Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

पोखरामा स्कुटर दुर्घटनामा २८ वर्षीय आशीषको मृत्यु

पोखरा– पोखराको न्युरोडमा गएराति स्कुटर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१, नौडाँडा घर भई हाल पोखरा लेकसाइड निवासी २८ वर्षीय आशीष कुँवरको मृत्यु भएको हो । चिप्लेढुंगाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई राति २ बजेर ५० मिनेटमा दुर्घटना भएको हो । स्कुटरको पछाडि […]

ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको पहिलो जित, पोखरा पराजित

काठमाडौँ– कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे । […]

एनपीएल : पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो । पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक […]

Yesterday

2

सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङमा

काठमाडौँ- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्। प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो। यसअघि […]

एनपीएल : सुदूरपश्चिम र पोखरा भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एपनीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन्। यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे हुनेछ। पोखराको यो प्रतियोगिताको पहिलो खेल हो। गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो। यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिमको लक्ष्य भने […]

Older

4

दुई लाख बढी परिवार कांग्रेससँग अलग हुनुभएको छ, उहाँहरूसँग संवाद गर्नुपर्‍यो : सभापति थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन्। बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने पनि बताए। सभापति थापाले ११३औँ बिपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गरी […]

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ । यी दुईको खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुने छ । साँझ पाँच बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । हिजोको उदघाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ […]

कांग्रेसको गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

स्याङ्जा- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले गुमाएको विश्वास पुन:स्थापित गर्न नेताकार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन्। स्याङ्जाको पुतलीबजारमा सोमबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए। ‘कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,’ उनले भने,‘विश्वास पुन:स्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ।’ सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका […]

खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते

काठमाडौँ– खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चारजनालाई घाइते बनाएका हुन् । स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा गई धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चारजना घाइते भएका हुन् । धारिलो हतियार प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका–३ बस्ने ४० वर्षीया अन्जना राईको […]

Browse by publisher

37