कुरियरबाट ल्याइएको एक किलो गाँजासहित दुई जना पक्राउ
अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका अनुसार उनीहरूलाई विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानका क्रममा पक्राउ गरिएको हो। प्रहरीले कात्तिक १० गते कुरियरमार्फत आएको शङ्कास्पद सामग्री जाँच गर्दा गाँजा फेला पारेको जनाएको छ।पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। गाँज