Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

24 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

बाढीपीडितको घाउमा कलाकर्मीको मल्हम

रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रका कलाकारले सहयोगको हात अघि बढाएका छन्। बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कलाकारहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुका साथै राहत तथा उद्धारका लागि आर्थिक सहयोगसमेत जुटाउन थालेका छन्। कतिपय कलाकारले आफूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको रकमको स्क्रिनसट सामाजिक […]

भुवन चैत्य वसुन्धरा फाउन्डेसनद्वारा ३ लाख ४१ हजार सहयोग

भुवन चैत्य वसुन्धरा फाउन्डेसनको पहलमा बाढीपीडितका लागि ३ लाख ४१ हजार सहयोग रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भुवन चैत्य वसुन्धरा फाउन्डेसनले ३ लाख ४१ हजार रुपैया“ सहयोग गरिएको छ। फाउन्डेसनसँग आबद्ध पदाधिकारी,सदस्य तथा समाजसेवीहरूबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। फाउन्डेसनकी निर्वतमान अध्यक्ष भुुवन चन्द […]

3–12 hours ago

2

चामल–दालमोठ होइन, अब खानेपानी चाहियो

धादिङ गल्छी । रसुवाको भोटेकोशी नदीमा हिमपहिरोपछि आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति गरायो । बाढीका कारण गल्छी क्षेत्रमा २७९ परिवार विस्थापित भए भने ११४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की पुल र छवटा झोलुङ्गे पुल बाढीले बगाएको छ । सडक तथा यातायात संरचनामा समेत ठूलो क्षति पुगेपछि बाढी प्रभावित […]

उद्धारकर्मीबाहेक मानिस छैनन् रसुवागढीमा

–हेलिकोप्टरको आवाजले मात्रै भंग गर्छ सन्नाटा–रसुवागढीदेखि बेत्रावतीसम्म मृत्युको मौनता–बस्ती बगरमा परिणत, सडकविहीन गाउँ ‘नाकाबन्दी’मा बाढीको छैटौँ दिन : घरमा भोटेताल्चा, गोठमा भोकाएका पशु, नदी किनारमा आफन्त खोज्दै एकोहोरो आँखा रसुवागढी । गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको छैटौं दिनसम्म पनि रसुवागढीको जनजीवन सामान्य हुन सकेको छैन । बाढीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहसनहस […]

Yesterday

11

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता तथा सक्रियताका साथ लागिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री शाहले यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मिडिया, विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयंसेवक संस्था तथा आमनागरिकको भूमिका कदरयोग्य र […]

भोटेकोशी बाढीपछि शव खोजी र व्यवस्थापनमा सेना परिचालन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभावित क्षेत्रका नदी तथा तटीय क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ । बाढीमा परी बेपत्ता भएका व्यक्तिका शव त्रिशूली र नारायणी नदी हुँदै चितवनका विभिन्न नदी तटीय क्षेत्रमा समेत […]

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटी […]

बैरेनीका बाढी प्रभावितको माग- चामल-दालमोठ होइन, अब खानेपानी चाहियो

धादिङ (गल्छी) . रसुवाको भोटेकोशी नदीमा हिमपहिरोपछि आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति गरायो। बाढीका कारण गल्छी क्षेत्रमा २७९ परिवार विस्थापित भए भने ११४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। दुई वटा पक्की पुल र छ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ। सडक तथा यातायात संरचनामा समेत ठूलो क्षति पुगेपछि बाढी प्रभावित […]

श्री मदन बाबा भक्ति केन्द्रद्वारा विपद्पीडितका लागि ३ लाख ४० हजार सहयोग

नेपालगञ्ज। बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि श्री मदन बाबा भक्ति केन्द्रले ३ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ। केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ। विपद्मा परेका नागरिक तथा परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गरिएको केन्द्रकी केन्द्रीय अध्यक्ष शारदा तिवारीले जानकारी […]

सिप्रदी र भोटेकोशी पावरद्वारा विपद् कोषमा ५ करोड १ लाख सहयोग

काठमाडौं। बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्। बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग रकम उद्धार तथा राहत, स्वास्थ्य उपचार र बाढीबाट क्षतिग्रस्त पूर्वाधारको […]

नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ। भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवारको कठिन परिस्थितिलाई मध्यनजर […]

शारदा ग्रुपको १ करोड १ लाख सहयोग, बाढी प्रभावित गाउँ पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट दिने

काठमाडौं। भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि शारदा ग्रुपले विभिन्न सहयोगका कार्यक्रम घोषणा गरेको छ। ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिपछि प्रभावित परिवारलाई राहत तथा उद्धारमा […]

सिन्धुपाल्चोककाे भोटेकोशी गाउँपालिकाले बेपत्ता ७३ र मृतक परिवारलाई २–२ लाख राहत दिने निर्णय

सिन्धुपाल्चोक । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका बेपत्ता भएका ७३ जना र मृत्यु भएका एक जनाका परिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ। गाउँपालिकाले प्रत्येक परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो। गाउँ कार्यपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक […]

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा भोटेकाशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल केन्द्रित रहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा भएका समस्या, उद्धार र राहतका विषयमा सभापति र प्रधानमन्त्रीबिच […]

प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान तथा खोजी, उद्धार, राहत र व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग सघन छलफल अघि बढाएका छन्। प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी तथा उद्धार कार्य, राहत वितरण र घाइतेहरूको व्यवस्थापनबारे विस्तृत ब्रिफिङ लिएका छन्। रक्षामन्त्रीसमेत रहेका […]

Older

9

भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंकका अध्यक्ष राहुल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बश्यालले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम […]

उपचारका लागि राखेको २५ लाख बाढीले बगाएपछि राजकुमारलाई मिस नेपालले गरे सहयोग

भोटेकोशी बाढीपीडित राजकुमार डंगोललाई पूर्वमिस नेपाल आश्माकुमारी केसी, पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गत १० भदौ बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण उत्तरगया–५, बेत्रावतीका राजकुमार डंगोलको परिवारले ठूलो क्षति बेहोर्नुपरेको थियो। बाढीले उनको घर तथा सम्पत्तिसहित श्रीमती विष्णुकुमारीको उपचारका […]

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ करोड १ लाख सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले […]

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र उपचारका काम तीव्र रूपमा भइरहेको : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा तीन तहका सरकार, सुरक्षाकर्मी र विभिन्न निकायको समन्वयमा खोज, उद्धार तथा राहत कार्य तीव्र रूपमा भइरहेको बताउनुभएको छ। सरकारका अनुसार शनिबार साँझसम्म हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनाको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ हेलिकप्टरले २३६ उडान भरिसकेका छन् भने सेना, नेपाल प्रहरी र सशस्त्र […]

प्रधानमन्त्री राहत कोषमा ४ करोड ५४ लाख जम्मा गरिने

–दैनिक उपभोग्य सामान, निःशुल्क बस र आवासको सुविधासम्म व्यवस्था काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ५४ लाख रुपैयाँ जम्मा गर्ने भएको छ । रसुवा भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनका महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न बोलाइएको ५७ औँ कार्यपालिका बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सनसहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, […]

ल्हेन्दे खोलामा पुनः भीषण बाढी, नारायणगढ–मुग्लिङ हुँदै काठमाडौं र पोखरा जाने सडक ठप्प

काठमाडौं । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको बहाव बढेसँगै सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अपिल गरेका छन्। बाढी तथा पहिरोको जोखिम बढेपछि चितवन प्रहरीले नारायणगढबाट मुग्लिङ हुँदै […]

हेलिकोप्टर देखेपछि जनता उत्साहित

–बाढीपीडित जमिनमा काठमाडौँ । भोटेकोशीको भेलले घर बगाएको छ । खेत बगर बनाएको छ । सडक र पुलको नामोनिशान छैन । कतिपयका आफन्त बेपत्ता छन् । कतिपय परिवारले आँखैअगाडि आफ्ना मान्छे गुमाएका छन् । तर बाढीपछि बाँचेका नागरिकको अर्को पीडा अहिले सुरु भएको छ, उद्धार र राहतको प्रतीक्षा । सरकारले उद्धार, राहत तथा पुनःस्थापनालाई राज्यको […]

भोटेकोशीमा बहाव बढ्यो, ठूलो बाढीको जोखिम छैन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढे पनि तत्काल ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशीको बहाव बढेको हो। नुवाकोट क्षेत्रमा पनि नदीको बहाव केही बढेको भए पनि अवस्था ठूलो बाढी आउने खालको नरहेको जनाइएको छ। यसअघि ल्हेन्दे खोलामार्फत भोटेकोशीमा पुनः बाढी […]

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा ५ अर्बभन्दा बढी

काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन शाहका अनुसार ९ वटा वाणिज्य बैंकका खातामा उक्त रकम जम्मा भएको हो। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर सहयोग प्राप्त भएको […]

Browse by publisher

37