Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

9 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

1

भोटेकोशी र त्रिशूलीको बाढीमा प्रहरीलाई ठूलो क्षति :प्रहरी महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी र त्रिशूलीमा आएको बाढीका क्रममा प्रहरी कर्मचारीले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले भोटेकोशीको बाढीमा परी तीन जना प्रहरीको मृत्यु भएको र २५ जना अझै सम्पर्कविहीन रहेको बताए। विपद्पछि प्रहरीले अन्य सुरक्षा निकायसँगै खोज तथा उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय […]

Yesterday

5

अख्तियारमा अर्काको नामबाट झुटो उजुरी दिँदा आफैँ परे कारबाहीमा

काठमाडौं। अर्काको नामबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुटो उजुरी दिएको पुष्टि भएपछि रुकुम पश्चिमका एक व्यक्तिलाई २ हजार रुपैयाँ जरिवाना गरिएको छ। जरिवानामा पर्ने व्यक्ति आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगर हुन्। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले एबी राई अर्थात् आङबाबु राईको नाम प्रयोग गरी आयोगमा उजुरी दिएका थिए। उजुरीमा आफूलाई नेपाल प्रहरीका नायब […]

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अतिरिक्त शुल्क असुलीको आरोप, चार जना पक्राउ

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम असुल गरेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाटसहितको जाहेरीका आधारमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मलेसियामा वैदेशिक रोजगारीका लागि […]

म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ

काठमाडौँ। म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् । उनले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीहरूको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्ने संस्था समेत सञ्चालन गर्दै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार खड्कालाई ललितपुरबाट पक्राउ गरेको हो । उनीमाथि ठगीको उजुरी परेको थियो ।

काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला

काठमाडौं। काठमाडौँस्थित रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ। बिहीबार ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। पोखरीमा शव तैरिरहेको देखेपछि प्रहरी टोलीले बाहिर निकालेको थियो। शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान […]

चाडबाड लक्षित सुरक्षा योजना–२०८३ लागु: देशैभर ५० हजार ४५८ प्रहरी परिचालन

–कोशी प्रदेशअन्तर्गत ८ हजार १३३ –मधेस प्रदेशअन्तर्गत ७ हजार २३० –बागमती प्रदेशअन्तर्गत ४ हजार ४९९ –गण्डकी प्रदेश अन्तर्गत ५ हजार १८८ –लुम्बिनी प्रदेशअन्तर्गत ७ हजार ९२१ –कर्णाली प्रदेशअन्तर्गत ५ हजार ३१४ –सुदूरपश्चिम प्रदेशअन्तर्गत ४ हजार ५०५ काठमाडौँ नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३ लागू गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप […]

Older

3

ममाथि छानबिन होस्, दोषी भए कारबाही स्वीकार्छु : खगेन्द्र सुनार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध उठेका आरोपबारे निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेका छन्। अनुसन्धानका क्रममा आफू दोषी प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट हटाइए पनि स्वीकार गर्ने उनले बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि लागेका आरोपको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई आग्रह […]

खगेन्द्र सुनारलाई तत्काल निलम्बन गरी कारबाही गर्न रास्वपाका महिला सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई तत्काल सांसद पदबाट निलम्बन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। सुनारमाथि आर्थिक शोषण, मानसिक तथा शारीरिक यातना दिएको र ज्यान मार्ने धम्की दिएको जस्ता गम्भीर आरोप लागेको छ। उक्त आरोपको विषयलाई गम्भीर रूपमा लिँदै रास्वपाका महिला सांसदहरूले […]

बुढीगण्डकीमा विनाशकारी बाढीको कारण हिमपहिरो र ठूलो पहिरो, प्राधिकरणको प्रतिवेदन सार्वजनिक

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमपहिरो र ठूलो पहिरो रहेको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदनअनुसार असोज २५ गते बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोला सिरानमा ठूलो हिमपहिरो र पहिरो गएको थियो। बिहान करिब ४:२० […]

Browse by publisher

37