Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

31 headlines · 35 publishers

Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

धवलशम्शेर राणालाई निर्णय फिर्ता लिन लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका महामन्त्री धवल शमशेर राणालाई पार्टी छाड्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टी महाधिवेशनको तयारीमा जुटिरहेका बेला राणाको पार्टीबाट बहिर्गमनको समाचारले आफू आश्चर्यचकित भएको बताएका छन्। राप्रपाले हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट जेठ २८ र […]

3–12 hours ago

11

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित

रुपन्देही । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रुपन्देहीमा आयोजित दुई दिने लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै २८ बुँदे ‘लुम्बिनी संकल्प’ पारित गरेको छ । पार्टीको केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेतृत्वबीच भएको संवाद, विषयगत छलफल र अन्तरक्रियाबाट […]

प्रधानमन्त्रीलाई रास्वपा सांसदको आग्रह- सत्तापक्षको मन राखिदिन भएपनि विपक्षीले उठाएको प्रश्नको जवाफ दिनुस्

काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले सदनमा उपस्थित भएर विपक्षीले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेकी छन्। सत्तापक्षको मन राखिदिन भएपनि प्रधानमन्त्री सदनमा आउनुपर्ने उनको भनाइ छ। उनले भनेकी छन्, ‘विपक्ष सधैँ सही हुन्छ नै भन्ने पनि हुँदैन र सधैँ गलत नै हुन्छन् भन्ने पनि हुँदैन तर जब राष्ट्रियता कुरा आउँछ हामीले […]

धवलशम्शेरको समूहसँग निर्णायक छलफलमा दुर्गा प्रसाईँ, नयाँ पार्टीबारे मोटामोटी सहमति

राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईंबीच ‘एकता’ को मोटामोटी सहमति भएको छ । प्रसाईँ आज राणाको समूहसँग निर्णायक वार्तामा बसेका हुन् ।

प्रधानमन्त्रीको बोलीले मुलुक नै अप्ठ्यारोमा पर्न सक्छ, जिम्मेवार जवाफ आओस् : गुरु बराल

नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठ्यारो पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताए । उनले भने- जहिलेसम्म प्रधानमन्त्री हाउसमा आएर आफ्नो कुरा राख्नुहुन्न, या त नेपालले मिचेको भूमिको प्रमाण […]

प्रधानमन्त्रीमाथि दबाब बढाउँदै कांग्रेस- संसदीय समितिको बैठकमा पनि नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने अडान लिएको कांग्रेसले संसदीय समितिको बैठक पनि बहिस्कार गर्ने तयारी गरेको हो। आफूहरूको माग सम्बोधन नभएसम्म समितिको बैठकमा सहभागी नहुने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए। प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको […]

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल महिला संघको आपत्ति

काठमाडौं । नेपाल महिला संघले प्रधानमन्त्रीको अपरिपक्व र राष्ट्रहित विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संघकी अध्यक्ष मीना खरेलद्वारा जारी विज्ञप्तिमा नेपालले भारतको सिमाना मिचेको भनी जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्को रोष्ट्रमबाट व्यक्त भनाइ नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, प्रमाण तथा सम्पूर्ण नेपाली जनताको राष्ट्रिय भावनाविपरीत भएको उल्लेख छ । प्रधानमन्त्री शाहले […]

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिमा नेकपाले माग्यो रास्वपाको धारणा (भिडिओ)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिमा रास्वपाको धारणा मागेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले यस विषयमा रास्वपाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए। उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाहज्युले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो? यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई […]

प्रधानमन्त्रीलाई चन्द्र भण्डारीको चुनौती- नेपालले भारतको सीमा मिचेको तथ्य भए देखाउनू

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहलाई नेपालले कसैको भूमि नमिचेको जवाफ दिएका छन् । सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल गर्नुपर्ने भन्दै सीमाबारे नेपालीको धारणा एउटै हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्दछ र कसैको भूमि मिचेको […]

विपक्षी अडानमा टसमस नहुँदा अझै सुरू भएन सदन

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने अडान कायमै राखेका छन्। विपक्षीको अडानकै कारणले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन। सदनको अवरोध हटाउनबारे रास्वपाका मुख्य सचेतकले अहिले विपक्षी दलसँग संवाद गरिरहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए। उनले आफूहरूको माग यथावत् रहेको […]

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात : नेपाल बार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । बारले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, हलुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भनेको छ । प्रधानमन्त्रीको विवादित भनाइले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दाबीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष […]

सरकारका प्रवक्ता भन्छन्- आवश्यक परे प्रधानमन्त्रीले फेरि सदनमा आएर जवाफ दिनुहुन्छ

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यक परे सदनमा आएर जवाफ दिने बताएका छन्। सरकारका प्रवक्ता समेत रहेका पोखरेलले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री सदनप्रति उत्तरदायी रहेको बताए। उनले भने, ‘हामीले देखिहाल्यौँ प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दा उहाँ फेरि सदनमा आएर उत्तर […]

Yesterday

9

एमाले कोशीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । आज बसेको प्रदेश बैठकले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले हिजो दिएको जवाफ राष्ट्रघाती भएको ठहर गर्दै माफी मागी पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो । प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । बैठकले उक्त अभिव्यक्तिलाई राष्ट्रहितविपरीत […]

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

रूपन्देही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसदबाटै माफी माग्न आग्रह गरे । ‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री […]

विपक्षी दलसँग सभामुखले भने- संवादका लागि पटक-पटक बोलाउँदा समय दिनुभएन

काठमाडौं । सभामुख डीपी अर्यालले सदनको समस्या समाधान गर्नको लागि आफूले विपक्षी दलका नेताहरूसँग संवाद गर्न खोज्दा समय नदिएको बताएका छन्। विपक्षीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा सदन अवरोध जारी राखेपछि सभामुखले यस्तो बताएका हुन्। उनले भने, ‘मैले माननीय सदस्यहरूलाई हिजो पनि पटक–पटक संवाद गर्नको लागि बोलाएको थिएँ,समय दिनुभएन। आज पनि कार्य व्यवस्था परामर्श समितिको […]

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- भारतले जमिन फिर्ता माग्यो भने कहाँको दिने ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्ति फिर्ता नलिएसम्म संसद वैठक अघि बढ्न नसक्ने अडान प्रस्तुत गरेको छ । कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली नागरिकको शिर निहुराएको बताए । उनले भने, ‘आज सदनमा बोल्दै गर्दा मेरो शिर निहुरिएको छ । हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले आज मेरो मात्र […]

प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले संसद्मा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन्। आज बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउन माग गर्ने निर्णय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए।

सभापति लामिछाने भारत जानुअघि आएको प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियतामा कमजोर बनायो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताएका छन्। विपक्षी दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको बताए। उनले भने, ‘उहाँलाई केही न केही आइडिया पनि हुन सक्छ, कहाँ-कहाँ मिचिएको छ, कुन-कुन ठाउँ मिचिएको छ भन्ने कुरा। त्यसैले त्यो सार्वभौम सम्पन्न सदनमा हामी पनि आम तपाईँको नागरिकबाट […]

कांग्रेसले बोलायो विपक्षी दलको बैठक- बालेनको अभिव्यक्तिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आव्हानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक डाकिएको हो । हिजो प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले भारतको थुप्रै ठाउँमा सीमा मिचेको’ भन्दै दिएको विवादित अभिव्यक्तिबाट उत्पन्न परिस्थिति र सामूहिक रणनीतिबारे छलफल हुने बताइएको छ । बैठकमा […]

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै प्रतिपक्षी दलहरुले आज सुरुबाटै बेल घेर्ने

प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन् । यस विषयमा हिजै प्रतिपक्षी दलहरुबीच सामान्य समझदारी भएको थियो ।

कुलमानले भनेः रास्वपा सभापतिको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको अभिव्यक्ति सन्देहास्पद

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले हालै संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । रास्वपा सभापतिको भारत भ्रमणपूर्व प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु सन्देहास्पद भएको उनको टिप्पणी छ ।

Older

10

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले महासचिवको प्रश्न-‘उहाँ नेपाल राष्ट्रको प्रतिनिधित्व गर्नुहुन्छ कि अरू कसैको ?’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतामाथि प्रश्न उठाएको बताएका छन् । उनले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको धारणा अस्वाभाविक रहेको उल्लेख गर्दै त्यसले प्रधानमन्त्रीको भूमिकामाथि नै प्रश्न खडा […]

प्रधानमन्त्रीको बचाउमा परराष्ट्रले भन्यो- हामीले उपयोग गरेको कतिपय जग्गा भारततिर पर्न सक्छ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादित अभिव्यक्तिलाई सच्याउनुको साटो परराष्ट्र मन्त्रालयमार्फत ‘प्रतिरक्षा’ गरेका छन् । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्ने प्रयास गरेको हो । प्रधानमन्त्रीले आज उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको परराष्ट्रको दाबी छ । […]

तयारीबिना जवाफ दिन आएका प्रधानमन्त्रीले संसदमा चीनबारे राखेको गलत तथ्य

काठमाडौं । संसद नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन सांसदहरूका लिखित प्रश्नको जवाफ दिनुपर्छ । तर, यो नियम विपरीत प्रधानमन्त्री बालेन्द्र शाह आज आकस्मिक रूपमा संसद बैठक आएर केही सांसदहरूलाई जवाफ दिए । न सांसदहरूसँग प्रश्न तयार थियो, त प्रधानमन्त्रीसँग जवाफ । नियमावलीअनुसार प्रधानमन्त्री उपस्थित हुनेभन्दा तीन दिनअगाडि नै सांसदहरूले लिखित प्रश्न […]

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति राप्रपाको आपत्ति, ‘अप्रमाणित अभिव्यक्ति सर्वथा अनुचित’

उनले भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अप्रमाणित अभिव्यक्ति सर्वथा अनुचित रहेको राप्रपाको ठहर रहेको उल्लेख गरेका छन् ।

भीमार्जुनको टिप्पणीः यो सरकार देशको भौगोलिक अखण्डता रक्षा गर्न चाहँदैन भन्ने झल्कियो

काठमाडौं । संविधानविद् भीमार्जुन आर्चायले यो सरकार देशको भौगोलिक अखण्डता रक्षा गर्न चाहँदैन भन्ने झल्किएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री बालेन शाहले आज संसदमा नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्दै विवादित अभिव्यक्ति दिएपछि संविधानविद् आचार्यले यस्तो बताएका हुन् । उनले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य […]

संसदभित्र प्रतिवाद नगरेका वर्षामानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षामान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने समेत उनको माग छ । आज संसदमा प्रधानमन्त्रीले बोल्दै गर्दा कुनै पनि संसद्ले तत्काल नियमापत्ति गरेका थिएनन् । प्रधानमन्त्री हिँडिसकेपछि बोलेका वर्षामानले यो विषय नै उठाएनन् । उनी संसद् […]

नेपालले भारतको सीमा मिचेको आधार र प्रमाण प्रधानमन्त्रीले दिनुपर्छ : सांसद सुब्बा

काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीले नेपाल भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिले गम्भीर अन्यौल सृजना गरेको बताएकी छन् । प्रधानमन्त्रीले भारतीय भूमि मिचेको अभिव्यक्ति सरकारको आधिकारिक धारण हो कि उहाँको व्यक्तिगत धारणा भन्दै उनले प्रश्न पनि गरिन् । सांसद सुब्बाले कुन स्थान, क्षेत्र वा सीमाखण्डमा भारतको सीमा नेपालले मिचेको हो त्यसको […]

‘भिजिट भिसा’को दुरुपयोग रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ‌ं । प्रधानमन्त्री बालेन शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै ‘भिजिट भिसा’मा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भएको अवस्थामा विदेशमै बसेर भए पनि कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको […]

प्रतिपक्षीको आपत्ति- प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली अनुरूप भएन, छापामार शैली अपनाउनुभो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिकरुपमा उपस्थित भएर केही सांसदहरुको प्रश्नको जवाफ दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएका छन् । संसद नियमावलीको पालनाअनुसार प्रश्नोत्तर नभएको उनीहरुको आरोप छ । प्रधानमन्त्री जवाफ दिएर हिँडेलगत्तै एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर बोल्न समय माग गरेका थिए । तर, सभामुखले समय […]

प्रधानमन्त्री नाटकीय ढंगबाट आउनु राम्रो भो, तर, प्रश्नोत्तर कार्यक्रम बेग्लै हुनुपर्छ– अर्जुन नरसिंह केसी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा प्रश्न सोध्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तयार बनेको छ । पार्टीका तर्फबाट अर्जुननरसिंह केसीले प्रश्न सोधेका छन् । उनले सुरुमै प्रधानमन्त्री नाटकीय ढंगबाट संसदमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिन खोजेकोमा सकारात्मक रुपमा नै लिएको बताए । उनले भने, ‘विकसित देशहरुमा पनि यस्तो अभ्यास छ, म उहाँ संसदमा […]

Browse by publisher

35