Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

18 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

2

ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको पहिलो जित, पोखरा पराजित

काठमाडौँ– कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे । […]

एनपीएल : पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो । पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक […]

Yesterday

2

सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङमा

काठमाडौँ- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्। प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो। यसअघि […]

एनपीएल : सुदूरपश्चिम र पोखरा भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एपनीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन्। यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे हुनेछ। पोखराको यो प्रतियोगिताको पहिलो खेल हो। गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो। यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिमको लक्ष्य भने […]

Older

14

युनिसको घातक बलिङमा कर्णालीको जित, जनकपुरको हार

काठमाडौँ– कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाएपनि जित दिलाउन सकेनन् । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन बनाए । जिम्मी निशम १५, मायन यादव […]

एनपीएल ३ : कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ– जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध जितका लागि १३३ रनको लक्ष्य पाएको छ। नेपाल प्रिमियर लिग तेस्रो संस्करणको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो। कर्णालीका लागि नन्दन यादव १२ बलमा ९ रन, पवन सर्राफ ३७ बलमा ३७ रन, सोमपाल कामी ५ बलमा १ रन बनाएर […]

कमलसिंहको घातक बलिङमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडौँ- कमलसिंह ऐरीको घातक बलिङको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। जितको नजिक पुगेको विराटनगरलाई अन्तिम समयमा सम्हालिन नदिँदा चितवनले रोमाञ्चक जित दर्ता गर्‍यो। चितवनको जितमा कमलसिंह ऐरी नायक बने। उनले […]

मलानको अर्धशतकमा विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई चितवन राइनोजले १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको चितवनले निर्धारित ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनको चुनौतीपुर्ण लक्ष्यमा इङ्ल्यान्डका डाविड मलानले ७० रनको योगदान दिए। आन्द्रे रसेलले बोल्ड गर्नुअघि उनले ५० बलमा ५ चौका […]

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ रोजेको विराटनगरविरुद्ध चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। […]

डाविड मलानले प्रहार गरे एनपीएल ३ को पहिलो अर्धशतक

काठमाडौँ– चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी ५१ बलमा ७० रन जोडेर आउट भए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । १३ ओभरको दोस्रो बलमा […]

विराटनगर टस जितेर बलिङमा, चितवनको कप्तानी बोपारालाई

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा मंगलबार विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको चितवन राइनोज रवि बोपाराको कप्तानीमा खेलिरहेको छ। यसअघिका खेलमा चितवनको नेतृत्व गर्दै आएका कुशल मल्ल भने आजको खेलमा प्लेइङ ११ मा परेका छैनन्। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। टस हारेपछि […]

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ । साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ […]

साविक विजेता लुम्बिनीको विजयी सुरुवात, हार्यो सुदूरपश्चिम

काठमाडौँ– साविक विजेता लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य साविक विजता लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ […]

एनपीएल ३ को उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै आउट

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सविरुद्ध १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।

प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो सिजन उद्घाटन

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गरेका छन्। उनले केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन्। तेस्रो सिजनको उद्घाटन खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा जारी छ। टस जितेको लुम्बिनी लायन्सले पहिले बलिङ गरेको छ। लुम्बिनी लायन्स दोस्रो संस्करणको विजेता टोली हो […]

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले टस जितेर बलिङ रोज्यो

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि सुरु हुने खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। टस जितेसँगै लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको हो। लुम्बिनी लायन्स दोस्रो संस्करणको विजेता टोली हो भने सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो। […]

एनपीएल हेर्न जाने दर्शकलाई प्रहरीको यस्तो अनुरोध

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सञ्चालन हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ क्रिकेट प्रतियोगितालाई सुरक्षित, मर्यादित एवं सुव्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रतियोगिताका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न, खेलाडी तथा दर्शकको सुरक्षा सुनिश्चित गर्न र खेलमैदानमा अनुशासन कायम राख्न विभिन्न सुरक्षा सतर्कता […]

एनपीएललाई प्रधानमन्त्रीको शुभकामना, ‘नेपाली क्रिकेटको जय होस्’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लाग्दा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले सोमबार बिहान सामाजिक सञ्जालमा सन्देश लेख्दै एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा चित्रण गरेका छन्। केही वर्षकै अवधिमा यो प्रतियोगिता भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उनको भनाइ छ। उनले लिगमा सहभागी […]

Browse by publisher

37