Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

33 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

सरकारमा विदेशीको सहयोग नलिई आफैँ गर्छौँ भन्ने अहंकार देखियो : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन्। जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताएका हुन्। विपद्बाट भएको मानवीय तथा […]

आज यी सडक पूर्णरूपमा अवरुद्ध छन्

काठमाडौँ- बाढी पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ। रसुवामा उत्तरगया गाउँपालिका–४ स्थित त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटमा बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। […]

Earlier today

1

भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा १५ करोड सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले रु […]

Yesterday

10

एक यात्रामा देखिएको विपत्तिको त्यो त्रासदी

भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्‍याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन। सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो […]

भोटेकोशी बाढी हिमताल विष्फोट भएर निम्तिएको भयानक प्रलय : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य नभई हिमताल विष्फोट भएर निम्तिएको भयानक प्रलय भएको बताएका छन्। शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भदौ २३ र २४ गतेपछिको देशको राजनीतिक परिस्थिति जटिल र संशयपूर्ण रहेकै बेला आएको बाढीले सिङ्गो देश र विश्व समुदायलाई नै स्तब्ध […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख […]

नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढ्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अंकले बढेर ४५३ दशमलव ९२ मा पुगेको छ। फ्लोट सूचक एक दशमलव ८८ अंकले […]

संयुक्त राष्ट्रसंघमा नेपालले जलवायुको असरबारे जानकारी गराउने

काठमाडौँ- नेपालले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिए। प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा […]

परराष्ट्रमन्त्री खनालसँग अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटका अवसरमा कार्यवाहक राजदूत बोल्डिनले भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन्। उनले बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई […]

बाढी प्रभावित क्षेत्रमा सात स्वास्थ्य टोली परिचालन, होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौँ- महामारी तथा सम्भावित रोगको प्रकोप नियन्त्रणका लागि सरकारले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा सातवटा स्वास्थ्य टोली परिचालन गरेको छ। झाडापखाला तथा हैजाको जोखिमलाई दृष्टिगत गर्दै नुवाकोटमा ८० हजार ५ सय २३ र रसुवामा २१ हजार ६ सय डोज गरी एक लाखभन्दा बढी डोज पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य […]

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका समकक्षी क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए। उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति […]

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ- सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका-२ र ४ नम्बर वडाको हुङ्गा खोलामा पहिरो खसेको हो। गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो […]

नेपाली सेनाले बनायो ७२ घण्टामै देवीघाटमा एक्रोब्रिज, गल्छी-रसुवागढीमा यातायात सञ्चालन

नुवाकोट- यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो। बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’नै टुट्यो। भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे। एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको […]

Older

20

रसुवा बाढीको पछिल्लो अपडेटमा एक हजार ३८५ शव फेला

काठमाडौँ- भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेलापरेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। नेपाल […]

पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताएका छन्। बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न बिहीबार नुवाकोट पुगेका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण सरकारले स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१ औँ महसभामा आगामी असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने प्रनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो। यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू : संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा असोज ६ देखि १० गतेसम्म हुने […]

बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब रुपैयाँ खर्च लाग्ने आकलन

काठमाडौँ- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार […]

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन रास्वपाको माग

काठमाडौँ- रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम भइरहेको बताएका छन्। महाविपद्को क्षति ठूलो भएकोले अझै काम प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ। भेटिएका शवहरूको तत्काल डीएनए परीक्षण र पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोत साधनसहित प्रभावकारी पहल गर्न माग गरे। उनले भने, ‘विपद् पश्चात्को […]

भोटेकोशी बाढी : नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सद्वारा १० लाख ५१ हजार रुपैयाँ सहयोग

काठमाडौँ- भोटेकोशी बाढीपीडितका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ। कम्पनीका महाप्रबन्धक जगतबहादुर खड्काले […]

सुरुङभित्र मानिसको दोहोरो आवाज सुनिएको जानकारी आएको छ : श्रीराम न्यौपाने

काठमाडौँ- गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता हुनेको खोजी कार्य र उद्धार जारी छ। विशेष खोला आसपासका हाइड्रोपावरमा जीवित व्यक्ति भेटिने आशमा निरन्तर सरक्षा निकायले खोजी कार्य जारी राखेको छ। इन्जिनियर एवं प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेका अनुसार आज पनि सुरुङभित्र भित्रबाट मानिस बोलेको सुनिएको छ। न्यौपानेले हाइड्रोपावरको नाम नखुलाए पनि करिव १०५ […]

सरकारले १२ अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह बनाउने

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ। मन्त्रालयले देशका विभिन्न १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ । कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर […]

राहत कोषमा उठ्यो १२ अर्ब ४३ करोड रुपैयाँ, डलर खातामा दुई करोड १६ लाख डलर संकलन

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ । कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ […]

उपसभामुखले एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने, उद्धार कोषमा पठाउन दिइन् निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन्। उपसभामुख रुवीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग […]

किन बोलाए बालेनले मन्त्रिपरिषद् बैठक?

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ‘भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ’, प्रधानमन्त्री कार्यालयले भनेको छ, ​‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले […]

हर्क साम्पाङमाथि शेरधनले आरोप लगाएपछि श्रम संस्कृतिका प्रदेश अध्यक्षले फर्काए जवाफ

काठमाडौँ- श्रम संस्कृति पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा ९एमाले०का सचिव शेरधन राईलाई राजनीतिक रूपमा सामना गर्न चुनौती दिएका छन्। केही दिनअघि पूर्वमुख्य मन्त्री शेरधन राईले एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पक्षमा लागेका आदिवासी समुदायका मानिसहरूलाई लक्षित गर्दै ‘कम चेतना नभएका आदिवासीहरु हर्क साम्पाङको पछि लागेको अभिव्यक्ति […]

पोखराका सेती बाढीपीडितले पनि पठाए रसुवा बाढीपीडितलाई ७ लाख ९३ हजार ७७५ सहयोग

कास्की- सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको […]

कालिमाटी तरकारी व्यवसायीले बाढीपीडितलाई दिए साढे ८ लाख ५४ हजार ३ सय रकम

काठमाडौँ- रसुवा बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि कालिमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले साढे ८ लाख ५४ हजार ३ सय सहयोग रकम दिएका छन्। रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीले कृषिमन्त्री गिता चौधरीलाई रकम बुझाएका हुन्। यसअघि पनि उनीहरूले प्रभावित परिवारका लागि ९० बोरा आलु, ३० […]

टेलिकमले संस्थारूपमा बाढीपीडितलाई दियो १० करोड, कर्मचारीबाट २ लाख २६ हजार ६६ रुपैयाँ

काठमाडौँ- भदौ १० को भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावितको लागि नेपाल टेलिकमले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १० करोड (दस करोड रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरेको छ। सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त […]

मुख्य सडक नै अवरुद्ध, कुनकुन राजमार्गमा चल्छन् त गाडी? हेर्नुस्

काठमाडौँ- बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । काभ्रेको खुकुर्ट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर […]

भोटेकोशी बाढीमा ललितपुरका मात्रै हराए १५७ जना, ९ जना भेटिए

ललितपुर- रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा परी १५७ जना अझै सम्पर्कविहीन छन्। उनीहरुको जनाको खोजी कार्य जारी छ। सम्पर्कविहीन भएकामध्ये नौ जना भेटिएका छन्। भेटिनेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार एक सय १५ पुरुष, ३९ महिला र तीन बालकको खोजी कार्य […]

‘हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ, गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,’

काठमाडौँ- भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ। बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ। ‘हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ १ गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,’ सम्पर्कविहीन पतिका […]

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए। चीन सरकारको विशेष […]

होटल बाराही ग्रुपले दियो २० लाख ५५ हजार

पोखरा- रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटल बाराही ग्रुपले आर्थिक सहयोग गरेको छ। विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लेकसाइडस्थित होटल बाराही ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख ५५ हजार ८१५ रुपैयाँ सहयोग गरेको हो। बैंकमार्फत कोषमा रकम दाखिला […]

Browse by publisher

37