एनपीएल क्रिकेट : पोखरा र भक्तपुरमा ‘पोखरा एभेन्जर्स फ्यान पार्क’
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्ना समर्थकहरूका लागि दुई शहरमा ‘पोखरा एभेन्जर्स फ्यान पार्क’ सञ्चालनमा ल्याउने भएको छ ।पोखरा एभेन्जर्सले पोखराको हल्लनचोकस्थित क्याम्पिङ चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीमा ‘फ्यान पार्क’ सञ्चालन गर्न लागेको हो ।एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुँदैछ । ‘फ्यान पार्क’ सोमबारदेखि नै सञ्चालनमा आउने पोखरा एभेन्जर्सले जनाएको छ ।सोमबार दुबै स