रविले भेटे भारतका गृहमन्त्री शाह
उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए ।
Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.
उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए ।
रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नविनबीच भएको आजको भेटमा दुई देश र पार्टीबीच सम्बन्ध मजबुत बनाउनेबारे कुरा भएको हो ।
१९ जेठ, काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई स्वागत गरेको छ । संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कर प्रणालीमा सरलीकरण, एआई तथा डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकता दिइएको भन्दै महासंघले स्वागत गरेको छ । बजेटले स्वदेशी […]
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गरेका छन् । बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । सभापति लामिछाने भाजपाको निमन्त्रणामा हिजो भ्रमणमा गएका थिए । उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो । उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट […]
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगले बागमती र मधेशका विभिन्न पालिकाको अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । बागमतीमासिन्धुपाल्चोक र मधेशमा सप्तरी, सिराहा, महोत्तरी र धनुषाका विभिन्न पालिकाको अधिवेशन रोक्न निर्देशन जारी गरिएको हो । बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र विवाद भएका अन्य स्थानको अधिवेशन रोक्न भनिएको छ । […]
पाँच दिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेको उनको सचिवालयस्रोतले जानकारी दिएको छ ।
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आयोगको सदस्यमा पाँच जना मनोनीत गरेका छन् । उनले मंगलबार प्रदेशगत रूपमा पाँच जना मनोनीत गरेका हुन् । जसमा कोशी प्रदेशबाट नारायण प्याकुरेल, मधेश प्रदेशबाट कुमार आनन्द मिश्र, बागमती प्रदेशबाट सुमित्रा पण्डित, गण्डकी प्रदेशबाट राम गुरुङ र लुम्बिनी प्रदेशबाट गोकुल सापकोटा […]
राप्रपाका सांसद खुश्बु ओलीले रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीको गम्भीर अभिव्यक्तिको बचाउ नगर्न आग्रह गरेकी छन् ।
१९ जेठ, काठमाडौं । सरकारले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यअवधि थप गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको […]
मंगलबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई सम्मान गरेका हुन् ।
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत भएका छन् । सचिवालय बैठकको निर्णय अनुसार केसीलाई मनोनीत गरिएको रास्वपाले जनाएको छ । यसअघि भरतमणि देवकोटाले राजनीनामा दिएपछि निर्वाचन आयोग प्रमुख पद रिक्त रहेको थियो । पार्टीको महाधिवेशन नजिकिएपछि रास्वपाले उक्त रिक्त स्थानमा केसीलाई मनोनीत गरेको हो ।
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् । सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ । रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग […]
१९ जेठ काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटकसम्म सफल आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित भएका छन् । संघीय संसद सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान गरेका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन् । […]
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने प्रस्ताव गरेका छन् । भारतबाट प्रकाशित हुने दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत् लामिछानेले नेपाल–भारत सम्बन्धको अब शब्दावली नै परिवर्तन गर्नुपर्ने तर्क गर्दै सहकार्यका विभिन्न प्रस्तावहरु […]
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा कमल प्रसाद पन्त ‘शशि’ निर्वाचित भएका छन् । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन हिजो गरेको थियो । अधिवेशनबाट २५६ मतसहित पन्त सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो । सभापतिका अर्का उम्मेदवार गणपति लाल श्रेष्ठले १७९ मत ल्याए । पन्त […]
१८ जेठ, काठमाडौं । पाँच दिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारतमा छन् । उनी सोमबार दिउँसोमात्रै नयाँदिल्ली पुगेका हुन् । दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले सभापति लामिछानेसहितको भ्रमण टोलीलाई स्वागत गरेका थिए । भाजपाकै निमन्त्रणमा भारत गएका सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका […]
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा घोषणा गरेको बजेटमा पूर्वतयारी विनाका धेरै घोषणा समावेश गरिएको छ । जसलाई आकर्षक कार्यक्रमको लेप लगाइएको छ ।
उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
१८ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएपछि खुलेको पहिलो दिनको सेयर बजारले नकारात्मक प्रतिक्रिया जनाएको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेटमा सेयर बजारका केही विषय पनि चलाइएको थियो । बजेटमा गरिएका नयाँ व्यवस्थाप्रति लगानीकर्ताले असन्तुष्ट जनाएका छन्, जसको प्रतिक्रिया सोमबारको नेप्से परिसूचकमा देखियो । बजेटले पूँजीगत लाभकर साढे […]
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नमा विलम्ब भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक समयमै सुरु हुन नसकेको हो । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आज नै आर्थिक वर्ष […]
१८ जुठ, काठमाडौं । रास्वपाले पहिलो महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न मूल आयोजक समिति मातहत १८ वटा उपसमितिहरु गठन गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन आयोजना गर्दैछ । त्यसका लागि पार्टी सभापति रवि लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति यसअघि नै गठन भइसकेको थियो । सोही मूल आयोजक समिति […]
१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारत प्रस्थान गरेका हुन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा […]
१८ जेठ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर नै जग बसाउने बजेट ल्याएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए । अहिलेको सरकार ५ वर्षको लागि भएकाले एउटा मात्रै […]
१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन सुरु भएको छ । धुम्बाराहीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ समितिको सभापतिमा शशी पन्त, गणपति लाल श्रेष्ठ र बिना तामाङले उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरमा कुल ५२४ प्रतिनिधि संख्या रहेका छन् । उनीहरुले मतदान गर्नेछन् । निर्वाचनका लागि […]
१८ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजबाट छलफल सुरु हुँदै छ । यही जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व […]
१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत जाँदै छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले आज भारत जान लागेका हुन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक […]
१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ । पार्टी प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै भोलिबाट हुने भ्रमणबारे जानकारी गराएका हुन् । जारी विज्ञप्तिका अनुसार, लामिछानेसँग भ्रमणका क्रममा रास्वपा सांसदहरू विपिन आचार्य र दिपक बोहरा पनि सहभागी हुनेछन् । त्यस्तै, रवि पत्नी निकिता […]
१८ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको भ्रमणको औपचारिक जानकारी सार्वजनिक गरेको छ । भाजपा विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेले आइतबार प्रेस विज्ञप्ति जारी गरी भ्रमणको जानकारी सार्वजनिक गरेका हुन् । लामिछाने भोलि भारत जाने कार्यक्रम छ । भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उक्त टोली भ्रमणमा जान […]
१७ जेठ, काठमाडौं । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन भोलि हुँदैछ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो । अधिवेशनबाट नयाँ समिति चयन हुँदैछ । नयाँ समितिका लागि उम्मेदवारहरूको नामावली प्रकाशन भइसकेको छ । जस अन्तर्गत, काठमाडौं महानगर समितिको सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । पार्टीका महानगर संयोजक कमल प्रसाद […]
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सीमाबारे आइतबार प्रतिनिधिसभा बैठकबाट दिएको अभिव्यक्तिबारे राप्रपाले आपत्ति जनाएको छ । साथै, प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे पार्टीले धारणा माग गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । प्रधानमन्त्री शाहले रोस्ट्रमबाट सीमाजस्तो संवेदनशील विषयमा बोलेको अभिव्यक्ति आपत्तिजनक भएको पार्टीको बुझाइ रहेको उनले बताए । ‘प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसदको रोष्ट्रमबाट सीमा जस्तो […]
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सभापति रवि लामिछानेको सभापतित्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको हो ।
१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक आजै साँझ ८ बजे बस्ने तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक भर्चुअल माध्यमबाट बस्ने पनि उनले बताएका छन् । उनका अनुसार, बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही लगायतका […]
ABC News Australia
Ajako Artha
Baahrakhari
BBC News Nepali
Global Aawaj
Gorkhapatra Online
Himal Khabar
Himal Press
Khabarhub
Khabarhub (English)
Khoj Samachar
Khoj Samachar (English)
Lokaantar
myRepublica
Nagarik News
Nepali Times
Nepal Lead
Nepal News (English)
Nepal Press
Nepal Samaya
Nepal Views
News of Nepal
OnlineKhabar
OnlineKhabar (English)
Pradesh Khabar
Rajdhani National Daily
Ratopati
Ratopati (English)
Setopati
Thaha Khabar
The Annapurna Express
The Guardian
The Himalayan Times
The Rising Nepal
Ujyaalo Online