Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

19 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

बाढीपीडितको घाउमा कलाकर्मीको मल्हम

रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रका कलाकारले सहयोगको हात अघि बढाएका छन्। बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कलाकारहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुका साथै राहत तथा उद्धारका लागि आर्थिक सहयोगसमेत जुटाउन थालेका छन्। कतिपय कलाकारले आफूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको रकमको स्क्रिनसट सामाजिक […]

भुवन चैत्य वसुन्धरा फाउन्डेसनद्वारा ३ लाख ४१ हजार सहयोग

भुवन चैत्य वसुन्धरा फाउन्डेसनको पहलमा बाढीपीडितका लागि ३ लाख ४१ हजार सहयोग रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भुवन चैत्य वसुन्धरा फाउन्डेसनले ३ लाख ४१ हजार रुपैया“ सहयोग गरिएको छ। फाउन्डेसनसँग आबद्ध पदाधिकारी,सदस्य तथा समाजसेवीहरूबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। फाउन्डेसनकी निर्वतमान अध्यक्ष भुुवन चन्द […]

3–12 hours ago

1

शव गाडिए पनि पहिचानको बाटो बन्द नहुने

काठमाडौँ । भोटेकोशीको असामान्य बाढीले बगाएर क्षतविक्षत अवस्थामा भेटिएका शवलाई जनस्वास्थ्यको जोखिमका कारण जमिनमुनि गाडिए पनि परिवारवारजनले आफन्तको शव पाउने बाटो भने बन्द भएको छैन । सरकारले डीएनए, औँठा छापलगायत वैज्ञानिक प्रमाण सुरक्षित राखेर पछि पहिचान खुलेमा गाडिएको शवसमेत उल्खनन गरी परिवारलाई बुझाउन सकिने व्यवस्था गर्दै शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गरेको गृह मन्त्रालयले जनाएको छ […]

Yesterday

7

भोटेकोशी बाढीपछि चितवनमा २८० शव व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका शव फेला पर्ने क्रम जारी छ। अत्यधिक संख्यामा शव फेला परेपछि पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार रातिसम्म २८० वटा सनाखत हुन नसकेका शव व्यवस्थापन गरिएको […]

श्री मदन बाबा भक्ति केन्द्रद्वारा विपद्पीडितका लागि ३ लाख ४० हजार सहयोग

नेपालगञ्ज। बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि श्री मदन बाबा भक्ति केन्द्रले ३ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ। केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ। विपद्मा परेका नागरिक तथा परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गरिएको केन्द्रकी केन्द्रीय अध्यक्ष शारदा तिवारीले जानकारी […]

सिप्रदी र भोटेकोशी पावरद्वारा विपद् कोषमा ५ करोड १ लाख सहयोग

काठमाडौं। बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्। बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग रकम उद्धार तथा राहत, स्वास्थ्य उपचार र बाढीबाट क्षतिग्रस्त पूर्वाधारको […]

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ। भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवारको कठिन परिस्थितिलाई मध्यनजर […]

शारदा ग्रुपको १ करोड १ लाख सहयोग, बाढी प्रभावित गाउँ पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट दिने

काठमाडौं। भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि शारदा ग्रुपले विभिन्न सहयोगका कार्यक्रम घोषणा गरेको छ। ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिपछि प्रभावित परिवारलाई राहत तथा उद्धारमा […]

सिन्धुपाल्चोककाे भोटेकोशी गाउँपालिकाले बेपत्ता ७३ र मृतक परिवारलाई २–२ लाख राहत दिने निर्णय

सिन्धुपाल्चोक । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका बेपत्ता भएका ७३ जना र मृत्यु भएका एक जनाका परिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ। गाउँपालिकाले प्रत्येक परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो। गाउँ कार्यपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक […]

चितवनमा १९९ शवको व्यवस्थापन, अझै नदी किनारमा खोजी जारी

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका तथा सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाट क्षेत्रको जङ्गलमा आइतबार रातिसम्म ती शवहरूको व्यवस्थापन गरिएको हो।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बाढीपछि चितवनका विभिन्न नदी किनार तथा आसपासका […]

Older

9

देवघाटस्थित जंगलमा शव व्यवस्थापन गर्दै सुरक्षाकर्मी

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बगेर त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका पहिचान हुन नसकेका शवहरू देवघाटस्थित जंगलमा व्यवस्थापन गर्दै सुरक्षाकर्मी । बाढीपछि नारायणी नदी तथा नदी किनारका विभिन्न क्षेत्रमा फेला परेका शवहरू सुरक्षाकर्मीले सङ्कलन गरी भरतपुर अस्पताललगायत सम्बन्धित स्वास्थ्य संस्थामा ल्याएर पहिचानको प्रयास गरेका छन् । पहिचान खुल्न नसकेका शवको डीएनए […]

जमिनमुनि राखिएको शव कति समयसम्म सुरक्षित हुन्छ ?

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका पहिचान नखुलेका शवको व्यवस्थापनको काम तीव्र पारिएको छ। ठूलो संख्यामा शव फेला परेपछि तत्काल दाहसंस्कार गर्न कठिन भएपछि सम्बन्धित निकायले शवलाई वैज्ञानिक र सम्मानजनक ढंगले जमिनमुनि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको हो । चितवनमा बाढीपछि हालसम्म ठूलो संख्यामा शव फेला परिसकेको […]

भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंकका अध्यक्ष राहुल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बश्यालले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम […]

उपचारका लागि राखेको २५ लाख बाढीले बगाएपछि राजकुमारलाई मिस नेपालले गरे सहयोग

भोटेकोशी बाढीपीडित राजकुमार डंगोललाई पूर्वमिस नेपाल आश्माकुमारी केसी, पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गत १० भदौ बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उत्तरगया–५, बेत्रावतीका राजकुमार डंगोलको परिवारले ठूलो क्षति बेहोर्नुपरेको थियो। बाढीले उनको घर तथा सम्पत्तिसहित श्रीमती विष्णुकुमारीको उपचारका […]

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ करोड १ लाख सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले […]

प्रधानमन्त्री राहत कोषमा ४ करोड ५४ लाख जम्मा गरिने

–दैनिक उपभोग्य सामान, निःशुल्क बस र आवासको सुविधासम्म व्यवस्था काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख रुपैयाँ जम्मा गर्ने भएको छ । रसुवा भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनका महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न बोलाइएको ५७ औँ कार्यपालिका बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सनसहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, […]

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा ५ अर्बभन्दा बढी

काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन शाहका अनुसार ९ वटा वाणिज्य बैंकका खातामा उक्त रकम जम्मा भएको हो। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग प्राप्त भएको […]

संकलित शवलाई नवलपरासी पूर्वका दुई सामुदायिक वनमा व्यवस्थापन गरिने

नवलपरासी। भाेटेकाेशी तथा त्रिशुलीकाे बाढीमा परि ज्यान गुमाएका मानिसहरूकाे नारायणी नदीबाट संकलित पहिचान नखुलेका शवहरूलाई सामुदायिक वनमा व्यवस्थापन गरिने भएकाे छ । विपद व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिकाे निर्णय अनुसार पहिचान नखुलेका,शरीरका अङ्गहरू टुक्रिएकाे अवस्थामा फेला परेका शवहरूकाे डिएनए नमूना संकलन तथा पाेष्टमार्टम गरी कानुनी प्रकृया पूरा गरेर शवकाे व्यवस्थापन गर्न लागिएकाे जिल्ला प्रहरी प्रमुख […]

चितवनमा थप २६ शव फेला

चितवन । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकाहरूको खोजीकार्य चितवनमा शनिबार पनि जारी रह्यो। बाढीले बगाएर ल्याएका थप २६ शव शनिबार साँझसम्म चितवनका विभिन्न क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।थप २६ शव फेला परेसँगै चितवनमा संकलित शवको संख्या २५९ पुगेको छ। तीमध्ये हालसम्म ६ वटा शवको […]

Browse by publisher

37