Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

23 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २ सय ८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका […]

3–12 hours ago

1

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ […]

Yesterday

7

तनहुँमा भेटिएका शव पनि जमिनमुनी व्यवस्थापन गरिँदै

तनहुँ । रसुवा बाढीमा बगेर संकलित शवहरुलाई तनहुँमा पनि जमिनमा पुरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार ती शव जमिनमा पुरिने भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक सीडीओ दीपक रेग्मीले बताए । त्रिशुली नदीको बहावअन्तर्गत तनहुँ जिल्लामा पर्ने आबुखैरेनी र देवघाट खण्डमा ३८ वटा शव भेटिएका थिए । तीमध्ये दुईवटा शवका […]

निगमका पूर्वकार्यकारी निर्देशकको सुझाव- ४५० र ५ केजी सिलिन्डर खुला गरी ग्यास आपूर्ति सहज बनाऔँ

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकातर्फ आउने ग्यास आपूर्ति ठप्प भएको छ । सडक मर्मत हुन केही दिन लाग्ने देखिएको र ठूला बुलेटहरू काठमाडौं भित्रिन नसक्ने अवस्था आएपछि नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक चण्डिका भट्टले ग्यास आपूर्ति सहज बनाउन विकल्प सुझाएका छन् । उनका अनुसार, उपत्यकामा ग्यासको अभाव हुन […]

सेनापतिसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, अन्य सुरक्षा प्रमुखसँग पनि छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग साथै नेपाल प्रहरीका […]

बाढी प्रभावित क्षेत्रका कोरियामा रहेका नेपालीलाई विवरण बुझाउन दूतावासको आग्रह

काठमाडौं । नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रत्यक्ष प्रभावित भई तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई दक्षिण कोरियास्थित नेपाली दूतावासले आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला स्थायी ठेगाना भएका तथा कम्पनीबाट बिदा वा अनुमति नपाएर समस्यामा परेका श्रमिकहरूलाई आवश्यक समन्वय […]

भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९ सय ३ जनाको निधन भएको पुष्टि गरेको छ ।

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा सेवा सुचारु गरेको छ । योसँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका छन् । रसुवाको नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटमा सेवा सुरु भएको हो । नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटमा पनि […]

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १ सय ९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २ सय ७२ शवमध्ये १ सय ९९ […]

Older

14

बाढीले खोसेका जीवन, माटोले छोपिँदै छन् पहिचान (फोटो फिचर)

चितवन प्रशासनले रसुवा बाढीले बगाएर चितवन ल्याइएका शवको माटो मुनि व्यवस्थापन गरेको छ । जिल्लामा भेटिएका २ सय ७२ शवमध्ये १ सय ६२ वटा शव देवघाट स्थित चितवनतर्फको जङ्गलमा माटोमुनि व्यवस्थापन गर्ने निर्णय हो ।

कृष्णभीरको बाटो बन्द भएपछि वैकल्पिक मार्गबाट ग्यास आपूर्ति हुने

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो। नेपाल आयल निगमले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग […]

बाढीले बगाएर ल्याएको माछा अस्वस्थकर हुन सक्छन्, सकेसम्म नखान स्वास्थ्यविदको सुझाव

काठमाडौं । गत बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले हजारौँ मानिसहरूलाई पनि बगायो । थुप्रै अन्य जिवजन्तुहरु पनि बगे । भोटेकोशीको बाढीले बगाएर ल्याएका मानिसहरूका शवसँगै ठूला–ठूला माछा पनि नदी किनारमा थुप्रिएका छन् । नदी किनारका बस्तीमा माछा समात्नेको भीड नै लागेकाे छ । मानिसको शवभन्दा पहिला माछा समात्न तछाडमछाड भएको पनि देखियो । बोक्नै […]

चितवनको होल्डिङ सेन्टर खाली गरेर सबै शव जमिनमुनि व्यवस्थापन गरिने

चितवनमा भेटिएका २ सय ७२ मध्ये १ सय ६२ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।

बाढीको कहर : ७५२ शव भेटियो, विद्युत आयोजनाका ९३३ जना अझै बेपत्ता

काठमाडौं । भीषण बाढीका कारण मृत्यु हुनेमध्ये हाालसम्म ७५२ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १:०० बजेसम्मको अपडेट सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार बाढीका कारण हालसम्म ७५२ जनाको मृत्यु भएको पुष्टि भएको छ । सबैभन्दा बढी चितवनमा २५९ जनाको शव फेला परेको छ । यसैगरी, नवलपरासी पूर्वमा […]

‘उद्धार अनुरोध’ पोर्टलमा १५ हजारभन्दा बढी हराइरहेको रिपोर्ट, वास्तविक संख्या कति ?

काठमाडौं । भोटेकोशीमा बाढी आएको पाँचौं दिनसम्म अझै ठूलो संख्यामा मानिसहरू हराइरहेका छन् । हराउनेहरूको तुलनामा भेटिनेहरूको संख्या अत्यन्त न्यून छ । प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको ‘उद्धार अनुरोध पोर्टल‘ ले डरलाग्दो आँकडा देखाउँछ । यसमा अहिले पनि १५ हजार ३ सय ९३ जना बेपत्ता रहेको रिपोर्ट गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार […]

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । राहत वितरण तथा उद्धार कार्यलाई […]

बाढी प्रभावित थप ७ क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा आज सेवा सुचारु गरेको छ । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन् । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको […]

रसुवा भोटेकोशी बाढीः ७३४ शव फेला, २५ प्रहरी अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बगेकामध्ये ७ सय ३४ जनाको शव फेला परेको छ । घटनामा परेर २५ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ।

भोटेकोशीमा बाढीसँगै थप वर्षाको प्रक्षेपणपछि थपियो उद्धारमा चुनौती

भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ ।

त्रिशुलीको बाढीले सडक कटान गर्दा कृष्णभीरमा यातायात अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ मुग्लिन सडकको कृष्णभीरमा बाढीले सडक बगाएको छ । भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालन रोकिएको हो । धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले […]

अवरुद्ध नारायणगढ–मुग्लिङ–काठमाडौँ र पोखरा सडक खण्ड पूर्ण रूपमा सुचारु

भोटेकोसीमा पुनः बाढी आएको सूचनापछि राजमार्गमा रोकिएका यातायात सञ्चालनमा आएको छ ।

भरतपुर अस्पतालले भन्यो : सयौँ शवको पोष्टमार्टम गर्न कठिन भयो

​चितवन । रसुवाको बाढीमा परेर नारायणी नदीबाट सङ्कलन गरेका शवहरुको पोष्टमार्टम, पहिचान र जैविक नमुना संकलनमा निकै चुनौतीपूर्ण भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. राम प्रसाद सापकोटालेे विज्ञप्ति निकालेर ​अस्पतालसँग उपलब्ध सीमित साधन-स्रोत र न्यून जनशक्तिले एकैपटक सयौँको संख्यामा शवहरू प्राप्त भएपछि शव संरक्षण, पोष्टमार्टम, पहिचान र जैविक नमुना संकलनमा निकै चुनौतीपूर्ण […]

त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौ‌ं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्। प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन […]

Browse by publisher

37