Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

18 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

८ घण्टा वार्तापछि मिटरब्याज पीडितसँग सहमति, ७ बुँदे सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतिमा पुगेको छ । केहीबेरमा ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षरको तयारी भएको वार्तामा सहभागीले बताएका छन् । सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारीसहित आज बिहानदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता जारी थियो । यसअघि हिजो […]

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल(एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना लागि आवश्यक सहयोग पु¥याउने बताए । उनले तीन वटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल […]

Earlier today

2

करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय

आगामी दिनमा करारमा नियुक्ति गर्दा पालना गर्नुपर्ने न्यूनतम सेवा शर्त, सुविधा र करार अन्त्य गर्दा उपलब्ध गराइने सुविधाका सम्बन्धमा उपयुक्त विकल्प सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

मिटरब्याजपीडित र सरकारबीच सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित […]

Yesterday

8

संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संविधान संशोधनका लागि अब १–२ दिनमै बहसपत्र ल्याउने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङ र राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीसँगको भेटमा प्रधानमन्त्रीले बहसपत्र ल्याउन लागेको जानकारी गराएका हुन्। भेटका क्रममा संविधान संशोधनको बहसपत्र, स्थगित स्वास्थ्य बिमा कार्यक्रम, कृषि मल आपूर्ति तथा सुकुम्वासी व्यवस्थापन […]

मिटरब्याज प्रभावितसँग वार्ता गर्न सरकारले पनि बनायो समिति

काठमाडौं । सरकारले मिटरब्याज प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव पुष्कर सापकोटाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेछन्।

प्रधानमन्त्रीलाई लिङदेनले भने- सरकारले गणतन्त्र र संघीयता उल्टाउन खोजेको भए राप्रपाले सहयोग गर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन शाहलाई भेटेर सरकारले गणतन्त्र र संघीयता उल्टाउन खोजेको भए सहयोग गर्ने बचन दिएका छन् ।

प्रधानमन्त्री वालेनलाई भेट्न सिंहदरबार पुगे राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेका छन् । लिङ्देन शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा छलफल भएको छ । ​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं […]

महिला उद्यमीसँग प्रधानमन्त्रीले भने- उद्यमशीलता विकासका लागि सरकारले सहयोग गर्छ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँगको छलफलमा महिला उद्यमीहरूका सबै व्यवधान हटाउन सरकार जुटिरहेको र उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण मिलाउने जानकारी गराए। छलफलमा महासङ्घका प्रतिनिधिहरूले निर्धक्कसँग […]

उपभोक्ताको हकहित संरक्षणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ताको हक हित संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई भेटेर अभियानको टोलीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न सुझावसहितको ध्यानाकर्षण गराएको हो । अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले उपभोग्य वस्तु र सेवा क्षेत्रको सार्थक र प्रभावकारी अनुगमन गरी आम उपभोक्ताको हित संरक्षण […]

प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज महिला उद्यमीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्दै छन्। केही समयपछि हुने उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । उनका अनुसार छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, […]

नेपालमा लगानी बढाउन मन्त्री यादवको आग्रहपछि अमेरिकी राजदूतले के भने ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको छलफलमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा छलफल भएको जनाइएको छ। भेटका क्रममा मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा […]

Older

6

अनेरास्ववियु अध्यक्ष धामीसहित पक्राउ परेकालाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले जनसरोकारका मुद्दा उठाएर सिंहदरबार गेट अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुलुकमा व्याप्त आकाशिदो मूल्यवृद्धि, सुकुम्वासी नागरिकहरूमाथिको अत्याचार र शृङ्खलाबद्ध राज्य आतङ्कका विरुद्ध प्रदर्शन हुँदा सरकारले बर्बर दमन गरेको एमालेको आरोप छ । महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार आफैँले […]

आफूले नजितेका जिल्लामा कांग्रेसले सांसदहरूलाई दियाे जिम्मेवारी, कुनमा को ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी दिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्वाचित जिल्लाबाहेक अन्य जिल्लामा कार्यादेश सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले बताइन्। जिल्लामा खटेका सांसदहरूले हरेक ३ महिनामा वस्तुस्थितिबारे प्रतिवेदन बुझाउनुपर्ने निर्णय भएको समेत बताइन्। कसलाई […]

उपभोक्ताले सहजै ग्यास पाउने व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव रोक्दै सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले एलपी ग्यासको भण्डारण क्षमता […]

आज पनि सिंहदरबारमा करारका कर्मचारीको धर्ना जारी (तस्बिरहरु/भिडिओ)

सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्।

सिंहदरबार गेटमा आज पनि बिनुको लडाईं- प्रहरीले घिसार्दै पन्छायो

काठमाडौं । सिंहदरबार गेटमै धर्ना बसेकी एक महिलालाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ । आफूलाई घरायशी हिंसा पीडित बताउने बिनु यादव तीन दिनदेखि देशको प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा धर्ना दिइरहेकी छन् । गत सोमबार बिनु र अर्की ‘पीडित’ निहारिका राजपूत सिंहदरबार प्रवेश गर्न खोज्दा गेटमा रोकिएका थिए । भित्र जाने पास भएर पनि प्रहरीले […]

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनक्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

काठमाडौँ । सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका ६ नेता तथा कार्यकर्ता पक्राउ गरेका छन् । राज्य आतंक बढेको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । अनेरास्ववियुका अध्यक्ष दिपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य बिशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, […]

Browse by publisher

37