Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

24 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

सांसदका स्वकीय सचिवको तलब र भत्ता वृद्धि गर्ने विषयमा उदार छौं : अर्थमन्त्री

अब यो हामी तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौं,’ उनले भने ।

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

१ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ को संशोधन अपरिहार्य रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा उक्त विधेयकमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले परिवर्तनशील आर्थिक परिवेश र प्रविधिको विकासका आधारमा ऐन परिमार्जन गर्न लागिएको स्पष्ट पारेका […]

कृषि र वन क्षेत्रका समस्याको समाधानका लागि कानुनी र नीतिगत सुधार प्राथमिकतामा : मन्त्री चौधरी

१ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रमा विद्यमान समस्याहरूको दीर्घकालीन समाधानका लागि कानुनी र नीतिगत सुधार मन्त्रालयको मुख्य प्राथमिकतामा रहेको बताएकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकमा मन्त्रालयको प्रगति र आगामी कार्ययोजनाबारे धारणा राख्दै उनले यस्तो बताएकी हुन् । मन्त्री चौधरीले […]

Earlier today

1

अनशनबाट सोनम वाङचुकले भने- म जसरी पनि २० जुलाईसम्म जीवित रहनेछु

जन्तर मन्तरमा अनशन गरिरहेका पर्यावरण कार्यकर्ता सोनम वाङचुकले आफ्नो अनशनको २०औं दिनमा आफ्ना समर्थक एवं शुभचिन्तकहरूलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा वाङ्‍चुकले आफू बाहिरबाट जतिसुकै कमजोर भए पनि भित्रबाट धेरै बलियो भएको बताएका छन् । सोनम वाङचुकले भने, ‘म बाहिरबाट जतिसुकै कमजोर भए पनि भित्रबाट धेरै बलियो छु। मलाई आशा छ तपाईंहरू पनि भित्र र […]

Yesterday

3

यस्तो छ सांसदका स्वकीय सचिव नियुक्तिको फारम

३२ असार, काठमाडौं । सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने भएका छन् । यसका लागि सांसदहरूले स्वकीय सचिव नियुक्त गरेर त्यससम्बन्धी फारम भरेर संसद् सचिवालयमा बुझाउनुपर्छ । संसद् सचिवालयले ‘स्वकीय कर्मचारी र परिचारक नियुक्तिका लागि भर्नुपर्ने फारम विवरण’ वेबसाइटमै राखेको छ । जसअनुसार सांसदहरूले संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर फारम भर्नुपर्छ । जसमा संघीय संसदका पदाधिकारी […]

सांसदहरूले आफैं स्वकीय सचिव नियुक्त गरेर संसद् सचिवालयलाई जानकारी दिए पुग्ने

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने सम्बन्धी मन्त्रिपरिषद्को निर्णय संसद् सचिवालय पुगेको छैन ।

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

३२ असार, काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन् । ‘पहिले जे व्यवस्था थियो त्यसअनुसार हुने गरी निर्णय भएको छ,’ उनले भनिन् । विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए । तर, यो सुविधा सुशीला […]

Older

17

साउन १४ सम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ ।

सरकारको १०० दिन सुशासनका दृष्टिले सकारात्मक : सांसद खरेल

सरकारको गति सुस्त भएको र अपेक्षित परिणाम नआएको जनगुनासोका सम्बन्धमा टिप्पणी गर्दै सांसद खरेलले जनताको धैर्यता र सुझावलाई आफूले सम्मान गर्ने बताए ।

संसद्ले गर्‍यो अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि अनुमोदन

प्रतिनिधिसभाले श्रम संगठनको बाध्यकारी श्रम महासन्धि अनुमोदन गरेको छ ।

महन्थ ठाकुरले दिए प्रधानमन्त्री बालेनलाई ‘हिटलर’ को संज्ञा

३१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरे । ठाकुरले सरकारले जनतालाई दिएका कुनैपनि आश्वासन पूरा नगरेको दाबी पनि गरे । ‘यो सरकारले […]

कानुनको पुनरावलोकन तथा सुधारका लागि उच्चस्तरीय सुधार समिति गठन गर्छौं : मन्त्री गौतम

३१ असार, काठमाडौं । सरकारले प्रचलित कानुनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्चस्तरीय कानुन सुधार समिति गठन गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै यसबारे जानकारी गराएकी हुन् । आगामी आर्थिक वर्षलाइए ‘कानुन सुधार तथा निर्माण वर्ष’का रुपमा घोषणा गर्दै उनले प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण […]

मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सांसद अधिकारीको माग

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले न्यायका लागि विपन्न नागरिक पटक–पटक सडकमा आउन बाध्य हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार, ९ बुँदे कार्ययोजना तयार

३१ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची बुधबार संघीय संसदमा बुझाएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानुन सुधार र निर्माणको वर्षका रुपमा घोषणा गर्ने निर्णय गरेको हो । कानुन मन्त्री […]

हरित इलाम हिलोमय भयो– सचेतक राई

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले सास्ती भोग्नुपरेको बताएका हुन् । उनले ‘हरित नगरी’ का रूपमा चिनिने इलाम अहिले सडकको दुरावस्थाका कारण हिलोमय’ भएको टिप्पणी […]

नागरिकका समस्या समाधानमा सरकार असफल : झक्कु सुवेदी

३१ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा असफल भएको आरोप लगाएका छन् । सभाको बुधबारको बैठकमा बोल्दै नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुमवासी समस्या समाधानमा सरकार असफल भएको आरोप लगाए । २९ असारमा कान्तिपुर मिडिया हाउस, अनलाइनखबर र हिमालय टेलिभिजनका साथै […]

सरकारले आतंक सिर्जना गरेर शासन गर्न खोज्यो : कमला पन्त

राष्ट्रिय सभाको बैठकमा बोल्दै पन्तले सरकारले सुशासनको नाममा मुलुकमा आतंक सिर्जना गरेको र प्रतिपक्षी नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाइन् ।

संसद्‌को पनि सय दिनको समीक्षा गरौँ : सांसद आचार्य

सत्तारुढ रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले प्रतिनिधिसभाको पनि सय दिनको समीक्षा गर्न प्रस्ताव गरेका छन् ।

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

सीमा विवादबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म विरोध कायम राख्छौं : शाही

३१ असार, काठमाडौं । सीमा विवादबारेको अभिव्यक्तिउपर उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएसम्म संसद्मा विपक्षीको विरोध कायम रहने भएको छ । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस्तो बताएका हुन् । ‘सम्मननीय प्रधानमन्त्री बालेन शाह बालेनले नेपाल र भारतको सीमा सम्बन्धी दिएको अभिव्यक्तिका बारेमा सरकारले स्पष्ट धारणा संसद्मा पेश गर्नुपर्छ । त्यो नहुन्जले प्रतिपक्षको तर्फबाट […]

उपसभामुख रुवी कुमारी चीन प्रस्थान

३१ असार, काठमाडौं । उपसभामुख रुवी कुमारी चीन प्रस्थान गरेकी छन् । उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची शहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागि सहभागी हुन चीन गएकी हुन् । बिहान १०:४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत् उनी चीन गएकी हुन् । प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव […]

एलपी ग्यासको वितरण व्यवस्थित बनाउन सरकारलाई संसदीय समितिको ध्यानाकर्षण

३१ असार, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । बुधवार आयोजित समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति शृंखलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण […]

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक, संसद्को विजनेशबारे छलफल हुने

३१ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । सवा १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा संसद्को विजनेशबारे छलफल हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएपछि बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि सरेको छ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, […]

सर्‍यो प्रतिनिधिसभा बैठक

३१ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् । उनका अनुसार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले सभामुखले सभाको बैठक आजै दिउँसो १ बजे बस्ने […]

Browse by publisher

37