Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

10 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

काँकरभिट्टाबाट गत आवमा साढे ९ हजार विदेशी पर्यटक भित्रिए

नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन्। छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।नाकाबाट कुल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन्। कुल आगमनको ५३

Lokaantar logoLokaantarPrivatestory14 publishers

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्ज

Lokaantar logoLokaantarPrivatestory11 publishers

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व सङ्कलन गरेको छ ।कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै ३०२ सेवामूलक उद्योग रहेका छन् । त्यसैगरी १४७ उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, तीन सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् ।कार्यालयले सङ्कलन गरेको कुल राजस्वमध्ये

Lokaantar logoLokaantarPrivatestory6 publishers

Yesterday

3

झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु

स्थानीय तहको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने सम्बन्धमा जिल्लास्तरीय पुनरावलोकन अध्ययन समिति झापाले पहिलो चरणको सर्वपक्षीय छलफल सुरु गरेको छ।जिल्ला समन्वय समितिको सभाहलमा सोमबार आयोजित छलफलमा झापाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।छलफलका क्रममा वक्ताले नेपाल सरकारले जारी गरेको स्थानीय तह पुनरावलोकनसम्बन्धी मापदण्ड संशोधन गर्नुपर्ने धारणा राखेका छन्। यसअघि जिल्

Lokaantar logoLokaantarPrivatestory3 publishers

सम्बन्ध विच्छेद प्रमाणपत्रका लागि घुस लिने झापाका वडा सचिव पक्राउ

झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीपछि इटहरीस्थित आयोगको टोलीले उनीमाथि निगरानी बढाएको थियो ।आयोगको टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही वडाको एक होटलबाट नियन्त्रणमा लिएको हो।थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Lokaantar logoLokaantarPrivatestory9 publishers

बढ्दो लागतले संकटमा माछापालन व्यवसाय

पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा बढ्दो उत्पादन लागतका कारण व्यावसायिक माछापालन व्यवसाय संकटमा पर्न थालेको छ । किसानले उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै सरकारसँग उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन् ।नेपाल मत्स्य विकास सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार विद्युत् महसुल, माछाको दाना, औषधि र श्रम खर्च बढ्दा माछापालन कृषि व्यवसाय भए पनि उद्योगसरहको लागत व्यहोर्नुपरेको छ । उत्पादनको मूल्य सोही अनुपातमा नबढ्दा किसानको लगानी जोखिममा परेको उ

Lokaantar logoLokaantarPrivatestory6 publishers

Older

4

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी (पश्चिम), कास्की, बाँके र सुर्खेतबाट गरी २७ जनालाई पक्राउ गरेको हो ।काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलबाट अवैध लागुऔषध गाँजा करिब ३० किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले पक्राउ परेकाहरूले प्रयोग गरेको बा८३ प ४३७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ बाट एक, भद्रपुर

Lokaantar logoLokaantarPrivatestory42 publishers

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शनिबार राति झापा गाउँपालिका–५ का २६ वर्षीय सुरेश हेमरममाथि आक्रमण गर्ने उद्देश्यले झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु आफ्ना तीन जना साथीसहित हेमरमको घर पुगेका थिए ।मुर्मुसँगै १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८

Lokaantar logoLokaantarPrivatestory4 publishers

मुखभित्र खैरो हेरोइन लुकाएर ल्याउने युवक पक्राउ

लागुऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन् ।मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापाबाट पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शङ्का लागेर जाँच गर्दा उनको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Lokaantar logoLokaantarPrivatestory11 publishers

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ः०० बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ व

Lokaantar logoLokaantarPrivatestory11 publishers

Browse by publisher

37