कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले आफैंसँग राखे मन्त्रालयको जिम्मेवारी
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को नियम ४ को उपनियम (२) बमोजिम मन्त्रालयहरूको कार्यभार हेरफेर गरी मन्त्रिपरिषद्को कार्यविभाजन निर्धारण गरेका हुन् ।नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रा