कुशल भुर्तेलको कीर्तिमानी शतकमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौँ- ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकीय इनिङ्सको मद्दतमा नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै एसीयन गेम्स क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले मलेसियालाई हराउँदै समूह विजेताको रूपमा अन्तिम चारमा स्थान सुरक्षित गर्यो। हारका बाबजुद मलेसिया समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो। यसअघि चीनलाई पराजित […]