सुदूरपश्चिमको पहिलो जित, पोखरा स्तब्ध
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन र अनिल खरेलको धारिलो बलिङ सामु पोखरा स्तब्ध बन्न पुग्यो।पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्यो।सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार अर्धशतकीय पारी खेले। उनले ३६ बलको सामना गर्दै