Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

38 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

स्थानीय निर्वाचन गैरदलीय बनाउन र विदेश रहेकालाई मतदान अधिकार दिन उज्यालोको माग

काठमाडौँ– उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ। सो पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा […]

व्यापार घाटा पाँच खर्ब ३२ अर्ब

काठमाडौँ- आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर पाँच खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। निर्यात वृद्धिदरमा सुधार आए पनि आयात निर्यातभन्दा बढी रहेकाले व्यापार घाटा बढेको हो। भन्सार विभागले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन, भदौ, असोजमा) वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार अघिल्लो आर्थिक […]

Yesterday

9

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठक काठमाडौँमा

काठमाडौँ- सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सीमा अपराध नियन्त्रण गर्ने तथा नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी), भारतबीच १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौँमा सुरु भएको छ। कात्तिक १३ गतेसम्म सञ्चालन हुने उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा […]

पार्टीमा अनुशासन भए जनताको आकर्षण फर्काउन सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढंगले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन्। पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथग्रहण गराउँदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू इस्तियाक […]

जातीय विभेद गर्नेलाई उन्मुक्ति नदिन मन्त्री बादीले गरिन् आईजीपीसँग छलफल

काठमाडौँ- जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा […]

एन्फाको ताला खोलियो, शुक्रबार कार्यसमिति बैठक बोलाउने घोषणा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको एन्फा कार्यालयको ताला खोलेका छन्। ठप्प रहेको नेपाली फुटबल क्षेत्रलाई पुनः चलायमान बनाउने भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले बुधबार सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन्। ताला खोलेपछि उनीहरूले शुक्रबार एन्फा कार्यसमिति बैठक बस्ने घोषणा गरेका छन्। एन्फाको विधानअनुसार एकतिहाइभन्दा बढी सदस्यले […]

स्विप अपरेसन चलाएर ९२ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर २४ घण्टाको अवधिमा ९२ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट ९२ जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी दानबहादुर थापाले बताए । पक्राउ परेका मध्ये ८४ पुरुष र ८ महिला छन् । अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न उच्छृङ्खल गतिविधि गर्ने […]

एसईई रजिस्ट्रेसनका लागि बोर्डले तोक्यो समयसीमा

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी गराउन रजिस्ट्रेसन फाराम भर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले नियमित माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने विद्यार्थीको रजिस्ट्रेसन फाराम भर्ने व्यवस्था मिलाउन सूचना जारी गरेको हो। सूचनाअनुसार विद्यालयहरूले […]

सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि भित्र्यायो श्रीलंकन अलराउन्डर थरिन्दू रथनायकेलाई

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका निम्ति श्रीलंकन अलराउन्डर थरिन्दू रथनायकेलाई अनुबन्ध गरेको छ । ३० वर्षीय रथनायके बायाँहाते ब्याटर हुन् । यसैगरी दायाँ र बायाँ दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका स्पिनरकाका रूपमा परिचित छन् । रथनायके श्रीलंकाका लागि चार टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ७७ रन बनाउनुका […]

कबड्डी ५ ले कति कमायो?

काठमाडौँ– फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले पाँच दिनमा ७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । तीन दिनमा यो सिनेमाले पाँच करोडको आकडा पार गर्दै पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यो चलचित्रले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पाएको छ । अधिकांश शो अग्रिम बुकिङमै हाउसफूल भइरहेका छन् । ‘कबड्डी’का […]

कति छ तरकारीको मूल्य?

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज पनि गोलभेँडा, काउली, घिरौँला, भन्टा, बोडी, भिन्डी, परबलसहित धेरैजसो तरकारीको भाउ घटेको छ। कतिपय तकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ […]

Himal Press logoHimal PressPrivate

Older

27

सुनचाँदीका गरगहना चोरी गर्ने ४ भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न ठाउँमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चारजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल […]

तिहारमा काठमाडौँ उपत्यकामा ५२ लाख वटा फूलका माला खपत हुने

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र […]

आनी छोइङको नियुक्ति प्रकरणमा कांग्रेस महामन्त्रीको प्रश्न- नियुक्ति नसच्याई नागरिकलाई तर्साउने?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध आवाज उठाउने नागरिकलाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गरिएको भन्दै आलोचना गरेका हुन्। ‘सरकारको यस्तो रबैयाको समर्थन गर्न सकिँदैन,’ उनले लेखेका छन्, ‘राति-राति […]

कमलसिंहको घातक बलिङमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडौँ- कमलसिंह ऐरीको घातक बलिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। जितको नजिक पुगेको विराटनगरलाई अन्तिम समयमा सम्हालिन नदिँदा चितवनले रोमाञ्चक जित दर्ता गर्‍यो। चितवनको जितमा कमलसिंह ऐरी नायक बने। उनले […]

तिहारमा सयपत्रीका ४५ लाख र मखमलीका ६ लाख माला खपत हुने

काठमाडौँ- आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा […]

गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का तथा राजस्व संकलनमा अनियमितता गरेको आरोपमा तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको ठेक्का तथा राजस्व संकलनमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ हानि पुर्‍याएको आरोपमा […]

संसदीय विशेष समितिले माग्यो बाढीको क्षति र राहतको वितरण

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटिय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसँग बाढी प्रभावित ४९ वडामा भएको क्षति र राहत वितरणको विस्तृत विवरण माग गरेको छ। समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित पालिका र वडास्तरमा वितरण गरिएको राहत र क्षतिको विवरण विना संसदीय अनुगमन प्रभावकारी नहुने भएकाले विस्तृत विवरण माग गरिएको बताए। समितिको […]

नेपाल–साइप्रस सम्बन्ध सुदृढ बनाउन उच्च शिक्षामा सहकार्य विस्तार गरिने

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच दुई देशबीचको सम्बन्ध, उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ। […]

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ रोजेको विराटनगरविरुद्ध चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। […]

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुक्रबार (कात्तिक १३) बस्ने भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम भने कात्तिक १२ गते तय गरिएको छ । त्यसको भोलिपल्ट पहिलो बैठक बस्न लागेको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार, नवनिर्वाचित सभापति गगनकुमार थापाले पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएपछि केन्द्रीय कार्यसमितिको पहिलो […]

रोजगार ठगीसम्बन्धी मुद्दाका फरार आरोपितहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाका फरार आरोपितहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडित नागरिकलाई न्याय दिलाउन यस्तो सूचना निकालिएको जनाएको छ । विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका यस्ता व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा […]

विराटनगर टस जितेर बलिङमा, चितवनको कप्तानी बोपारालाई

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा मंगलबार विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको चितवन राइनोज रवि बोपाराको कप्तानीमा खेलिरहेको छ। यसअघिका खेलमा चितवनको नेतृत्व गर्दै आएका कुशल मल्ल भने आजको खेलमा प्लेइङ ११ मा परेका छैनन्। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। टस हारेपछि […]

पाकिस्तानी खेलाडीलाई प्रतिव्यक्ति २५ हजार डलर मागिएको विषयमा के भन्छन् पारस?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका पाकिस्तानी खेलाडीलाई सहभागी गराउन प्रतिखेलाडी २५ हजार अमेरिकी डलर अतिरिक्त शुल्क मागिएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले समाधानका लागि पहल गरिरहेको जनाएको छ। मंगलबार सञ्चारकर्मीसँग क्यानका सचिव पारस खड्काले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) बाट एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने इमेल प्राप्त भएपछि प्राविधिक […]

थानकोटबाट बरामद गरेको चाँदीको यकिन परिमाण ६९ किलो रहेको पुष्टि

काठमाडौँ– प्रहरीले काठमाडौंको थानकोटबाट बरामद गरेको चाँदीको यकिन परिमाण ६९ किलो भएको पाइएको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले थानकोटबाट भन्सार छलीको चाँदीसहित भारतीय नागरिक अमन सर्राफलाई पक्राउ गरेको थियो । आवश्यक प्रक्रिया पूरा गरेस जोख्दा चाँदीको कुल परिमाण ६९ किलो पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । सो चाँदीको बजार […]

कुरिनटारमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किए, ११ जना घाइते

काठमाडौँ- चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। बिहान ८:४५ बजे सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा […]

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान, आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा रु तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो । मन्त्रालयले […]

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ । साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ […]

पोखरामा मापसे र लापसे गर्ने छ पक्राउ

पोखरा– पोखरामा मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारीसाधन चलाउने सातजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार पोखरा महानगरपालिका–३० पावरहाउस चोकमा पृथ्वीराजमार्ग भएर चल्ने सवारीसाधनका चालकलाई जाँच गर्दा सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौँडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा एकजना […]

एनपीएल ३ को उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै आउट

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सविरुद्ध १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

काठमाडौँ– नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो। निगमका निर्देशक […]

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले ३ दिनमा कति गर्यो कमाइ?

काठमाडौँ– फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत शुक्रबार रिलिज भएको यो सिनेमाले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पाएको छ । अधिकांश शो अग्रिम बुकिङमै हाउसफूल भइरहेका छन् । ‘कबड्डी’का अघिल्ला […]

एनपीएल हेर्न जाने दर्शकलाई प्रहरीको यस्तो अनुरोध

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सञ्चालन हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ क्रिकेट प्रतियोगितालाई सुरक्षित, मर्यादित एवं सुव्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रतियोगिताका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न, खेलाडी तथा दर्शकको सुरक्षा सुनिश्चित गर्न र खेलमैदानमा अनुशासन कायम राख्न विभिन्न सुरक्षा सतर्कता […]

रसुवा बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकता

रसुवा- नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए। उनका […]

कांग्रेस पदाधिकारीको शपथ बिहीबार

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रम आउँदो बिहीबार (कात्तिक १२) हुने भएको छ । कात्तिक १२ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ । […]

अर्थमन्त्री वाग्लेको अभिव्यक्ति गैरकूटनीतिक र राष्ट्रिय हितविपरीत : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ- पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्‍याउने खालको रहेको बताएका छन् । ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। उनले नेपालमा कहिल्यै पनि ‘भारत […]

कति छ तरकारीको मूल्य?

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थोलभेँडाको भाउ भने किलोको ३२ रुपैयाँ छ। त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८७, लोकल गाँजर ११०, लोकल बन्दा ४५, […]

Himal Press logoHimal PressPrivate

प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु

काठमाडौँ– नुवाकोटमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ। नागरिकता नहुँदा राहत, पुनस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ हुने भएकाले सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले आइतबार नुवाकोटको पिपलटारमा बसोबास गर्दै आएका उत्तरगया गाउँपालिका-१ का २०२ […]

Browse by publisher

37