
कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास भर्न थालियो
काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि राजधानीमा आपूर्ति हुने एलपी ग्यास राजधानी बाहिरका उद्योगमा भरेर काठमाडौं लैजान थालिएको छ। नेपाल आयल निगमले ग्यास उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएपछि उपत्यका र छिमेकी जिल्लाका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगसँग समन्वय गरेका छन्। नेपाल एलपी ग्यास उद्योग […]
























