Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3d agolast: 7h ago

विपक्षीको अवरोध र घम्साघम्सीबीच प्रतिनिधिसभा नियमावली २०८३ बहुमतले पारित

प्रतिनिधिसभाको आइतबार राति बसेको बैठकले 'प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३' बहुमतले पारित गरेको छ। विपक्षी दलहरूको चर्को नाराबाजी, तोडफोड र मर्यादापालकहरूसँगको धक्कामुक्कीका बीच सभामुख डीपी अर्यालले उक्त प्रतिवेदन पारित भएको घोषणा गर्नुभएको हो। मस्यौदा समितिका सभापति गणेश पराजुलीले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव पारित हुनुअघि सदनमा सत्तापक्ष र प्रतिपक्षबीच पटक-पटक विवाद र अवरोध भएको थियो।

Summary by Jayaman

10publishers
22headlines
5in last 24h
Span: 2d 4hNE onlyUpdated 7h ago
Covered by
+2
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

प्रतिनिधिसभा बैठक बस्दै, नियमावली पारित गर्ने कार्यसूची

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची छ । सुरुमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीको मस्यौदामाथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि साुंदहरूले आफ्ना संशोधनसहितका धारणा राख्नेछन् । त्यसपछि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । यसबाहेक […]

Coverage

21 more headlines since

first · 3d agolatest · 7h ago
  1. 3–12 hours ago
    1. प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

      काठमाडौँ, जेठ १९ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त...

    2. प्रतिनिधि सभा बैठक बस्न ढिलाइ

      काठमाडौँ । मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ। बैठक साढे २ बजेसम्म पनि सुरु हुन नसक्नुको कारण संसद् सचिवालयले खुलाएको छैन। आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका

      Ratopati logoRatopatiPrivatestory22 publishers
    3. संसदको कार्यसूचीमा बजेटमाथि छलफल, अवरोध कायमै राख्ने विपक्षीको तयारी

      काठमाडौं । प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव

      Ratopati logoRatopatiPrivatestory22 publishers
  2. Earlier today
    1. प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

      काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल हुनेछ । संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार अर्थमन्त्री […]

    2. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १:०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ । बैठकको सुरुमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट

      Ratopati logoRatopatiPrivatestory22 publishers
  3. Yesterday
    1. प्रतिनिधिसभा नियमावली २०८३ आजको बैठकबाट कार्यान्वयनमा

      काठमाडौँ । विपक्षी दलहरूको बेल घेराउबिच आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित ‘प्रतिनिधिसभा नियमावली २०८३’ सोमबारको बैठकबाट कार्यान्वयनमा जाने भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले पारित भएको नियमावलीबाट आजको बैठक सञ्चालन हुने जानकारी दिए

      Ratopati logoRatopatiPrivatestory22 publishers
    2. प्रतिनिधि सभा नियमावली पारित

      काठमाडौँ, जेठ १८ गते । प्रमुख प्रतिपक्षी दलसहित प्रतिपक्षी दलहरूको अवरोध र रोस्ट्रम घेराउबिच प्रतिनिधि सभा नियमावली, २०८३ बहुमतले पारित भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेप...

  4. Older
    1. विपक्षीको विरोधबिच प्रतिनिधिसभा नियमावली पारित

      गोरखापत्र अनलाइनकाठमाडौँ, जेठ १७ गते । प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उक्त नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समि...

    2. प्रतिनिधिसभा नियमावली पारित

      काठमाडौँ– प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकबाट उक्त नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम […]

    3. पटक–पटकको अवरोधबिच कार्यसूची सम्पन्न, अर्काे बैठक भाेलि बस्ने

      काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको चर्को विरोध र अवरोधबिच सम्पन्न भएको छ । दिनभर चार पटक बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबिचको विवादले सदन पटक–पटक प्रभावित बनेको थियो । सभामुख डीपी अर्यालले बैठक सञ्चालन गरिरहँदा प्रतिपक्षी

      Ratopati logoRatopatiPrivatestory22 publishers
    4. संसद्‌मा विपक्षीको तीव्र तोडफोड र धक्कामुक्कीबीच ‘प्रतिनिधिसभा नियमावली प्रतिवेदन’ पारित

      काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूको तीव्र अवरोध, नाराबाजी र मर्यादापालकहरूसँगको चर्को धक्कामुक्कीका बीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पारित भएको छ। आइतबार राति ढिलोसम्म चलेको तनावग्रस्त बैठकमा सभामुख डीपी अर्यालले हुटिङ र लफडाकै बीच उक्त

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives22 publishers
    5. संसद्‌मा घम्साघम्सीबीच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित

      काठमाडौँ । आइतबार राति प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षबीचको धकेलाधकेलबीच प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको छ । विपक्षीले नाराबाजी गर्दै टेबुल फाल्दै विरोध गरे पनि सभामुख डीपी अर्यालले पेलेरै अघि बढाएको सदनमा प्रतिवेदन पारित भएका घोषणा गरे । मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरूले रोष्ट्रममा झम्टिएका थिए । […]

    6. प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित

      प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ । विपक्षी दलको विरोध र नाराबाजीका बीच आइतबार राति सभामुख डीपी अर्यालले मस्यौदा समितिका सभापति गणेश पराजुलीले निर्णयार्थ पेस गरेको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गरेका हुन् । अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न थालेदेखि नै विपक्षीले अवरोध सुरु गरेका थिए । तर सभामुखले जबरजस्ती बैठकको कारबाही अघि बढाएपछि सदनमा घम्साघम्सी भएको थियो

      Lokaantar logoLokaantarPrivatestory22 publishers
    7. राति ९ :४० मा बस्दै संसद्को तेस्रो बैठक

      १७ जेठ, काठमाडौं । राति ९ :४० मा बस्दै प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ । दिउँसो १ बजे सुरु भएको बैठक रातिसम्मै चल्यो । विपक्षी दलहरूको विरोधकाबीच प्रतिनिधिसभा नियमावलीमाथिको पारित गर्ने प्रक्रिया अगाडि बढेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । दोस्रो बैठकले विरोधकाबीच प्रतिनिधिसभा नियमावली पारित गर्‍यो । त्यसपछि सभामुखले कार्यसूचीमा भएका बाँकी विषय […]

    8. लफडाबिच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा (तस्बिरहरू)

      काठमाडौँ । आइतबार राति प्रतिनिधिसभा बैठकमा लफडाबिच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन्। साथै उनले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन्। मस्यौदा समितिका संयोजक गणेश

      Ratopati logoRatopatiPrivatestory22 publishers
    9. हंगामाकै बीच सभामुखले गरे प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित भएको घोषणा

      काठमाडौं । संसदभित्र हंगामाबीच सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित भएको घोषणा गरेका छन् । लगत्तै उनले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे । मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरुले रोष्ट्रममा झम्टिएका थिए ।

    10. सुरु भयो प्रतिनिधि सभा बैठक, विपक्षीको अवरोध कायमै

      काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि सुरु भएको हो । प्रतिनिधि सभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले

      Ratopati logoRatopatiPrivatestory22 publishers
    11. संसद् बैठक स्थगित

      काठमाडौँ, जेठ १७ गते । प्रतिनिधिसभाको बैठक विपक्षी सांसदको अवरोधपछि स्थगन भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप...

    12. प्रतिनिधिसभा बैठक सुरु, नियमावली पारित गर्ने कार्यसूची

      काठमाडौँ। प्रतिनिधिसभाको बैठक निर्धारित समयमन्दा २५ मिनेट ढिला सुरु भएको छ । सभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त प्रतिवेदनमाथि प्राप्त […]

    13. प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

      काठमाडौँ, जेठ १७ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुन...

    14. प्रतिनिधि सभा नियमावली आज पारित गर्ने कार्यसूची

      काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकबाट प्रतिनिधि सभा नियमावली पारित गर्ने कार्यसूची रहेको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची रहेको संघीय

      Global Aawaj logoGlobal AawajPrivatearchives22 publishers
House of Representatives Passes New Rules Amid Opposition Protest and Scuffles · K cha khabar