ठूलो संख्यामा कर्मचारी कटौती घोषणा गरेको केही दिनमै माइक्रोसफ्टको नाफामा भारी वृद्धि
टेक्नोलोजी जायन्ट माइक्रोसफ्टले आफ्नो एक चौथाइभन्दा बढी कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनपछि नै भारी नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । सेप्टेम्बर अन्त्यसम्मको तीन महिनाको अवधिमा कम्पनीको नाफा ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।सोमबार मात्रै कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अर्बौं डलर लगानी गरिरहेको भन्दै लागत घटाउन करिब ६० हजार कर्मचारीलाई 'बायआउट' (आर्थिक सुविधासहितको स्वैच्छिक अवकाश) को प्रस्ताव दिने बताएको थियो।अन्य टेक कम्पनीहरू जस्तै, माइक्रोसफ्टले पनि ए