दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि कर्णालीमा गर्ने निर्णय
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा शुक्रबार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ ।मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो । त्यसपछि राष्ट्रिय खेलकुद प्रतिय