिको गम्भीर लापरबाही भनेका छन् । ‘हामी राजनीतिको कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुराको ज्वलन्त उत्तर आज प्रधानमन्त्रीले […]

    17. बिनातयारी बोल्दा चिप्लिए प्रधानमन्त्री, संसद्को पहिलो सम्बोधन नै ‘गलपासो’

      काठमाडौं- बिनातयारी सांसदहरूको प्रश्नको जवाफ दिन खोज्दा प्रधानमन्त्री गम्भीर विषयमा चिप्लिएका छन् । पहिलो पटक संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री शाह देशको सीमाना र अन्तर्राष्ट्रिय सम्बन्धजस्तो गम्भीर विषयमा चुकेका हुन् । बिनातयारी सांसदहरूको प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री बालेन स्वयंले मित्रराष्ट्र भारतको सीमा आफ्नो देशले मिचेको भनेपछि सदनमा हङ्गामा मचिएको हो । सामान्यतया रोस्ट्रमबाट प्रधानमन्त्रीले बोल्दा […]

    18. गम्भीर विवादमा प्रधानमन्त्री, आलोचना र विरोध चर्किँदा रास्वपा नेताहरू ‘तैँ चुप मै चुप’

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सिमाना पनि मिचेको भनेर प्रतिनिधिसभामा बोलेपछि देशभर उनको आलोचना भइरहेको छ । विभिन्न दलका नेता र सर्वसाधारणले प्रधानमन्त्रीको राजीनामादेखि अभिव्यक्ति सच्याउन र माफी माग्न आफ्नो धारणा दिइरहेका छन्। यसै विषयमा कुराकानी गर्न हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका पाँचजना नेताहरूलाई टेलिफोन सम्पर्क गरेका थियौँ। तर, ती नेताहरू खबरहबसँग मुख खोल्न तयार […]

    19. प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्छ, माफी माग्नुपर्छ : नारायणकाजी श्रेष्ठ

      १७ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्ति गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक भएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिबारे चर्को […]

    20. संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ

      काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै राखेको भनाइमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक क्षेत्रका नेतृत्वदेखि विभिन्न क्षेत्रका विज्ञ र आम सर्वसाधारणहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । प्रधानमन्त्री शाहले भनाइ राखेलगत्तै सदनभित्रैबाट सबै प्रतिपक्षी दलका नेताले विरोध जनाएका थिए […]

    21. वालेन्द्रको भनाइबारे नारायणकाजीको टिप्पणी : संसद्‍मै उभिएर माफी मागून्

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको भूभाग मिचेको भन्ने भनाइप्रति असन्तुष्टि विस्फोट भइरहेको छ। उनको यो भनाइ देशको सार्वभौमसत्ता अखण्डता र छिमेकी मुलुकसँगको मित्रता भन्दा बाहिरको रहेको उनले बताए । विभिन्न पार्टी र आमनागरिकले प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउनुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । […]

    22. प्रधानमन्त्रीको अभिव्यक्ति सार्वभौमसत्ताप्रतिको घात हो : जेनजी साह

      काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नू सार्वभौमसत्ताप्रतिको गम्भीर उल्लंघन र अपमान भएको टिप्पणी गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि त्यसलाई फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउन समेत जेनजी अगुवा साहले माग गरेका छन् । प्रधानमन्त्रीले दिएको राष्ट्रघाती […] The post प्रधानमन्त्रीको अभिव्यक्ति सार्वभौमसत्ताप्रतिको घात हो : जेनजी साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    23. प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ : जनार्दन शर्मा

      काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । आइतबार प्रधानमन्त्री शाहले संसद्‌मा सांसदले सोधेको प्रश्नको जवाफमा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए।

      Ratopati logoRatopatiPrivatestory99 publishers
    24. प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शीर झुकेको छ : एमाले सांसद बराल

      १७ जेठ, काठमाडौं । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले)ले आपत्ति जनाएको छ । आइतवार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भिरतापूर्वक लिने बताए । ‘नेपालले समेत भारतको भूमि मिचेको […]

    25. भीमार्जुनको टिप्पणीः यो सरकार देशको भौगोलिक अखण्डता रक्षा गर्न चाहँदैन भन्ने झल्कियो

      काठमाडौं । संविधानविद् भीमार्जुन आर्चायले यो सरकार देशको भौगोलिक अखण्डता रक्षा गर्न चाहँदैन भन्ने झल्किएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री बालेन शाहले आज संसदमा नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्दै विवादित अभिव्यक्ति दिएपछि संविधानविद् आचार्यले यस्तो बताएका हुन् । उनले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य […]

    26. प्रधानमन्त्रीको अभिव्यक्ति अति नै असमान्य र गम्भीर छ : भिमार्जुन आचार्य

      १७ जेठ, काठमाडौं । संवैधानिक कानुनविद् डा. भिमार्जुन आचार्यले नेपालले पनि भारतको सीमा मिचेको भन्दै प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले आजै प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको र आफू प्रधानमन्त्री भएपछि त्यसबारे जानकारी पाएको बताएका थिए । उनको अभिव्यक्तिमाथि चर्को […]

    27. नेपालले भारतीय भूमि मिचेको भनेपछि बालेनप्रति हर्कको आक्रोश : ‘हुतीहारा’

      काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि साम्पाङले उनको आलोचना गर्दै ‘हुतीहारा’ भएको टिप्पणि गरेका छन् । साम्पाङले आफ्नो सामाजिक सञ्जालबाट भनेका छन्, ‘प्र.म.ले त नेपालले भारतको भूमि मिचेको रैछ […]

    28. बालेनको सीमासम्बन्धी अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

      काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त भनाइलाई अतिरञ्जित, गलत र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गर्दै प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे जवाफ दिने […]

    29. नेपालले भारतको सीमा मिचेको प्रधामन्त्रीको भनाइप्रति कांग्रेसको आपत्ति

      काठमाडौँ। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको भनाइप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस आपत्ति जनाएको छ। आइतबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै शाहले लिपुलेक, लिम्पियाधुरासहितको सीमा विवादमा समाधानका लागि प्रयास भइरहेको जानकारी दिँदै नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको बताएका थिए। शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको […]

    30. नेपालले भारतको सीमा मिचेको आधार र प्रमाण प्रधानमन्त्रीले दिनुपर्छ : सांसद सुब्बा

      काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीले नेपाल भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिले गम्भीर अन्यौल सृजना गरेको बताएकी छन् । प्रधानमन्त्रीले भारतीय भूमि मिचेको अभिव्यक्ति सरकारको आधिकारिक धारण हो कि उहाँको व्यक्तिगत धारणा भन्दै उनले प्रश्न पनि गरिन् । सांसद सुब्बाले कुन स्थान, क्षेत्र वा सीमाखण्डमा भारतको सीमा नेपालले मिचेको हो त्यसको […]

    31. प्रधानमन्त्रीकाे जवाफमा कांग्रेसकाे प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ?

      काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई

      Global Aawaj logoGlobal AawajPrivatearchives99 publishers
    32. नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन कांग्रेसको माग

      प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले भारतको सीमा मिचेको भन्नेअभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics99 publishers
    33. भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

      काठमाडौं । भारतको सीमा नेपालले मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको आफूलाई

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives99 publishers
    34. नेपालले भारतको जमिन मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले खोज्यो तथ्य

      ‘सम्माननीय प्रधानमन्त्रीले ‘नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो । यहाँ कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ थापाले भनेकी छन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्‍यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’

    35. कांग्रेसले भन्यो– नेपालले कहाँ भूमि मिचेको प्रस्ट पारियोस्, होइन भने रेकर्डबाटै हटाइयोस् !

      नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदबाट बोलेको कुरा प्रमाणित गर्न वा संसद्को रेकर्डबाटै हटाउन माग गरेको छ ।कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतीय भूमि कहाँ मिचेको हो ? भन्दै प्रश्न गरिन् ।कि त यो विषयमा थप प्रस्ट पार्न, अन्यथा संसदको रेकर्डबाटै हटाउन उनले माग गरिन् ।यसअघि प्रधानमन्त्री शाहले संसदको रोस्ट्रमबाटै नेपालले भारतीय भूमि मिचेको जानकारी गराएका थिए ।यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाए ।यो विषय निकै गम्भीर र

      Lokaantar logoLokaantarPrivatestory99 publishers
    36. कांग्रेसकाे प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ?

      काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि

      Ratopati logoRatopatiPrivatestory99 publishers
Opposition Parties Protest PM Balendra Shah's Controversial Border Remarks in Parliament · K cha khabar