Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

26 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार (साउन १३ गते बिहान ८:३० बजे) बस्ने भएको छ। नेता श्रेष्ठको ललितपुरको हेलिस अस्तालमा उपचारका क्रममा आज निधन भएको हो। उक्त बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थितिका लागि अनुरोध गरिएको छ। […]

Himal Press logoHimal PressPrivate7 publishers

1–3 hours ago

4

स्वास्थ्य सेवा बन्द नगर्न र दोषीलाई कारबाही गर्न आयोगको निर्देशन

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। साथै, आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक स्वास्थ्य सेवा तत्काल अघि बढाउन पनि आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको […]

नारायणी अस्पतालको असर पोखरामा, उपचार सेवा प्रभावित

पोखरा- वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा चिकित्सकहरूले आन्दोलन गरेपछि पोखराका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघको आह्वानमा देशव्यापी रूपमा भइरहेको आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष डा.सुनिल पनेरुले बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, […]

कांग्रेस नेता गाेपालमान श्रेष्ठको निधन

काठमाडौँ- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको उपचारका क्रममा निधन भएको हो। क्यान्सरपीडित श्रेष्ठको ललितपुरको जाउलाखेलस्थित हेलिअस हस्पिटलमा निधन भएको हो। स्याङ्जाबाट पटकपटक संसद्‌मा निर्वाचित श्रेष्ठले विगतमा उपप्रधानमन्त्री, भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योगमन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। कांग्रेस सभापति गगन […]

चिकित्सक आन्दोलनबारे कांग्रेस सभापति थापाका तीन सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीको माग तत्काल सम्बोधन गर्दै स्वास्थ्य सेवा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। मंगलबार जारी अपिलमा उनले साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनालाई अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन्। नागरिकको जीवन रक्षाका लागि […]

3–12 hours ago

4

नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा

वीरगन्ज- वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्। प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्। दुवै जनाको राजीनामा नआए देशभरकै चिकित्सकले राजीनामा दिने चेतावनी उनीहरूले दिएका […]

सेवा ठप्प पारेर हड्तालमा उत्रिएका स्वास्थ्यकर्मीलाई मन्त्रालयले भन्यो : काममा फर्कनुहोस्, दोषीलाई कारबाही गर्छौँ

काठमाडौँ- चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल […]

नारायणी अस्पतालको विषयलाई लिएर हड्तालमा उत्रदै चिकित्सक, देशभरका अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौँ- नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक […]

डा. गोविन्द केसी किन एकाएक अनशन तोड्न राजी भए? यस्तो छ सहमतिपत्र

काठमाडौँ- डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमतिसँग ५ दिन लामो अनशन तोडिएको छ। विभिन्न माग राख्दै ५ दिनदेखि अनशनरत डा‍. केसीले ७ बुँदे सहमति गर्दै अनशन तोडेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा.केसीले अनशन तोडेका हुन्। शहीद दशरथ चन्द स्वास्थ्य […]

Yesterday

13

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालको सबै सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरेको छ। शनिबार अस्पतालमा भएको घटनाको सम्बन्धमा सोमबार मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्दै स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी कारबाहीको दायरामा ल्याउन र सर्वसाधारण सबैलाई अस्पतालको संवेदनशीलतालाई बुझेर सेवा निरन्तर हुने वातावरण बनाइदिन अनुरोध गरेको हो। […]

चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- स्वास्थ्यकर्मीले चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो। बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि गरेको आक्रमणको विरोधमा अस्पतालका स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन्। पटेलको मृत्युको कारण चिकित्सकको लापरबाहीले भएको आरोप उनका परिवारका […]

किन स्थगित भयो शिक्षा समिति बैठक?

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बस्ने तय भएको बैठक स्थगित गरिएको छ। समिति सचिव दशरथ धमलाद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित गरिएको जानकारी दिइएको हो। समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’ विषयमा छलफल गर्न बोलाइएको बैठक विशेष कारणवश स्थगित गरिएको जनाएको हो। समितिका अनुसार बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, […]

इरानविरुद्धको कारबाहीमा २०७ अमेरिकी सैनिक घाइते, चारको मृत्यु

संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु र २०७ जना घाइते भएको जनाएको छ। पेन्टागनले आइतबार अद्यावधिक गरेको ‘डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम’ का अनुसार जुलाई २५ सम्म इरानविरुद्ध सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान ‘एपिक फ्युरी’ का क्रममा १४ अमेरिकी सैनिकको मृत्यु भएको र ४१७ […]

विषालु सर्पले टोकेर कैलालीमा युवकको मृत्यु

काठमाडौँ– कैलालीको कैलारी गाउँपालिकामा विषालु सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो। सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उपचारकै क्रममा राति १०ः४० बजेतिर […]

सुनसरी झडप र गोली प्रहार प्रकरण : देवानगञ्ज गाउँपालिकाले दियो २ दिन शोक बिदा

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबिच झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ । देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज बजारमा आइतबार राति दुई समुदायबिचको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले […]

कंगोमा इबोला संक्रमित तीन हजार बढी

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोलाको १७औँ प्रकोप तीव्र बन्दै गएको छ। अधिकारीहरूका अनुसार संक्रमितको संख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको संख्या एक हजार ३५४ पुगेको छ। पछिल्लो १० दिनमै थप एक हजार नयाँ संक्रमण पुष्टि भएपछि स्वास्थ्य निकायको चिन्ता बढेको छ। गत मे १५ मा घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डिबुग्यो […]

डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षविहीन, आज पनि बस्ने

काठमाडौँ- डा. गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा पुग्न सकेन। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा सहमति भए पनि उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा सहमति जुट्न सकेन। दुवै पक्ष यसै शैक्षिक सत्रदेखि ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने र एमबीबीएस अध्ययन सुरु गर्ने विषयमा सकारात्मक छन्। आवश्यक पूर्वतयारी र स्वीकृति प्रक्रिया पनि छिटो अघि […]

धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका लागि धादिङ ल्याइपुर्‍याउँदा निधन

काठमाडौँ- कैलालीको धनगढी उपमहानगरपालिका–३ का युवकको आत्मदाह प्रयासपछि मृत्यु भएको छ। शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे घरभित्रै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै आफन्तले उनलाई […]

काठमाडौँको चन्द्रगिरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ- काठमाडौँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा सोमबार बिहान मिनी ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो। घटनामा अर्की एक महिला घाइते भएकी प्रहरीले जनाएको छ। सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२-०३८ प ९८९७ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै ल।१ क ४२५६ नम्बरको मिनी ट्रकले आज बिहान करिब ३ […]

सुनसरी झडप अपडेट : घाइतेको संख्या २१ पुग्यो [नामावलीसहित]

काठमाडौँ- सुनसरीको देवानगञ्जमा गएराति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको एक जनाको मृत्यु भएको घटनामा अन्य २१ जना घाइते भएका छन्। स्थानीय दुई समूहबीचको झडप र आगजनी नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो। देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारी गरेर २१ […]

सुनसरी झडप अपडेट : ५ स्थानमा रातिदेखि नै कर्फ्यु

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। दुईपक्षबिचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । घटनमा प्रदर्शनकारी र प्रहरीतर्फ १६ जना घाइते भएका छन्। […]

सुनसरीमा दुई समूहबीच झडप, प्रहरीको गोली लागेर एकक‍ो मृत्यु

काठमाडौँ– सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। सुनसरी प्रहरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ आइतबार राति ११ः२५ बजे चिकित्सकले मृत […]

Older

4

नारायणी अस्पतालमा बिरामी मृत्यु घटना छानबिन गर्न समिति गठन

पर्सा- नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु […]

कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ- प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार ३०९ नाघेको अलजजिराले जनाएको छ । सरकारी तथ्यांकअनुसार केवल पाँच दिनमै मृत्युदर ४० प्रतिशतभन्दा बढीले बढेको छ। एक प्रमुख जनस्वास्थ्य विज्ञले भाइरस डढेलो जसरी फैलिरहेको चेतावनी दिएका छन्। सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बिहीबारसम्म मृतकसहित पुष्टि भएका संक्रमितको कुल संख्या […]

अनसनरत केसी र सरकारबीच आज संवाद हुँदै

काठमाडौँ- धनगढीमा अनसररत प्रा.डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आइतबार औपचारिक संवाद गर्ने भएका छन्। शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचारिक संवाद भएको बताए। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले पौडेल शनिबार दिउँसो धनगढी पुगेका थिए। सचिव पौडेलले शनिबार साँझ डा. केसीसँग भेटवाट […]

अनशनरत डा. केसीसँग शिक्षा सचिव पौडेलको संवाद

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी शनिबार धनगढी पुगेका थिए। सचिव पौडेलले केसीसँग उनी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका थिए। त्यस क्रममा केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक […]

Browse by publisher

37