Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

24 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

11

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घको १५ लाख सहयोग

१५ भदौ, पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए। विगतदेखि प्राकृतिक विपद् तथा सङ्कटका समयमा […]

बाढी प्रभावितको राहत र उद्धारमा नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।

सिप्रभ्य समूहका सिप्रदी तथा भोटेकोशी पावरद्वारा उद्धार कोषमा ५ करोड सहयोग

१५ भदौ, काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उपयोग हुने विश्वास गरिएको छ । […]

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नारायणी नदीबाट मात्रै ७२ शव सेनाले निकाल्यो

१५ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ । १० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७१ शव नदीबाट निकालेको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट ७२ शव निकालेर प्रहरीलाई बुझाएको हो । शव निकालेपछि मुचुल्काका लागि […]

उद्धार कोषमा माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

१५ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले हालै रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन के.सीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । बाढी तथा पहिरोका कारण […]

बाढीपीडितका लागि पतञ्जलीले सरकारी कोषमा जम्मा गर्‍यो २ करोड ११ लाख

१५ भदौ, काठमाडौं । पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो । पतञ्जलि नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रदान गरेका […]

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

१५ भदौ,बुटवल । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरुको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । प्राकृतिक विपतका कारण रसुवा, […]

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

१५ भदौ, दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा […]

कर्णालीका कांग्रेस सांसदद्वारा बाढीपीडितका लागि २ लाख २५ हजार सहयोग

१५ भदौ, सुर्खेत । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन्। सांसदहरूबाट सहयोगस्वरूप प्राप्त उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिंगापुर बेभरेजेजको २० लाख सहयोग

१५ भदौ, काठमाडौं । झापाको मेचीनगर-४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजेजले जनाएको छ । राष्ट्र र नागरिकमाथि परेको यस […]

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत

१५ भदौ, चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ […]

Older

13

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड सहयोग

१४ भदौ, काठमाडौं । हिमालयन बुलियनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भदौ १० गते आएको बाढीका कारण प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पुर्‍याउन कम्पनीले उक्त रकम उद्धार कोषलाई प्रदान गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हिमालयन बुलियनले सो रकम हस्तान्तरण गरेको छ । […]

त्रिवि शिक्षण अस्पतालले भन्यो– अब १० वटा मात्रै शव अट्छ, विकल्प सोचौं

१४ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेका छन् । यसैबीच काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ । त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार, अहिलेसम्म रसुवा बाढीका ६० वटा शव ल्याइएका छन् । जसमध्ये ८ वटाको पहिचान भइसकेको छ भने २८ वटाको […]

सिद्धार्थ बैंकद्वारा उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

१४ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । […]

भोटेकोशी बाढीपीडितका लागि गीतकार संघको सहयोग

१४ भदौ, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागिआर्थिक सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार आर्थिक सहयोग गरेको हो । बाढी पहिरोबाट भएको जनधनको क्षति र मानवीय पीडाको यस घडीमा आफ्नो सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वासले सहयोग गरिएको […]

बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

१४ भदौ, झापा । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाखसहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत […]

श्रीमतीको उपचार गर्न जुटाएको पैसा बाढीमा गुमाएका व्यक्तिलाई आश्मा र नीतिको सहयोगी हात

काठमाडौं । भोटेकोशी बाढीले प्रभावित एक परिवारलाई मिस नेपालले आर्थिक सहयोग प्रदान गरेका छन् । १० भदौको बिहान भोटेकोशीमा उर्लिएको बाढीमा रसुवाको उत्तरगया-५, बेत्रावतीका राजकुमार डंगोलले पनि सबथोक गुमाए । सबैभन्दा ठूलो पीडा चाहिँ मिर्गाैला रोगी पत्नी विष्णुकुमारीको उपचारका लागि उनले जुटाएको २५ लाख रुपैयाँ र गरगहना गुमाउँदा भयो । दुःख गरेर कमाएको रकम र […]

बाढी प्रभावितका लागि सानिमा बैंकको २ करोड २५ लाख सहयोग

१४ भदौ, काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो […]

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

१४ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानमा भएको ठूलो क्षतिप्रति मुदिुःख व्यक्त गर्दै बैंकले सो सहयोग प्रदान गरेको छ । यस विपत्तिमा जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै […]

बाढी पीडितका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ करोड सहयोग

१४ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढी पीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाढीमा परी […]

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब ४ करोड

१३ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री बालेन शाहले ९ वटा वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिए । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी […]

विपद् व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख खर्च गर्ने

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ सहयोग गर्ने भएको छ । भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७ औँ कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, […]

डोटीको सायल गाउँपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग

१३ भदौं, डोटी । डोटीको सायल गाउँपालिकाले रसुवा बाढीपीडितका लागि आह्वान भएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन शनिबार आर्थिक सहयोग गर्ने निर्णय भएको बताए । यस्तै, रसुवा बाढीमा परेर बेपत्ता […]

बाढी प्रभावितलाई सबिता ग्रुप होल्डिङको ५ लाख सहयोग

१३ भदौ, काठमाडौं । कृषि तथा पोल्ट्री (लेयर्स) व्यवसायमा संलग्न कम्पनी सबिता ग्रुप होल्डिङ प्रालिले देशमा हालै आएको बाढीपहिरो र प्राकृतिक विपद‍्‍बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक […]

Browse by publisher

37