Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

42 headlines · 35 publishers

Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष जनाएकी छन्। ‘नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट रहँदै आएकी सांसद तामाङले यो विषयमा प्रधानमन्त्री शाहले संसदमा आएर जवाफ दिनुपर्ने तर्क गरेकी छन्। उनको विपक्षीको लगातारको अवरोधका कारण सभामुख डीपी अर्यालसमेत निरीह बन्दै गएको जिकीर गरेकी छन्। ‘हरेक दिन सभामुखको […]

धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा छाडेर नयाँ पार्टी घोषणाको तयारीमा लागेका धवल शमशेर राणालाई पार्टीमै फर्किन आग्रह गरेका छन् । आज धवल शमशेरको नेतृत्वमा बसेको राप्रपाका असन्तुष्ट नेताहरूको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेलगत्तै लिङ्देनले पार्टीमै फर्किन आह्वान गरेका हुन् । ‘म महामन्त्री धवल शमशेर राणालाई पार्टीका […]

3–12 hours ago

10

प्रधानमन्त्रीले माफी मागुन्, नदीले बाटो फेर्दैमा सीमा मिचेको मानिँदैन : पूर्वराजदूत आचार्य

काठमाडौं- भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूभाग मिचेको अभिव्यक्ति अपरिपक्क र गलत सूचनाका आधारमा बोलिएको बताउँछन् । सीमा समस्या पहिचान र समाधान गर्न बनेको नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) का सदस्य समेत रहेका उनी दुई ९७-९८ प्रतिशत स्थानमा सीमा विवादको समाधान भइसकेको दाबी गर्छन् । तथ्यभन्दा बाहिर बोलेकाले सदनबाटै नेपाली जनता […]

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले नेपालको अतिक्रमित भूमिको विषयमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने अभिव्यक्ति दिएको स्मरण गराएका छन् । उनले उक्त अभिव्यक्तिपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले […]

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति माफी नमागेसम्म सदन अवरोध जारी रहने बताएकी छन्। सभामुखले प्रधानमन्त्रीसँग संवादका लागि समय उपलब्ध गराउन संसद् बैठक जेठ २५ गतेसम्म स्थगित गरेको हुनसक्ने अनुमान गर्दै थापाले प्रधानमन्त्रीलाई उत्तरदायी बनाउने जिम्मेवारी सभामुखको पनि रहेको बताइन्। खबरहबसँग कुरा गर्दै थापाले बजेटमाथिको छलफलभन्दा राष्ट्रियताको विषय महत्वपूर्ण रहेको […]

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं– प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता र प्रतिपक्षबीच विभाजन हुन नहुने बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले राष्ट्रिय हितका सवालमा सबै दल एकजुट हुनुपर्ने धारणा राखिन्। उनले विपक्ष सधैं सही र सत्तापक्ष सधैं गलत वा त्यसको उल्टो हुने अवस्था नरहने उल्लेख गर्दै राष्ट्रिय मुद्दामा साझा धारणा आवश्यक रहेको बताइन्। सामाजिक सन्जाल […]

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक पनि बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा उभिएर माफी नमागेसम्मम कांग्रेसले आगामी २५ जेठसम्म संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए । प्रतिपक्षीको निरन्तर विरोधका कारण संसद् पनि जेठ २५ सम्मलाई रोकिएको छ। आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा बालेनले […]

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन् । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका हुन् । सीमाका विषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न […]

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन् । मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले विपक्षी दलहरूले राखेका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् । विपक्षी दलसँगको छलफलमा पनि आफूले यसबारे जानकारी गराएको तर सदनको विरोध नहटाउने […]

नेकपा सांसद दुलालद्वारा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् दुलालले प्रधानमन्त्रीकफ अभिव्यक्तिबारे सत्तारुढ दलको धारणा माग गरेका हुन् । ‘प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नु भएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय […]

विपक्षीको विरोध नरोकिएपछि संसद् बैठक जेठ २५ सम्मलाई स्थगित

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते दिएको गम्भीर अभिव्यक्तिपछि संसद्मा नयाँ तनाव सुरू भएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले सुरूबाटै नाराबाजी र विरोध गरे। सभामुख डोलप्रसाद अर्यालले विपक्षी नेताहरूलाई बोल्न दिए पनि संसद् चल्न सकेन। त्यहीकारण अर्यालले प्रतिनिधि सभाको बैठक जेठ २५ गते बिहान ११ बजेसम्मलाई सभामुख अर्यालले स्थगित गरे […]

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा

काठमाडौं- प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन्। जेठ १७ गते प्रधानमन्त्रीले भारतीय भूमि नेपालले मिचेको छ भनेर दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण उनीहरूले प्रधानमन्त्रीबाट माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग अघि सारेका हुन्। श्रमसंस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर हाजिर हुनुपर्ने […]

Yesterday

11

बालेनका कारण रास्वपामा खैलाबैला : उठ्यो माफी माग्‍नुपर्ने माग, रविले भने, ‘राम्रो भएन, अहिलेलाई कोही नबोलौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू दुई धारमा बाँडिएका छन् । विवेकशील साझाबाट रास्वपा प्रवेश गरेको समूह र पार्टीभित्रकै केही शीर्ष नेताहहरूले प्रधानमन्त्री बालेनले संसद्बाटै नेपाली जनता र देशसँग माफी माग्नुपर्ने आवाज उठाइरहेका छन्। पार्टी सचिवालय स्रोतका अनुसार वालेन्द्र समूह र राष्ट्रिय स्वतन्त्र पार्टीकै केही नेताहरूले पनि माफी माग्नुनपर्ने अडान लिएका […]

सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका […]

सभामुखको गुनासो- संसद्‌का समस्या समाधान गर्न विपक्षीको साथ पाइनँ

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा देखिएको समस्या समाधान गर्न खोज्दा विपक्षी दलको साथ नपाएको बताएका छन् । सोमबार विपक्षी दलका सांसदहरुले सदनको कामकारबाही अघि बढाउन अवरोध गरेपछि सभामुख अर्यालले विपक्षी दलका सदस्यहरूलाई पटक–पटक संवाद गर्नको लागि बोलाए पनि विपक्षी दलबाट समय नपाएको बताए । उनले सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिए पनि विपक्षी दलबाट […]

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

काठमाडौं- नेपालले भारतीय भूमि मिचेको भनेर गम्भीर अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाह अर्को विवादमा परेका छन् । आइतबार अचानक संसद् भवनमा छिरेका उनले हात उठाउँदै सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर बोलेका थिए। त्यसक्रममा उनले प्रतिपक्षी दलका सांसदहरूका प्रश्नको जवाफ दिँदै नेपालले पनि भारतको भूमि मिचेको विवादित भनाइ दिएका थिए। उक्त भनाइपछि सामाजिक सञ्जालदेखि प्रतिपक्षी दलहरू […]

निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ?

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन् । त्यसले तीन करोड नेपालीको शिर निहुर्‍याएको पनि उनले बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिँदा सत्ता पक्षका सांसदहरूले ताली बजाएको कुरामा पनि आपत्ति जनाए । ‘संसद्मा प्रधानमन्त्रीले बोलेको […]

झाँक्रीले भनिन्- रवि भारत जानुपूर्व बालेनले बिनासूचना संसद्‍मा दिएको अभिव्यक्ति नियोजित हुनसक्छ

काठमाडौं– प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । सोमबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्तिका बारे स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने मागेका थिए । राष्ट्रियसभा सदस्य रामकुमारी […]

एमालेले प्रधानमन्त्रीलाई भन्यो : संसद् र जनतासँग माफी माग्नू

काठमाडौं- प्रतिपक्षी नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा राष्ट्रहितविपरीत भएको उल्लेख छ। एमालेले राष्ट्रिय सीमा र स्वाधीनतासम्बन्धी विषय कुनै दल वा सरकारको मात्र नभई सम्पूर्ण […]

विपक्षीको एकस्वर- प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न दिदैनौँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गरेका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर भएको भन्दै क्षमायाचनसहित फिर्ता माग गर्ने निर्णय गरेको हो । बैठकपछि नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल राष्ट्रको शिर […]

वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले तीव्र आपत्ति जनाएका छन्। रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार, आधारहीन र अक्षम्य भएको बताएका छन्। उनले नेपालले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा आफ्नो सीमासम्बन्धी दाबीलाई निरन्तर कूटनीतिक रूपमा उठाउँदै आएको […]

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उनको सचिवालयले बताएको छ । नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली […]

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा सोमबार संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलको सर्वदलीय बैठक बस्दै छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बोलाइएको हो । संसद्को विकसित राजनीतिक घटनाक्रम, प्रतिपक्षी दलको साझा रणनीति र आगामी संसद् बैठकमा खेल्नुपर्ने भूमिकाबारे साझा धारणा […]

Older

19

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति प्रदर्शन गरेको आरोप लगाएको छ । संसद्मा सीमाबारे दिएको अभिव्यक्ति भ्रामक र गैर जिम्मेवार रहेको कांग्रेसको भनाइ छ । संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक हास्यास्पद रहेको कांग्रेसको भनाइ छ । ‘वर्तमान परिप्रेक्ष्यमा दुईपक्षीय सीमा समस्या समाधानमा स्थापित कूटनीतिक च्यानल र संयन्त्रहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले कुन […]

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ । प्रतिनिधिसभा नियमावली पारित गरेपछि बसेको दोस्रो बैठकमा विपक्षीहरूले प्रधानमन्त्री शाह र सभामुखविरुद्ध एमाले सांसदले नाराबाजी गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीलाई देशद्रोही भनेका छन् । यस्तै, सभामुख डीपी अर्याललाई दलीय पक्षधरता लिएको आरोप लगाएका हुन् । संसद्मा आइतबार प्रधानमन्त्री बालेनले सीमा सम्बन्धी प्रश्नोत्तरमा […]

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्टिकरण दिन माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै घिसिङले सामाजिक सञ्जालमार्फत […]

सभामुख अघि बढ्न संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ। विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालविरुद्ध नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका छन् । प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदनलाई पुन: समितिमा लैजानुपर्ने माग राख्दै विपक्षी सांसदहरूले संसद्‌मा अवरोध गरेका हुन् । सभामुख अर्यालले बैठक अगाडि बढाउन खोजेपछि विपक्षी दलका सांसद्हरू रोस्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन् । उनीहरू […]

आजका समाचार : गम्भीर विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब, नेपालले चीनलाई २२१ रनले हरायो र इरान जाँदै गरेको मालवाहक जहाजमा अमेरिकी क्षेप्यास्त्र

संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै राखेको भनाइमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक क्षेत्रका नेतृत्वदेखि विभिन्न क्षेत्रका विज्ञ र आम सर्वसाधारणहरूले सामाजिक सञ्जालमार्फत […]

प्रधानमन्त्रीको जवाफ अपेक्षाअनुसार नभएको सांसद राईको टिप्पणी

काठमाडौं– आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिएपछि विभिन्न दलका नेताहरूले संसद् भवन बाहिर प्रतिक्रिया दिएका छन् । सत्तापक्ष र प्रतिपक्षका नेताहरूले प्रधानमन्त्रीको उपस्थितिलाई सकारात्मक माने पनि जवाफका विषयवस्तु, संसदीय प्रक्रिया र राष्ट्रिय सरोकारका विषयमा फरक–फरक धारणा राखेका छन् । नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनु सकारात्मक भए […]

प्रधानमन्त्री बालेनलाई महामन्त्री पौडेलले भने : मुलुकलाई अप्ठ्यारोमा पार्ने कुरा नबोल्नू

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले प्रधानमन्त्रीजस्तो व्यक्तिले देशको सार्वभौम संसद्मा, विशेषगरी सार्वभौमसत्तासँग जोडिएका विषयमा बोल्दा अत्यन्त गम्भीरता अपनाउनुपर्ने बताएका छन्। उनले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थाको मुलुकले आफ्ना धारणा राख्दा विषयको गहिराइ र सम्भावित प्रभावलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेका छन्। संसद्मा उपस्थित […]

घनश्याम भुसालको कडा टिप्पणी : यो ऐठनको समय हो, ‘नालायक’हरूबाट ‘लफङ्गा’मा राजपाठ सरेको समय हो

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिएको विषयमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले तीव्र आलोचना गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भुसालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रियताप्रतिको गम्भीर लापरबाही भनेका छन् । ‘हामी राजनीतिको कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुराको ज्वलन्त उत्तर आज प्रधानमन्त्रीले […]

बिनातयारी बोल्दा चिप्लिए प्रधानमन्त्री, संसद्को पहिलो सम्बोधन नै ‘गलपासो’

काठमाडौं- बिनातयारी सांसदहरूको प्रश्नको जवाफ दिन खोज्दा प्रधानमन्त्री गम्भीर विषयमा चिप्लिएका छन् । पहिलो पटक संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री शाह देशको सीमाना र अन्तर्राष्ट्रिय सम्बन्धजस्तो गम्भीर विषयमा चुकेका हुन् । बिनातयारी सांसदहरूको प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री बालेन स्वयंले मित्रराष्ट्र भारतको सीमा आफ्नो देशले मिचेको भनेपछि सदनमा हङ्गामा मचिएको हो । सामान्यतया रोस्ट्रमबाट प्रधानमन्त्रीले बोल्दा […]

गम्भीर विवादमा प्रधानमन्त्री, आलोचना र विरोध चर्किँदा रास्वपा नेताहरू ‘तैँ चुप मै चुप’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सिमाना पनि मिचेको भनेर प्रतिनिधिसभामा बोलेपछि देशभर उनको आलोचना भइरहेको छ । विभिन्न दलका नेता र सर्वसाधारणले प्रधानमन्त्रीको राजीनामादेखि अभिव्यक्ति सच्याउन र माफी माग्न आफ्नो धारणा दिइरहेका छन्। यसै विषयमा कुराकानी गर्न हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका पाँचजना नेताहरूलाई टेलिफोन सम्पर्क गरेका थियौँ। तर, ती नेताहरू खबरहबसँग मुख खोल्न तयार […]

संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै राखेको भनाइमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक क्षेत्रका नेतृत्वदेखि विभिन्न क्षेत्रका विज्ञ र आम सर्वसाधारणहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । प्रधानमन्त्री शाहले भनाइ राखेलगत्तै सदनभित्रैबाट सबै प्रतिपक्षी दलका नेताले विरोध जनाएका थिए […]

वालेन्द्रको भनाइबारे नारायणकाजीको टिप्पणी : संसद्‍मै उभिएर माफी मागून्

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको भूभाग मिचेको भन्ने भनाइप्रति असन्तुष्टि विस्फोट भइरहेको छ। उनको यो भनाइ देशको सार्वभौमसत्ता अखण्डता र छिमेकी मुलुकसँगको मित्रता भन्दा बाहिरको रहेको उनले बताए । विभिन्न पार्टी र आमनागरिकले प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउनुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । […]

‘प्रधानमन्त्रीले संसद्‍बाटै झुटो बोले, नेपालले भारतको सीमा मिचेको प्रमाण छैन’

काठमाडौं- सांसदहरूको प्रश्नबाट भाग्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह आइतबार नाटकीय शैलीमा संसद्को रोष्ट्रमा उभिए। गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडलले नीति तथा कार्यक्रम बाचन गर्दै गर्दा बीचमै निस्किएर हिँडेका उनले त्यसयता संसद्लाई छलिरहे। तर आइतबार सभामुख डोलप्रसाद अर्याललाईसमेत समस्यामा पार्ने गरी उनले आशनबाट हात उठाउँदै बोल्ने समय मागे । हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले […]

नेपालले भारतीय भूमि मिचेको भनेपछि बालेनप्रति हर्कको आक्रोश : ‘हुतीहारा’

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि साम्पाङले उनको आलोचना गर्दै ‘हुतीहारा’ भएको टिप्पणि गरेका छन् । साम्पाङले आफ्नो सामाजिक सञ्जालबाट भनेका छन्, ‘प्र.म.ले त नेपालले भारतको भूमि मिचेको रैछ […]

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिएका छौँ :  प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीको प्रश्नको जवाफ दिँदै ‘भिजिट भिसा’मा गएर कामका लागि अनुमति पाएपछि कामदार भिसा लिन नेपाल आउनुपर्ने बाध्यता भएको अवस्थामा विदेशमै बसेर भए पनि कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको अवगत […]

प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति, नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग

काठमाडौं– विपक्षी दलका सांसदहरूले आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएको विषयमा प्रश्न उठाएका छन् । संसद्को नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका हुन् । प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक विषय भए पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए […]

प्रधानमन्त्री बालेनले पहिलो पटक संसद्‍मा उभिएर के के भने ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा पहिलो पटक उभिएर बोलेका छन् । आइतबार आकस्मिक रूपमा बैठकमा पुगेका उनले सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर सांसदहरूका विभिन्न प्रश्नको जवाफ दिएका हुन् । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री शाहलाई प्रश्न सोधेका थिए । प्रधानमन्त्री वालेन्द्र शाहले […]

सांसदहरूलाई जवाफ दिएर हिँडे प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्तारुढ र प्रतिपक्षी केही सांसदहरूको प्रश्नको जवाफ दिएर संसद्बाट बाहिरिएका छन्। उनी प्रतिपक्षी बेन्चका सीमित सांसदहरूको जवाफ दिएर बाहिरिएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद कविन्द्र बुर्लाकोटीले त्यसक्रममा बोले । प्रधानमन्त्री आकस्मिक रुपमा संसद्मा आएर समय मागेकाले आफूले बोल्न दिएको सभामुख डोलप्रसाद अर्यालले बताए । प्रधानमन्त्रीले कांग्रेस, एमाले, श्रमसंस्कृति, राप्रपा […]

प्रधानमन्त्री संसद्‍मा बोल्न तयार, तर विपक्षी दलहरूको नियमापत्ति

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद् बैठकमा बोल्न तयार भएका छन् । उनी बोल्न रोस्ट्रममा उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई दुई मिनेट समय दिएर प्रश्न सोध्न भनेका छन् । अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट समय दिएका छन् । ती दलका सबै सांसदलाई बोल्न दिइएको छैन । बैठकको सुरुमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोल्न […]

Browse by publisher

35