Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 10h ago

अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ। बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। यसअघि संसद्मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ ले चालु आर्थिक वर्षमा ३.८५ प्रतिशतको आर्थिक वृद्धि हुने र अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रक्षेपण गरेको थियो। अर्थमन्त्रीले यो बजेट आगामी पाँच वर्षको आर्थिक रूपान्तरणका लागि आधार तयार गर्ने गरी ल्याइएको बताउनुभएको छ।

Summary by Jayaman

12publishers
40headlines
1in last 24h
Span: 6d 2hNE onlyUpdated 10h ago
Covered by
+4
Broke on K cha khabarNepal Press logoNepal Press

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । बजेट सार्वजनिक गर्नु अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिन्छ ।

Coverage

39 more headlines since

first · 27 Maylatest · 10h ago
  1. 3–12 hours ago
    1. बजेट ऋणमा अत्यधिक निर्भर छैन : अर्थमन्त्री

      काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तत्कालीन आवश्यकता मात्र नभई आगामी पाँच वर्षको आर्थिक रूपान्तरणलाई आधार दिने गरी ल्याइएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा उहाँले बजेटले अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ […]

  2. Yesterday
    1. आगामी वर्ष १६ खर्ब राजस्व संलन गर्ने सरकारको लक्ष्य

      काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताए। उनले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन […]

    2. आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

      काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई

      Ratopati logoRatopatiPrivatestory40 publishers
    3. आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

      काठमाडौँ, जेठ १८ गते ।अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनुभएको छ । नेप...

    4. आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

      काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल गार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताए। उनले प्रक्षेपित कुल गार्हस्थ्य […]

    5. उपभोग बढाएर अर्थतन्त्र चलायमान बनाउने रणनीति

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उपभोग बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्।...

      Nagarik News logoNagarik NewsPrivateeconomy40 publishers
  3. Older
    1. ‘७ वर्षमा १५० खर्बको अर्थतन्त्र’

      काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटमार्फत नेपालको आर्थिक संरचनामा व्यापक रूपान्तरण ल्याउने रणनीतिक खाका तयार गरेको दावी गरेका छन् । बजेट सार्वजनिक गरेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले बजेट महत्वाकांक्षी नभएको र मध्यावधि समीक्षामार्फत बजेट संशोधन नहुने बताए । बजेटको […] The post ‘७ वर्षमा १५० खर्बको अर्थतन्त्र’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. अर्थमन्त्रीको प्रष्टीकरण– बजेट मात्रै ७ प्रतिशत आर्थिक वृद्धिदरको मुख्य आधार होइन

      १७ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको २० खर्ब रुपैयाँको बजेटले मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने भन्ने बुझाइ गलत भएको बताएका छन् । अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले नेपालको अर्थतन्त्र झन्डै ७० खर्ब रुपैयाँको रहेको उल्लेख गरे । साथै, सरकारको ध्यान २० खर्बको बजेटभन्दा पनि समग्र अर्थतन्त्रलाई विस्तार गर्ने लक्ष्यमा केन्द्रित […]

    3. बजेट सानो हो, महत्त्वाकांक्षी होइन : अर्थमन्त्री

      १७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको बताउँदै महत्वकांक्षी नरहेको दाबी गरेका छन् । बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वाञ्छित सीमाभित्र नै बजेट आएको बताए । बजेटलाई कुल गार्हस्थ उत्पादनको अनुपातसँग तुलना गरेर हेर्नुपर्ने उनले बताए । विगतमा कुल गार्हस्थ उत्पादनका आधारमा ३७ प्रतिशत […]

    4. अर्थमन्त्रीको दाबी : बजेट ठुलो र महत्त्वाकाङ्क्षी छैन, कुल ग्राहस्थ उत्पादनको तुलनामा सानो छ

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर आकार ठुलो र महत्त्वाकाङ्क्षी भएको भन्दै भइरहेको आलोचनाको खण्डन गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै यस्तो उनले दाबी गरेका हुन्

      Ratopati logoRatopatiPrivatestory40 publishers
    5. बजेट आधारभूत तहको पक्षमा छैन, पपुलिस्ट छ : अर्थविद्

      काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ल्याएको बजेट आधारभूत तहको पक्षमा नभएको र पपुलिजम भएको अर्थ विद्धहरूले बताएका छन् । बजेटपछि प्रतिक्रिया दिँदै अर्थविद्हरूले बजेटको आकार ठूलो भएको र विनियोजनको प्याटर्न पनि पुरानै भएको बताए । पूर्व अर्थमन्त्री तथा अर्थविद् डा युवराज खतिवडाले सरकारले ल्याएको बजेट मध्यमवर्गको हितमा आएको र […]

    6. सात प्रतिशतको आर्थिक वृद्धि, मुद्रास्फीति छ प्रतिशतमा सीमित गर्ने लक्ष्य

      काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सात प्रतिशतको आर्थिक वृद्धि र मुद्रास्फीतिलाई छ प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिएको छ । अर्थमन्त्री डा स...

    7. आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

      काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सहित बजेट पेस गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो अनुमान रहेको बताएका हुन्

      Ratopati logoRatopatiPrivatestory40 publishers
    8. आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत

      १५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने तथ्यांक कार्यालयले जनाएको छ । […]

    9. यस्तो थियो नेपालको पहिलो बजेट

      काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको बजेट आज संघीय संसद्को संयुक्त बैठकमा पेस गर्नेछन् । आर्थिक वर्षका लागि २० खर्बभन्दा बढीको

      Ratopati logoRatopatiPrivatestory40 publishers
    10. आज बजेट सार्वजनिक हुँदै, आकार २० खर्ब नाघ्ने, शिक्षक-कर्मचारीको तलब बढ्ने अनुमान

      काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ। बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले बताएका छन्। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम […]

    11. आज बजेट सार्वजनिक हुँदै: आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

      काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ। बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले बताएका छन्। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच […]

    12. आज आव २०८३/८४को बजेट आउँदै, नयाँ सरकारले ल्याउने बजेटमा सबैको उत्सुकता

      बुटवल । जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट गठित झन्डै दुई तिहाइको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । गत फागुन २१ मा

      Global Aawaj logoGlobal AawajPrivatearchives40 publishers
    13. राष्ट्रपतिलाई अर्थमन्त्रीले गराए बजेटबारे जानकारी

      भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेश गरेका आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि उनलाई हस्तान्तरण गरे ।

    14. अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई गराए बजेटबारे जानकारी

      काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिज्यूलाई जानकारी गराएका हुन् । भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा […]

    15. आर्थिक सर्वेक्षण: बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा चुनौती

      अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार अर्थतन्त्र मिश्रित दिशातर्फ उन्मुख भएको देखिन्छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics40 publishers
    16. अर्थतन्त्रको वास्तविक चित्र : जीडीपीको ९० प्रतिशतभन्दा बढी उपभोगमै खर्च

      काठमाडौँ । सरकारले बुधबार ‘आर्थिक सर्वेक्षण २०८२/८३’ सार्वजनिक गर्‍यो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम हरेक वर्ष

      Ratopati logoRatopatiPrivatestory40 publishers
    17. अर्थमन्त्री वाग्लेद्वारा आव २०८२/८३ को आर्थिक सर्वेक्षण राष्ट्रियसभा पेस

      काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण राष्ट्रियसभाको आजको बैठकमा पेस गरेका छन् । मन्त्री वाग्लेले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा सो सर्वेक्षण पेस गरेका थिए । आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर

      Ratopati logoRatopatiPrivatestory40 publishers
    18. देशभर ३४ हजारभन्दा बढी बालविकास केन्द्र सञ्चालन, विद्यार्थी संख्या घट्यो

      काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् भवन, सिंहदरबारमा बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रारम्भिक बालविकास तथा शिक्षाको क्षेत्रमा केही सकारात्मक तथा केही चुनौतीपूर्ण संकेतहरू देखिएको बताएका छन्। आर्थिक सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८१ मा देशभर ३४ हजार ११ वटा प्रारम्भिक बालविकास केन्द्र सञ्चालनमा रहेका छन्। ती केन्द्रमध्ये करिब ८०.५ प्रतिशत […]

    19. राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस : अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

      काठमाडौँ, जेठ १३ गते । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२र२०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्नुभएको...

    20. आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत

      काठमाडौँ । सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ,

      Ratopati logoRatopatiPrivatestory40 publishers
    21. आर्थिक सर्वेक्षण: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने, सार्वजनिक वित्तका सूचक मिश्रित

      काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ

      Global Aawaj logoGlobal AawajPrivatearchives40 publishers
    22. आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत

      काठमाडौं । सरकारले वार्षिक रूपमा सङ्कलन गर्ने राजस्वको ठूलो अंश सङ्घ सरकारबाट उठ्ने गरेको देखिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको एकीकृत राजस्व सङ्कलन ११ दशमलव चार प्रतिशतले वृद्धि भई रु १२ […] The post आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    23. ३४ खर्ब विदेशी विनिमय सञ्चिति, अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान

      काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्ततु गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए । उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र […]

    24. अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

      काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गरेका हुन् । उनले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहेका छन् । बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, […] The post अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    25. यस्ता छन् समग्र अर्थतन्त्रका सूचक

      काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । बुधवार प्रतिनिधिसभामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको सर्वेक्षणअनुसार विश्व अर्थतन्त्रमा

      Ratopati logoRatopatiPrivatestory40 publishers
    26. ६६ खर्बको अर्थतन्त्र: आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने सरकारी प्रक्षेपण

      काठमाडौं। विश्व अर्थतन्त्रमा व्याप्त अनिश्चितता र क्षेत्रीय द्वन्द्वकाबीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक सुधार देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मुलुकको बाह्य क्षेत्र मजबुत बन्दै

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives40 publishers
    27. फागुनसम्म सरकारी आम्दानी–खर्च ५८ अर्ब घाटामा

      अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

      Setopati logoSetopatiPrivatekinmel40 publishers
    28. आर्थिक सर्वेक्षण सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान

      काठमाडौँ, जेठ १३ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्‍को चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ ।आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त...

    29. नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च

      काठमाडौं । नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण पेस गर्दै यस्तो जानकारी दिएका हुन् । उक्त सर्वेक्षण अनुसार चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०.०३ रहने अनुमान गरिएको छ । कुल उपभोग निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ […]

    30. यस्तो छ आर्थिक सर्वेक्षण ०८२-८३ को प्रतिवेदन

      काठमाडौं– सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । मन्त्री वाग्लेले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतले वृद्धि हुने बताए । साथै, उनले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर देशको औसत आर्थिक वृद्धिदर […]

    31. चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसद्‌मा प्रस्तुत : अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान

      काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद्‌मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा

      Ratopati logoRatopatiPrivatestory40 publishers
    32. अर्थमन्त्रीले भने : पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको स्वीकार गरेका छन् । आर्थिक सर्वेक्षण २०८२/८३ सांसदमा सार्वजनिक गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् ।

    33. आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

      काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८/ ८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी

      Ratopati logoRatopatiPrivatestory40 publishers
Finance Minister Swarnim Wagle Presents 21.24 Trillion Budget for FY 2083/84 · K cha khabar