Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

10 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

सरकारको कमजोरीका कारण बाढीमा धेरै मानवीय क्षति भयो : घिसिङ

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने बताए। उनले देशमा आइपरेको […]

Himal Press logoHimal PressPrivate8 publishers

1–3 hours ago

1

न्यायपालिकाको जिम्मेवारी साझा प्रयासबाट मात्र सम्भव : प्रधानन्यायाधीश

काठमाडौँ- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको जिम्मेवारी न्यायाधीश र अदालतका कर्मचारीका साथै कानुन व्यवसायीहरूको साझा प्रयासबाट मात्र पूरा हुन सक्ने बताएका छन्। उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै प्रधान्यायाधीश शर्माले बार र बेन्चबीच कुनै विषयमा भिन्न बुझाइ भए आपसी संवादमार्फत समाधान गरी नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्ने समेत बताए। […]

Earlier today

1

भोटेकोशी महाप्रलयबाट पाठ सिकेर जलविद्युत् निमार्णमा लाग्न विज्ञहरूको सुझाव

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राखी जलविद्युत् तथा ऊर्जा पूर्वाधार निर्माणमा आवश्यक सुरक्षा र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। इप्पानद्वारा शुक्रबार ललितपुरमा आयोजित ‘परिवर्तनशील जलवायुमा जलवायु प्रतिरोधी पूर्वाधार निर्माण र भोटेकोशी महाप्रलयबाट सिकेका पाठहरू’ विषयक प्राइभेट फोरममा वक्ताहरूले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले […]

Yesterday

1

युवाविहीन गाउँको कथा ‘लौरो’ मञ्चमा

काठमाडौँ- युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशिँदै जाँदा गाउँ रित्तिँदै गएको छ। गाउँमा वृद्ध बुवाआमा एक्लिँदै छन् भने परिवारभित्रको दूरी पनि बढ्दै गएको छ। यही सामाजिक यथार्थलाई हजुरबुवा र नातिनीको सम्बन्धमार्फत प्रस्तुत गर्ने नाटक ‘लौरो’ कुञ्ज थिएटरमा मञ्चन भइरहेको छ। ललितपुर, सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीको अभिनय रहेको नाटकले युवापुस्ता विदेश पलायन हुँदै गएको वर्तमान […]

Older

6

भोटेकोशी बाढी : नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सद्वारा १० लाख ५१ हजार रुपैयाँ सहयोग

काठमाडौँ- भोटेकोशी बाढीपीडितका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ। कम्पनीका महाप्रबन्धक जगतबहादुर खड्काले […]

पोखराका सेती बाढीपीडितले पनि पठाए रसुवा बाढीपीडितलाई ७ लाख ९३ हजार ७७५ सहयोग

कास्की- सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उदेश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको […]

कालिमाटी तरकारी व्यवसायीले बाढीपीडितलाई दिए साढे ८ लाख ५४ हजार ३ सय रकम

काठमाडौँ- रसुवा बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि कालिमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले साढे ८ लाख ५४ हजार ३ सय सहयोग रकम दिएका छन्। रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीले कृषिमन्त्री गिता चौधरीलाई रकम बुझाएका हुन्। यसअघि पनि उनीहरूले प्रभावित परिवारका लागि ९० बोरा आलु, ३० […]

टेलिकमले संस्थारूपमा बाढीपीडितलाई दियो १० करोड, कर्मचारीबाट २ लाख २६ हजार ६६ रुपैयाँ

काठमाडौँ- भदौ १० को भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावितको लागि नेपाल टेलिकमले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १० करोड (दस करोड रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरेको छ। सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त […]

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

काठमाडौँ- संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बीचको बैठकले यो निर्णय गरेको […]

होटल बाराही ग्रुपले दियो २० लाख ५५ हजार

पोखरा- रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटल बाराही ग्रुपले आर्थिक सहयोग गरेको छ। विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लेकसाइडस्थित होटल बाराही ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख ५५ हजार ८१५ रुपैयाँ सहयोग गरेको हो। बैंकमार्फत कोषमा रकम दाखिला […]

Browse by publisher

37