Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 38 publishers

Unfiltered, reverse-chronological feed direct from 38 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

5

नेपालले मलेसियालाई विशाल अन्तरले हरायो, समूह विजेता बन्दै सेमिफाइनलमा

सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले बिहीबार खेलिएको खेलमा मलेसियालाई एक सय ६७ रनले हरायो ।जितसँगै नेपाल चार अंकसहित समूह ‘ए’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, नेपालले आफ्नो पहिलो खेलमा चीनलाई दुई सय २१ रनले हराएको थियो ।मलेसिया पनि दुई अंकसहित समूह उप–विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । लगातार दुई हारसँगै चीन भने यसअघि नै उपाधि होडबाट बाहिरिएको छ ।नेपाल र मलेसिया सेमिफाइनल

Lokaantar logoLokaantarPrivatestory82 publishers

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः शुरू

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको रोकिएको काम पुनः शुरू भएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए । रङ्गशाला निर्माणको काम हिमालयन कालिञ्चो

Lokaantar logoLokaantarPrivatestory7 publishers

कुशलको शतक र आसिफको अर्धशतकसँगै नेपालले मलेसियालाई दियो २७६ रनको कीर्तिमानी लक्ष्य

सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई जितका लागि दुई सय ७६ रनको विशाल लक्ष्य दिएको छ ।नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै बनाएको यो नै सर्वाधिक रन पनि हो ।यसअघि नेपालले सन् २०२२ को अप्रिल २ तारिखमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय २३ रन बनाएको थियो । बिहीबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनाए

Lokaantar logoLokaantarPrivatestory9 publishers

कुशलको कमालको ब्याटिङ, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक

नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।उनले सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध शतक बनाएका हुन् ।उनले ४४ बलमा सात छक्का र १० चौकाको मद्दतले शतक पूरा गरेका हुन् । २९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो शतक हो ।यही प्रतियोगिताको चीनविरुद्धको खेलमा पनि उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका

Lokaantar logoLokaantarPrivatestory8 publishers

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाए १५ औं अर्धशतक

नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को अर्धशतक बनाएका छन् ।उनले सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध अर्धशतक बनाएका हुन् ।उनले २५ बलमा दुई छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । २९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५ औं अर्धशतक हो ।यही प्रतियोगिताको चीनविरुद्धको खेलमा उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका हिर

Lokaantar logoLokaantarPrivatestory36 publishers

Earlier today

2

लगातार दोस्रो जितसँगै नेपाल तालिकाको पहिलो स्थानमा, भुटानलाई ५१ रनले हरायो

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।बिहीबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ५१ रनले हरायो । यसअघि, बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १३ रन बनाएको थियो ।जवाफी ब्याटिङमा ओर्लिएको भुटानको टोलीले भने निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो ।भुटानलाई लक्ष्यसम्म पुग्न नदि

Lokaantar logoLokaantarPrivatestory26 publishers

नेपाल आज मलेसियासँग भिड्दै, समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लक्ष्य

सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले मलेसियाको सामना गर्दैछ ।नेपाल र मलेसियाबीचको खेल १२:१५ बजे शुरू हुनेछ । नेपाल, मलेसिया र चीन प्रतियोगिताको समूह ‘ए’मा छन् । चीन लगातार दुई हारसँगै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।नेपाल र मलेसिया भने सेमिफाइनलमा स्थान पक्का गर्दै आगामी एसियाली खेलकुदमा समेत छनोट भइसकेका छन् ।प्रारम्भिक चरणको यो अन्तिम खेलले समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने छ । नेपाल र मलेसियाबीचको खेलमा विजय

Lokaantar logoLokaantarPrivatestory82 publishers

Yesterday

1

एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालसामु निरीह बन्यो कतार

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ ।प्रतियोगिताको पहिलो दिन बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुनुअघि ७६ रन बनायो ।जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १०.५ ओभरमै केवल दुई विकेट गुमाएर ७८ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।नेपाली टोलीको जितमा ओपनर विन्दू रावलले ३३ रनको योगदान गरिन् । उनले ३० बलको सामना गरी चार चौका पनि हिर्काइन् ।तेस्रो नम्बरमा क्

Lokaantar logoLokaantarPrivatestory26 publishers

Older

1

एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल बुधबार कतारसँग भिड्दै, एसिया कप छनोटको लक्ष्य

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा बुधबारदेखि मलेसियामा शुरू हुँदैछ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बुधबार नै कतारसँग खेल्दैछ ।नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ बजे शुरू हुनेछ । यो एसीसी महिला टी–२० एसिया कपको छनोट प्रतियोगिता पनि हो ।प्रिमियर कपमा १८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।नेपाल र कतार प्रतियोगिताको समूह ‘डी’मा परेका छन् । यो समूहमा भुटान र हङकङ पनि छन् । प्रतियोगिताको समू

Lokaantar logoLokaantarPrivatestory26 publishers

Browse by publisher

38