Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2d agolast: 9h ago

कास्कीको धम्पुसमा युवक मृत भेटिए, छ जना पक्राउ

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेल मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार २०८३ कात्तिक ९ गते बिहान करिब ८:२० बजे उनको घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको बारीको पाटामा उनी मृत भेटिएका थिए। घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। सँगै बसेर मदिरा पिएपछि विवाद भएको जनाइएको छ।

5 publishers · 5 headlines · 3 in 24h · developing over 2d 2h
Broke firstOnlineKhabar logoOnlineKhabar

सँगै बसेर मदिरा पिएपछि विवाद : एक जनाको मृत्यु, ६ पक्राउ

९ कात्तिक, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस घिप्लेमा एक युवक मृत फेला परेका छन् । उनको मृत्यु प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार २०८३ कात्तिक ९ गते बिहान करिब ८:२० बजे स्थानीय २२ वर्षीय राजेन्द्र पौडेल घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको बारीको पाटामा मृत अवस्थामा फेला […]

Coverage

4 more headlines since

first · 2d agolatest · 10h ago
  1. सँगै मदिरा पिए, विवाद बढेपछि साथीकै हत्या

    सँगै मदिरा पिएर फर्किने क्रममा सुरु भएको विवादले उग्र रूप लिएपछि माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या भएको प्रहरीले जनाएको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh5 publishers
  2. रक्सीका कारण गयो ज्यान, ५ साथी पक्राउ

    पोखरा । टुरिष्ट पोर्टरको काम गर्दै आएका पर्यटकीय गाउँ धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छे« गाउँपालिका–७ निवासी ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशीष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय तिलबहादुर पुन छन् । प्रहरीले उनीहरुलाई कास्की […] The post रक्सीका कारण गयो ज्यान, ५ साथी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. धम्पुसका २२ वर्षीय राजेन्द्रको हत्या आरोपमा पाँच पक्राउ, यसरी भएको थियो घटना

    पोखरा- पर्यटकीय गाउँ धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ निवासी ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशीष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन्। प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। […]

  4. कास्कीको धम्पुसमा युवक मृत भेटिए, ६ जना पक्राउ

    पोखरा । कास्कीको धम्पुसमा युवक मृत भेटिएका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक मृत भेटिएका हुन् । २२ वर्षीय राजेन्द्र पौडेल घरबाट पूर्वतर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.