Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्य उत्कृष्ट

३१ असोज, काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका क्रममा समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ । सडक र पुल भत्किएर आवागमन ठप्प भएका तथा प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धारमा चुनौती थपिएका क्षेत्रमा प्रविधिको उपयोग गर्दै सेनाले विपद् […]

1–3 hours ago

1

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्नीको सहारा

३१ असोज, खोर्लाबेसी (गोरखा) । बूढीगण्डकी बाढीले पुल बगाएपछि केरौजावासीका लागि तार र घिर्नीको सहाराबाट खाद्यान्न ढुवानी गरिएको छ । गाउँमा खाद्य संकट हुन नदिन स्थानीय जुगाड गरिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘बाढीले खोर्लाबेसी र केरौजावेशी जोड्ने झोलुङ्गे पुल बगाएदेखि केरौजावेशीमा खाद्यान्न ढुवानी हुन सकेको छैन,’ उनले भने, ‘खाद्य संकट हुनसक्छ भनेर […]

Yesterday

5

एनएसएल अनिश्चित भएपछि कसरी जन्मियो एनएफएल?

३० असोज, काठमाडौं । गत ३ जेठमा तामझामका साथ चौथो संस्करणको नेपाल सुपर लिग -एनएसएल) को घोषणा भयो । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले २० भदौबाट नयाँ मोडालिटीका साथ प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको थियो । तर, घोषित मितिमा लिग हुन सकेन । त्यसपछि पनि लिग कहिले हुने भन्ने स्पष्ट छैन । […]

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन समितिको निर्ष्कष : जीर्ण र जोखिमयुक्त संरचना हटाऊ

रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन गर्न गठित अध्ययन समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जीर्ण र जोखिमयुक्त विद्युतीय संरचना हटाउन सुझाव दिएको छ ।

फागुन १ गतेदेखि नेपाल फुटबल लिग गर्ने घोषणा

३० असोज, काठमाडौं । आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो । नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङ बताए । लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा […]

जापानी खानाको स्वाद दिलाउन सौराहामा खुल्यो होक्वाइदो

३० असोज, चितवन । सन् २०१९ मा नेपालमा सुरु भएको होक्काइदो समूहले आफ्नो सात वर्षको यात्रामा दशौँ शाखाका रूपमा होक्काइदो रामेन हाउस सौराहामा अघि बढाएको छ। काठमाडौं र पोखरापछि चितवनको सौराहामा विस्तार भएको समूहले स्थानीय होटल तथा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापक, पर्यटनकर्मी र सञ्चारकर्मीको उपस्थितिमा जापानी खानाको स्वाद चखाउने तथा सुझाव आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको […]

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

३० चितवन, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ । अस्पतालका […]

Older

6

होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

२९ असोज, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ। विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो। चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, […]

चितवन निकुञ्ज घुम्न अनलाइनबाटै टिकट

पर्यटकहरुको अनलाइन टिकट काट्ने भन्दै प्रकृया सुरु गरेको झण्डैं ३ बर्ष पछि चितवन राष्ट्रिय निकुञ्जले अनलाइन टिकट काट्ने काम आजदेखी सुरु गरेको छ ।

नारायणी नदीमा खुट्टा धुन गएका आमा-छोरा बेपत्ता, छोरीको उद्धार

नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन् ।

धादिङमा राजमार्ग लक्षित १७ होटलको स्तर निर्धारण : १४ वटालाई पहेँलो स्टिकर, २ मात्र उत्तम

२९ असोज, काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालनमा रहेका धादिङ राजमार्ग छेउका होटल तथा रेस्टुरेन्टको अनुगमन र स्तर निर्धारण गरिएको छ । यात्रुलाई खाजा र खाना खुवाउने क्रममा होटलले सरसफाइमा ध्यान नदिएको, बासी तथा झिँगा भन्केका न्यून गुणस्तरका खाना उपलब्ध गराएको र अत्यधिक मूल्य असुल गर्ने गरेको जनगुनासो बढेपछि सरकारले अनुगमन […]

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

२९ असोज, चितवन । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा […]

चितवनको जुगेडीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

२८ असोज, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो। […]

Browse by publisher

37