Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

35 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

चामल–दालमोठ होइन, अब खानेपानी चाहियो

धादिङ गल्छी । रसुवाको भोटेकोशी नदीमा हिमपहिरोपछि आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति गरायो । बाढीका कारण गल्छी क्षेत्रमा २७९ परिवार विस्थापित भए भने ११४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की पुल र छवटा झोलुङ्गे पुल बाढीले बगाएको छ । सडक तथा यातायात संरचनामा समेत ठूलो क्षति पुगेपछि बाढी प्रभावित […]

उद्धारकर्मीबाहेक मानिस छैनन् रसुवागढीमा

–हेलिकोप्टरको आवाजले मात्रै भंग गर्छ सन्नाटा–रसुवागढीदेखि बेत्रावतीसम्म मृत्युको मौनता–बस्ती बगरमा परिणत, सडकविहीन गाउँ ‘नाकाबन्दी’मा बाढीको छैटौँ दिन : घरमा भोटेताल्चा, गोठमा भोकाएका पशु, नदी किनारमा आफन्त खोज्दै एकोहोरो आँखा रसुवागढी । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको छैटौं दिनसम्म पनि रसुवागढीको जनजीवन सामान्य हुन सकेको छैन । बाढीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहसनहस […]

Yesterday

11

भोटेकोशी बाढीपछि शव खोजी र व्यवस्थापनमा सेना परिचालन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभावित क्षेत्रका नदी तथा तटीय क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ । बाढीमा परी बेपत्ता भएका व्यक्तिका शव त्रिशूली र नारायणी नदी हुँदै चितवनका विभिन्न नदी तटीय क्षेत्रमा समेत […]

बैरेनीका बाढी प्रभावितको माग- चामल-दालमोठ होइन, अब खानेपानी चाहियो

धादिङ (गल्छी) . रसुवाको भोटेकोशी नदीमा हिमपहिरोपछि आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति गरायो। बाढीका कारण गल्छी क्षेत्रमा २७९ परिवार विस्थापित भए भने ११४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। दुई वटा पक्की पुल र छ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ। सडक तथा यातायात संरचनामा समेत ठूलो क्षति पुगेपछि बाढी प्रभावित […]

नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितलाई एक लाख सहयोग

विराटनगर । नेपाल–चीन सीमामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले यही २०८३ भदौ १० गते बुधबार आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। प्रजातन्त्र सेनानी […]

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान सुरु, भोटेकोशी तालको निगरानी गरिँदै

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भोटेकोशी नदीमा बनेको तालको अवस्थाबारे निरन्तर निगरानी गर्न दुई वटा सिसी क्यामेरा जडान गर्ने काम सुरु भएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार भोटेकोशीमा आएको बाढीपछि नदी क्षेत्रमा बनेको ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित खतरा समयमै पहिचान गर्न क्यामेरा जडान गर्न लागिएको हो। […]

रसुवा बाढी : सेनाको हेलिकप्टरबाट ३३० जनाको उद्धार, सुरुङमा खोजी जारी

काठमाडौं। रसुवामा आएको बाढीपछि प्रभावितको उद्धार तथा खोजी कार्यलाई नेपाली सेनाले निरन्तरता दिएको छ। नेपाली सेनाका अनुसार दिउँसो १ः३० बजेसम्म सेनाका हेलिकप्टरमार्फत ३३० जनाको उद्धार गरिएको छ। बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा समेत सेनाको विज्ञ टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशूली–३ हाइड्रो पावरको टनेलमा करिब १५ मिटर भित्रसम्म पुगेर उद्धार तथा […]

भोटेकोशी बाढी: ९२१ जनाको शव फेला, ४ हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा गएको पहिरोबाट भएको मानवीय क्षतिको विवरण थप भयावह देखिएको छ। नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (NEOC) का अनुसार सोमबार दिउँसो १ बजेसम्म विभिन्न जिल्लामा गरी ९२१ जनाको शव फेला परेको छ। NEOC का अनुसार सबैभन्दा धेरै शव […]

रसुवा बाढी : मृतकको संख्या ९ सय नाघ्यो, ४ हजार जनाभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ। भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले जारी गरेको आज बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् । १० हजार ४५१ जनाको उद्धार भएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ […]

रसुवा बाढी : अस्थिर हिमनदी कि भौगोलिक बनावट

दोलखा । अहिले रसुवाको भोटेकोशीमा आएको बाढीको स्रोतको विषयमा विभिन्न अड्कलबाजीहरु भइरहेका छन् । चीनसँग जोडिएर फेक हल्लासमेत चलाइएको छ, जसको विषयमा नेपालको लागि चिनियाँ राजदूतावासले स्पष्टीकरणसमेत दिइसकेको छ । आइतबारसम्मको विवरणअनुसार बाढीका कारण नेपालतर्फको भूमिमा ७५२ शव भेटिएको छ । सयौँ सम्पर्क विहीन रहेको विवरणहरु प्राप्त भएका छन् । बिहीबार बिहान ८ बजेसम्मको विवरण […]

बाढीले बगाएको जीवनसँगै तथ्यांक पनि नबगोस्

रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर मानवीय संकट खडा गरेको छ । बाढी आएको पाँचौं दिनसम्म पनि मृतक, बेपत्ता र प्रभावित नागरिकको वास्तविक संख्या स्पष्ट हुन नसक्नु आफैंमा चिन्ताको विषय हो । आइतबार दिउँसोसम्म ७५२ शव फेला पर्नु र २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांकले विपत्तिको […]

चीनबाट ५० टन र भारतबाट ११ टन राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौँ। भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि मित्रराष्ट्र चीन र भारतले आइतवार राहत सहयोगलाई थप तीव्र बनाएका छन् । दुवै देशबाट हवाइमार्गमार्फत राहत सामग्री काठमाडौँ आइपुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा मानवीय सहायता जारी रहेको छ ।आइतवार बिहान करिब ७ बजे चीनबाट दुईवटा विमानमार्फत ५० टन आपत्कालीन राहत सामग्री काठमाडौँ […]

बाढीले निमिट्यान्न बनायो ६ विद्यालय

–२२३ शिक्षक–विद्यार्थीको मृत्यु, १८ बेपत्ता –रसुवा, नुवाकोट र धादिङका २२ विद्यालयमा क्षति –मनोपरामर्शपछि अस्थायी केन्द्रबाट पढाइ सुरु काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा २२३ जना शिक्षक र विद्यार्थीको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाढीका कारण २२ विद्यालय क्षतिग्रस्त भएका छन् । तीमध्ये ६ विद्यालय बाढीले […]

Older

22

रसुवा बाढी : नेपाली सेनाद्वारा ३ हजार २१ जनाको उद्धार, ८ हजार ५ सयभन्दा बढी फौज परिचालन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले हालसम्म ३ हजार २१ जनाको उद्धार गरेको छ। भदौ १० गतेदेखि जारी उद्धार अभियानअन्तर्गत स्थल तथा हवाई माध्यमबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार भदौ १४ गते साँझ ६ः३० बजेसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत क्षेत्रबाट नेपाली सेनाका हेलिकप्टरमार्फत २२ जना विदेशी नागरिकसहित ६२४ […]

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ७८८ पुग्यो, अझै २,५०० जना सम्पर्कविहीन

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७८८ जनाको ज्यान गएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न आठ जिल्लाबाट ७८८ जनाको शव फेला परेको जनाएको हो। प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा […]

रसुवा बाढी अपडेट : १६ विदेशी नागरिकसहित ४०९ जनाको उद्धार, हाइड्रो टनेलमा फसेकाको खोजीमा ‘क्राउनहेड’ फेला

काठमाडौं । रसुवामा आएकोभीषण बाढी र पहिरोपछि जारी उद्धार तथा खोजी कार्यअन्तर्गत नेपाली सेनाले १६ जना विदेशी नागरिकसहित हालसम्म ४०९ जनाको उद्धार गरेको छ। नेपाली सेनाका अनुसार आइतबार (भदौ १४) दिउँसो ३ बजेसम्म सेनाका हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट १५ जना चिनियाँ र १ जना भारतीय नागरिकसहित ४०९ जनाको उद्धार गरिएको हो। यसैबीच, त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा […]

रसुवा–चीन सीमा क्षेत्रमा १४ फुटबल मैदान बराबरको ताल, थप अर्को ताल पनि भेटियो

काठमाडौं । हालै रसुवा–चीन सीमा क्षेत्र हुँदै आएको भीषण बाढी र पहिरोपछि सीमाक्षेत्रमा करिब १४ वटा फुटबल मैदान बराबरको ताल बनेको दाबी गरिएको छ। यही भदौ १० गते नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोका कारण नदी थुनिएर बनेको उक्त तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको चिनियाँ सञ्चारमाध्यम न्यूज डट सीजीटीएनले जनाएको छ। सीजीटीएनका अनुसार उक्त क्षेत्रफल […]

१४ फुटबल मैदान बराबरको ताल बन्यो

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा पहिरोका कारण थुनिएर बनेको ताल करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ। सीजीटीएनका अनुसार अगस्ट २९ सम्म एन्नेङ ग्रुपले गरेको अनुगमनमा तालको क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर रहेको पाइएको हो। तालको अवस्था हाल नियन्त्रणमा रहेको जनाइएको छ। यसैबीच, उक्त स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो […]

रसुवा बाढी : चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार, टनेलमा फसेकाको खोजी तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत आइतबार बिहान ११ बजेसम्म टिमुरे, धुन्चे र हाकुवेसी क्षेत्रबाट चिनियाँ नागरिक ४ जनासहित १८३ जनाको उद्धार गरिएको छ। बाढीका कारण प्रभावित तथा जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। यसैबीच, […]

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री

काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्रीसहित चार जना सुरुङ उद्धार विशेषज्ञ पठाएको छ। आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वाई–२० विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। चिनियाँ दूतावासका अनुसार १३ हजार २०० थान राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट र प्राथमिक उपचार किट रहेका छन्। उद्धार […]

भोटेकोशी बाढीको कहालीलाग्दो अवस्था : मृतकको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (राष्ट्रिय विपद् प्राधिकरण) को पछिल्लो विवरणअनुसार बाढीको भेलसँगै बगेर आएका शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्। बाढीका कारण २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। बेपत्ताको संख्या ठूलो रहेकाले मृतकको संख्या अझै बढ्न […]

रसुवाको बाढीमा २,६९७ जनाको उद्धार

काठमाडौं । रसुवा जिल्लामा आएको बाढीका कारण प्रभावित २ हजार ६९७ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार भदौ १४ गते बिहान ७ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट २ हजार ४९७ जनाको हवाई तथा २०० जनाको स्थलमार्गबाट उद्धार गरिएको हो। हवाई उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक छन्। उद्धारमा १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियाली, ४ जर्मन, २ अमेरिकी, […]

ल्याङटाङमा हिमपहिरोपछि विनाशकारी बाढी, नेपाल–चीनमा ठूलो क्षति

काठमाडौं । अगस्ट २६ मा ल्याङटाङ लिरुङ क्षेत्रबाट खसेको ठूलो हिम–चट्टानी पहिरोका कारण नेपाल–चीन सीमाक्षेत्रमा विनाशकारी बाढी आएको छ। बाढीका कारण दुवै देशमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने सयौं मानिस अझै बेपत्ता छन्। उपलब्ध विवरणअनुसार अगस्ट २९ बिहानसम्म नेपालतर्फ ६५९ जनाको मृत्यु भएको र चीनतर्फ पनि सात जनाको मृत्यु भएको खबर छ। […]

तिब्बत बाढीमा १०४ नेपालीसहित ५४६ जना बेपत्ता

बेइजिङ । तिब्बतमा आएको भीषण बाढीमा १०४ नेपालीसहित ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बेपत्ता हुनेमध्ये २३ देशका २६१ जना विदेशी नागरिक छन्। बेपत्ता विदेशी नागरिकमध्ये नेपालीको संख्या सबैभन्दा बढी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। त्यसपछि भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५ तथा क्यानडा र अष्ट्रेलियाका ६–६ जना रहेका […]

रसुवा बाढी : २१ विदेशी सहित २ हजार ६९७ जनाको उद्धार, टनेल खोजी कार्य वर्षाले रोकियो

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाका हवाई तथा स्थल उद्धार टोलीले आइतबार बिहान ७ बजेसम्म २ हजार ६९७ जनाको उद्धार गरेको जनाएको छ। नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङलगायतका क्षेत्रबाट हेलिकप्टरमार्फत २ हजार ४९७ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २१६ जना विदेशी नागरिक रहेका […]

खोजी सकिएको छैन, शवको यात्रा पनि रोकिएको छैन

काठमाडौँ । बाढीले बगाएका मानिसको खोजी जारी छ । तर खोजीमा भेटिने शवको सङ्ख्या पनि बढिरहेको छ । नेपाल प्रहरीले शनिवार बेलुकासम्म ६६९ जनाको शव फेला परेको जनाएको छ । तीमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ […]

ल्हेन्दे खोलामा पुनः भीषण बाढी, नारायणगढ–मुग्लिङ हुँदै काठमाडौं र पोखरा जाने सडक ठप्प

काठमाडौं । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको बहाव बढेसँगै सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अपिल गरेका छन्। बाढी तथा पहिरोको जोखिम बढेपछि चितवन प्रहरीले नारायणगढबाट मुग्लिङ हुँदै […]

पुनर्निर्माणका लागि मात्रै ५ अर्ब डलर आवश्यक

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता, राहत सामग्री, प्राविधिक सहयोग र अरबौँ रुपैयाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको छ । उद्धार तथा राहतसँगै अबको सबैभन्दा ठूलो चुनौती पुनःस्थापना र पुनर्निर्माण बन्ने देखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्रै ४ देखि ५ अर्ब […]

हेलिकोप्टर देखेपछि जनता उत्साहित

–बाढीपीडित जमिनमा काठमाडौँ । भोटेकोशीको भेलले घर बगाएको छ । खेत बगर बनाएको छ । सडक र पुलको नामोनिशान छैन । कतिपयका आफन्त बेपत्ता छन् । कतिपय परिवारले आँखैअगाडि आफ्ना मान्छे गुमाएका छन् । तर बाढीपछि बाँचेका नागरिकको अर्को पीडा अहिले सुरु भएको छ, उद्धार र राहतको प्रतीक्षा । सरकारले उद्धार, राहत तथा पुनःस्थापनालाई राज्यको […]

भोटेकोशीमा बहाव बढ्यो, ठूलो बाढीको जोखिम छैन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढे पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशीको बहाव बढेको हो। नुवाकोट क्षेत्रमा पनि नदीको बहाव केही बढेको भए पनि अवस्था ठूलो बाढी आउने खालको नरहेको जनाइएको छ। यसअघि ल्हेन्दे खोलामार्फत भोटेकोशीमा पुनः बाढी […]

रसुवा बाढी : चिनियाँ सुरुङ विज्ञ टोली अपर त्रिशूली–१ को सम्पर्कमा

काठमाडौं । रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारका लागि आएको ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सम्पर्कमा रहेको पाइएको छ। यसअघि प्रधानमन्त्री कार्यालयले उक्त टोलीलाई माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा फसेका मानिसको उद्धारका लागि परिचालन गरिएको जानकारी दिएको थियो। तर, उक्त आयोजनाको सुरुङमा मानिस नफसेको र चिनियाँ टोली आयोजनास्थलमा […]

त्रिशूली–३ ‘बी’ सुरुङमा फसेकाको उद्धारमा चिनियाँ टोली परिचालन

काठमाडौं । बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।प्रधानमन्त्री कार्यालयका अनुसार अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली खटाइएको हो। टोली चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको छ।चिनियाँ विज्ञ टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय […]

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो

काठमाडौं । रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा ६२६ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार चितवनमा सबैभन्दा बढी २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको […]

रसुवा बाढीमा चीनको ठूलो सहयोग : नेपाललाई २० लाख डलर नगद, सैन्य विमानबाट राहत र सुरुङ उद्धार टोली आउने

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ। चीनले पहिलो चरणमा दुईवटा सैन्य कार्गो विमानमार्फत अत्यावश्यक राहत सामग्री नेपाल पठाउने तयारी गरेको छ। बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीसहितका विमान नेपाल पठाउने तयारी भइरहेको हो। त्यसैगरी, चीनले सुरुङ उद्धार तथा प्राविधिक […]

रसुवा बाढी : ४ चिनियाँ र ३ भारतीयसहित ४४ जनाको उद्धार, हाइड्रो टनेलमा फसेकाको खोजी तीव्र

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहत वितरणलाई तीव्र पारिएको छ। नेपाली सेनाले आज २०८३ भदौ १३ गते दिउँसो १२ः३० बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको जनाएको छ। बाढीका कारण भदौ १२ गतेदेखि त्रिशूली–३ हाइड्रो पावरको टनेलमा फसेका टोलीहरूको उद्धारका लागि संयुक्त उद्धार […]

Browse by publisher

37