पोखरा स्कुल बस दुर्घटनाको प्रतिवेदन : प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाहीलाई दोष
पोखराको माझठानास्थित ओख्लेमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुनुमा प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाही जिम्मेवार रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले दुर्घटनाको प्राविधिक, मानवीय र सडक पूर्वाधारसम्बन्धी पक्षको अध्ययन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन बुझाएको हो।गत असोज २३ गते बिहान विद्यार्थी लिएर माझठानाबाट कालिकातर्फ जाँदै गरेको ग २ ख १७४७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा प