ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्री खनालको चासो, मन्त्रीले बुझे दराजको साँचो
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनप्रति चासो देखाएका छन् । ईपीजीका नेपाली टोलीका पूर्वसंयोजक तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापासहितका सदस्यहरूले आज मन्त्री खनाल भेटेका थिए । सो क्रममा खनालले प्रतिवेदनप्रति चासो देखाएपछि थापाले मन्त्रालयमै प्रतिवेदन राखिएको दराजको साँचो हस्तान्तरण गरे। मन्त्री खनालले प्रतिवेदन अध्ययन गर्ने इच्छा व्यक्त गरेपछि साँचो हस्तान्तरण गरिएको ईपीजीका एक सदस्यले बताए । २०७२ सालमा नेपाल र भारतका प्