
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि कर्णालीमा
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा दशौं संस्करणको प्रतियोगिता कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा
