Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

31 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनः स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले उक्त रकम जम्मा गरेको बताइएको छ ।

Nepal Press logoNepal PressPrivate235 publishers

Yesterday

13

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् । रसुवालगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिपछि विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पु‍र्‍याउने उद्देश्यले मुख्यमन्त्री र मन्त्रीहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन् । मुख्यमन्त्री आचार्यको अध्यक्षतामा […]

चार दिनमा १ अर्ब ३० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो । […]

रास्वपा महामन्त्री आचार्यको परिवारद्वारा राहत कोषमा एक करोडभन्दा बढी योगदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री राहत कोषमा एक करोड भन्दा बढी रकम योगदान गरेका छन् ।

बाढी प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले कति गर्दै छन् सहयोग ?

काठमाडौं । भोटेकोशी बाढीपीडितलाई राहत प्रदान गर्ने कार्यमा सहयोग पुर्‍याउन निर्वाचन आयोगका पदाधिकारीले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएका छन् । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार भदौ ११ गतेको सचिव बैठकको निर्णयबमोजिम आयोगका सचिव र सहसचिवहरूले १० दिनको, उपसचिव र अधिकृत स्तरका कर्मचारीले ७ दिनको, नायब सुब्बा र […]

प्रधानमन्त्रीसँग भेटपछि शीतल निवास पुगे रवि, उद्धार-राहत लगायतका विषयमा ब्रिफिङ

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन प्रालीले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. […]

हिमालयन बैंक लिमिटेडद्वारा रसुवा बाढी पीडितहरूको सहायताको लागि ३ करोड १ लाख आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भोटेकोशी नदीमा अचानक आएको गेग्र्यान सहितको बाढीबाट भोटेकोशी र त्रिशूली नदी किनारका तथा अन्य प्रभावितहरूको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरूको उद्धार, सहायता तथा पुनर्स्थापनाका लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको […]

सरकारले दुरुपयोग गर्दैन भनेर जनताले पैसा ओइर्याएका छन्, छिटो निकासा गरौं : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएका छन् ।

भोटेकोशी बाढीपीडित ७४ परिवारलाई २ लाख राहत

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका ७३ बेपत्ता परिवार र एक मृतक परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय […]

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

रसुवागढी हाइड्रोको सुरुङमा कोही नभेटिएपछि धुन्चे फर्कियो उद्धार टोली

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको बताइएको छ ।

बाढी प्रभावित क्षेत्रका कोरियामा रहेका नेपालीलाई विवरण बुझाउन दूतावासको आग्रह

काठमाडौं । नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रत्यक्ष प्रभावित भई तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई दक्षिण कोरियास्थित नेपाली दूतावासले आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला स्थायी ठेगाना भएका तथा कम्पनीबाट बिदा वा अनुमति नपाएर समस्यामा परेका श्रमिकहरूलाई आवश्यक समन्वय […]

भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ ।

Older

17

बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा सवा ५ अर्ब जम्मा

काठमाडौँ । बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत बाढीपीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। कार्यालयले सञ्चालनमा ल्याएको ‘उद्धार अनुरोध […]

बाढीले बगाएर ल्याएको माछा अस्वस्थकर हुन सक्छन्, सकेसम्म नखान स्वास्थ्यविदको सुझाव

काठमाडौं । गत बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले हजारौँ मानिसहरूलाई पनि बगायो । थुप्रै अन्य जिवजन्तुहरु पनि बगे । भोटेकोशीको बाढीले बगाएर ल्याएका मानिसहरूका शवसँगै ठूला–ठूला माछा पनि नदी किनारमा थुप्रिएका छन् । नदी किनारका बस्तीमा माछा समात्नेको भीड नै लागेकाे छ । मानिसको शवभन्दा पहिला माछा समात्न तछाडमछाड भएको पनि देखियो । बोक्नै […]

कांग्रेसले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने

नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितलाई एक करोड सहयोग गर्ने भएको छ।

कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन्।

नेपाल लाइफद्वारा साढे २ करोड राहत सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अर्थमन्त्रीलाई संयुक्त रूपमा हस्तान्तरण गरे […]

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग

काठमाडौं। आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ। आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स […]

‘क्याण्डिडेट क्लब’को तयारी गर्दै थिए, नक्कली राहतको फन्दामा परे भगवान कार्की

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख २० हजार रुपैया जम्मा गरेको भनी नक्कली स्टेटन्टमेन्ट सार्वजनिक गरेपछि पक्राउ परेका भगवान कार्की रास्वपाका स्थानीय नेता रहेको खुलेको छ ।

बाढी प्रभावितलाई नेकपाले २५ लाख सहयोग गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवा बाढी प्रभावितलाई २५ लाख सहयोग गर्ने भएको छ। पार्टीको प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय भएको प्रवक्ता प्रकाश ज्वालाले बताए। पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ। पार्टीको तर्फबाट राहत र उद्धारको लागि आवश्यक सहयोग भइरहेको उनले बताए।

राहत कोषमा पैसा हालेको भनी नक्कली भौचर पोष्ट गर्ने रामेछापका भगवान कार्की पक्राउ

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भनी नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसका ३२ वर्षीय भगवान कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । उनले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० […]

ज्योति समूहद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड योगदान

नेपालको व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुन:स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।

आइएमई ग्रुपद्वारा भोटेकोशी बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उक्त सहयोग उपलब्ध गराइने जनाइएको छ । ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई […]

बाढी प्रभावितको लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्वारा एक लाख बढी रुपैयाँ सहयोग

दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गरेको छ। सुदूरपश्चिम समाज दक्षिण कोरियाका महासचिव सुरेन गिरीका अनुसार विपद्को यस दुःखद घडीमा बाढीपीडित नागरिकहरूको उद्धार तथा राहतका लागि समाजले उक्त रकम […]

प्रभावित क्षेत्रमा पुगेर अर्थमन्त्रीले भने- पुनर्निर्माणका लागि स्रोतको कमी नहुनेगरी काम गर्दैछाैँ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेका छन्। आज रसुवा बाढी प्रभावित क्षेत्रका नागरिक तथा सम्बन्धित निकायसँग भेटघाट गरेका हुन्। निरीक्षणको क्रममा प्रभावित नागरिकसँग सरकारले इमानदारीपूर्वक काम गरिरहेको बताए। उनले भने, ‘यो चुनौती यति ठूलो छ कि यसलाई सामना गर्न हम्मेहम्मे परिरहेको अवस्था यथार्थ नै हो। यद्यपि समग्र पुनर्निर्माण प्रक्रियासम्मै […]

बाढी प्रभावितलाई सुदूरपश्चिम विश्वविद्यालयले ८८ लाख सहयोग गर्ने

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले रसुवाको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति विश्वविद्यालयले दुःख व्यक्त गर्दै करिब ८८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। […]

प्रधानमन्त्रीलाई आङ्देम्बेले बुझाए ९ बुँदे ध्यानाकर्षण पत्र- अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहसँग भेट गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर आङ्देम्बेले प्रधानमन्त्री बालेनसँग भेट गरेका हुन्। करिब आधा घण्टा भएको छलफलमा आङ्देम्बेले प्रधानमन्त्रीलाई उद्धार र राहतका लागि ९ बुँदे ध्यानाकषर्णपत्रसमेत बुझाए। उनले प्रधानमन्त्रीलाई स्थानीय तहसँग समन्वय गरेर उद्धार र राहतलाई तिव्रता दिन समेत आग्रह गरे। […]

पार्टीका नेता-कार्यकर्ताबाट उठाएर कांग्रेसले सरकारलाई एकमुष्ट सहयोग रकम बुझाउने

काठमाडौं । नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितलाई सहयोगको लागि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ। केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टी मातहतको कमिटीलाई पत्र लेख्दै सहयोग गर्न आग्रह गरेका हुन्। कांग्रेसले पार्टीका नेता कार्यकर्ताबाट सहयोग सङ्कलन गरेर एकमुष्ट प्रधानमन्त्री राहत कोषमा हाल्ने तयारी गरेको छ। कांग्रेस विपद् व्यवस्थापन कोषमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि […]

बाढी प्रभावितको राहतका लागि क्यानले ३० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद‌्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । क्यानले शनिबार जारी गरेको विज्ञप्तिमार्फत विपद‌्बाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री […]

Browse by publisher

37