Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

48 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको उद्धारमा सरकार निरन्तर असफल भएको छ । उक्त उद्धारमा सरकारकै निकायबीच समन्वय देखिएको छैन। अर्कोतिर डोजरहितका उपकरणको पनि अभाव छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सुरुङमा फसेकालाई उद्धार गर्न प्राविधिक र इन्जिनियर खटिएका छन् । आवश्यक स्काभेटर, […]

3–12 hours ago

1

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी सोमबार साँझसम्म ९३९ जनाको शव फेला परेको छ भने तीन हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन् । खोजी कार्य जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र […]

Yesterday

17

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न […]

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार मंगलबार एक जर्मन नागरिकसहित १०९ जनाको हवाई उद्धार गरिएको छ। सेनाका अनुसार त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘टनेल हेड’ फेला परेको छ। कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ भने भित्र जमेको पानी निकाल्ने […]

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास भेटिने क्रम जारी छ । रसुवाको बाढी नेपालबाट बगाएर लगेको समानहरू बिहारका स्थानीयहरूले त्यहाँस्थित गण्डक नदीबाट झिकिरहेका छन् । पुलमा भीड लागेर ग्यास सिलिन्डर र उपयोगी सामान झिकिरहेको भिडियो सामाजिक सञ्जालमा राखेका छन् । उक्त भिडियो अहिले नेपाली फेसबुक प्रयोगकर्ता पनि सेयर गरिरेहका छन् । […]

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको दूरसञ्चार सेवा प्रायः सबै स्थानमा सञ्चालनमा आएको छ । बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका नेपाल टेलिकम र एनसेलका टावर तथा साइट मर्मत एवं पुनःस्थापना गरेपछि सेवा सञ्चालनमा आएको हो । बाढीपछि धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । कतिपय टावरमा आवश्यक […]

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु धेरै क्षतिसँगै चीनदेखि काठमाडौंसम्म आइपुग्ने लामो सडकखण्ड पनि पूर्ण रूपमा क्षतिग्रस्त बन्न पुगेको छ । जसका कारण रसुवा नाका हुँदै नेपाल ल्याउनको लागि आउँदै गरेका सयौँ मालबाहक साधन यतिबेला बाटोमा नै अलपत्र परेका छन् । बाढीले गरेको विनाशका कारण भएको मानवीय क्षतिको व्यवस्थापन, घाइतेको उपचार […]

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ । बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ […]

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ । स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालन गरी रसुवाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने उद्देश्यले आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ । साञ्जेन जलविद्युत् […]

Khabarhub logoKhabarhubPrivate4 publishers

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभाव परेपछि शव खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ। बाढीमा परी बेपत्ता भएकाहरूको शव चितवनका नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि आजदेखि ड्रोन, रबरबोटलगायतका उद्धार सामग्रीसहित ४३६ जनाको संयुक्त फौज खोज तथा उद्धार कार्यमा परिचालन […]

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले प्रभावकारी उद्धार गर्न आग्रह गरेका छन् । बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो क्षति भएपनि राज्यको उपस्थिति नदेखिएको भन्दै उनीहरूले अवस्थाको गम्भीर मनन गरी तत्काल प्रभावकारी उद्धार र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएका हुन् । रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ कैदेलेटारका स्थानीय विक्रम […]

भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको खोजी तीव्र

काठमाडौं– भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी […]

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो

रसुवा- रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कोही मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ। बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएपछि सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो। उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म […]

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि प्रमुख सन्तोष अधिकारीसहित ५१ जना कर्मचारी र ४२ मजदुर गरी केन्द्रका ९३ जनशक्ति हाल बेपत्ता अवस्थामा रहेको जानकारी दिए । इन्जिनियर पौडेलले भोटेकोशी बाढीबाट टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षिका समेत रहेकी आफ्नी श्रीमती कविता न्यौपाने पौडेलसहित रसुवागढी जलविद्युत् केन्द्रका सबैजसो सहकर्मी […]

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ । सरकारले अहिलेको विषम परिस्थितिमा आपत्कालीन अवस्था घोषणा गरी जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित सरोकार भएका सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी हवाई कम्पनीहरूको […]

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर विशेष अपिल जारी गरेको छ । बाढीको प्रत्यक्ष असर नपरेका, न्यून प्रभावित भएका तथा सुरक्षित उच्च स्थानमा रहेका नागरिकहरूबाट समेत हेलिकोप्टर उद्धारको माग भइरहेकोप्रति ध्यानाकर्षण गराएको हो । सीमित साधन र स्रोतको विषम परिस्थितिमा अत्यन्तै आवश्यक […]

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ । उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले ४ हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित […]

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएको जनाइएको छ । आयोजनामा कार्यरत बाढीबाट भागेर ज्यान बचाउन सफल कर्मचारीहरूका अनुसार क्याम्प क्षेत्रका घर बाढीले बगाएको नभई ठूलो मात्रामा आएको लेदोले पुरिएका हुन् । पुरिएको घरभित्र आयोजनाका वरिष्ठ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्य […]

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि राति पनि काम गरिएको छ । उद्धार टोलीले सुरुङसम्म पुग्ने बाटो खोल्दै बाक्लो कंक्रिट स्ल्याब फुटाएर सुरुङभित्र प्रवेश गर्ने तयारी अघि बढाएको छ। आयोजनाको पछिल्लो अपडेटअनुसार सुरुङको करिब ४०० मिलिमिटर बाक्लो ‘क्राउन स्ल्याब’ फुटाउन ब्लास्टिङ गरिएको छ। यसअघि […]

Older

29

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये हालसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको हो । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत ९सिईओ० हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन […]

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सरकारले उद्धार कार्यलाई तीव्रता दिएको छ । ऊर्जा मन्त्रालयको सचिवालयका अनुसार सुरुङभित्र रहेकाहरूको जीवनरक्षा र उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरी युद्धस्तरमा काम भइरहेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आज रातभर […]

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरू पुनः सञ्चालनमा आएका छन् । आज सञ्चालनमा आएका साइटहरूमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरू रहेका नेपाल टेलिकमले जनाएको छ । त्यसैगरी नुवाकोटको […]

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर र इन्जिनियहरूको उद्धारमा सफलता हात लागेको छ। नेपाली सेनाका इन्जिनियरले सुरुङ भेट्टाउन ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्। उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथै सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको […]

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारमा महत्त्वपूर्ण प्रगति भएको छ। नेपाली सेनासहितको उद्धार टोलीले सुरुङसम्म पहुँच स्थापित गर्न सफलता पाएको हो। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने काम ‘ब्रेक थ्रु’ भएको हो । गृह मन्त्रालयका अनुसार टनेल इन्ट्री खोल्ने लक्ष्यमा सफलता मिलेको हो […]

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो । टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ । साथै, उद्धार कार्यमा […]

त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार तीव्र : उपकरण हेलिकप्टरमा लगिँदै, सुरुङको प्रवेशद्वार खोल्ने प्रयास ‘ब्रेक थ्रु’ नजिक

काठमाडौं- रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले उद्धार अभियान तीव्र बनाएको छ। आयोजनास्थलसम्म पुग्न सडक अवरुद्ध भएपछि सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएर डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम गरिरहेको छ। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति पुनः […]

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा पछिल्लो समयसम्म अगाडिको मुख्य भागमा ड्रिलिङ गरेर ४ वटा प्वाल पार्ने काम सम्पन्न भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ। उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी […]

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सुरुङमा फसेका व्यक्तिको […]

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ। सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखअनुसार १५ हजार ३२९ जना अझै हराइरहेका छन्। हालसम्म २ हजार ५०७ जना फेला परेको विवरण पोर्टलमा उल्लेख छ भने १ हजार ८०८ जनाको भेट तथा समस्या समाधान भएको […]

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ । नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रबाट उद्दारका लागि हेलिकप्टर परिचालन र सोहि केन्द्रमा नै उद्दार गरि ल्याउने व्यवस्था गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ८ हजार १ सय ८६ जनाको उद्दार गरिएको छ । उद्दार गरि […]

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको जनाएको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनबाट २५९, नवलपरासी पूर्वबाट १४८, नवलपरासी पश्चिमबाट […]

त्रिशूली ३ ‘ए’ आयोजनामा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थपिएका श्रमिकहरूको उद्धारका लागि मेसिनमार्फत केबल टनेलसम्म सफलतापूर्वक प्वाल छिचोलिएको छ। आइतबार राति ड्रिलिङ प्रक्रिया सम्पन्न भई टनेलसम्म प्वाल पुगेपछि भित्रको अवस्था सुख्खा रहेको पाइएको छ। सुरुङभित्र थुनिएका व्यक्तिको सहजताका लागि कम्प्रेसरसँगै अक्सिजनयुक्त हावा र मार्गदर्शनका लागि बत्ती (लाइट) पठाइएको छ। भित्र […]

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएकामध्ये […]

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धार प्रयास जारी छ। अविरल वर्षा र कठिन भौगोलिक परिस्थितिका बीच नेपाली सेनासहितको उद्धार टोली रातभर घटनास्थलमा खटिएर खोज तथा उद्धार कार्यमा जुटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । रातको अँध्यारो र प्रतिकूल मौसमका कारण उत्पन्न जोखिमलाई कम […]

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये १८७ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये १८७ जनाको उद्धार गरिएको हो । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत ९सिइओ० हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएकमध्ये १५ देशका […]

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म उद्धार टोली पुग्न सफल भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको र बनाइएको सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेको बताएका छन् […]

आजका समाचार : बाढीबाट मृत्यु हुनेको संख्या ६६९ पुग्यो, विदेशी सहयोग माग्दै सरकार, उद्धारमा चिनियाँ र भारतीय टोली जोडिए र युक्रेनमा रुसी आक्रमण तीव्र

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धारभोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, […]

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा पुनःसञ्चालनमा ल्याएको छ । यससँगै बाढीका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन् । टेलिकमका अनुसार रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालन गरिएको छ । यसबाट आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको […]

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको छ। रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ वटा शव फेला […]

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा […]

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ । दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ […]

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालनमा ल्याएको छ। यसबाट उक्त जलविद्युत् आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ । टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झन्डै एक घण्टा दूरीसम्म मानव ढुवानीमार्फत टावर सम्म पुर्‍याइएको […]

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ । सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि रहेको संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’ लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी […]

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका क्रममा एक जनासम्म उद्धार टोली पुगेको रिपोर्ट आएको छ। उद्धारका लागि शनिबार गरिएको पहिलो नियन्त्रित विस्फोट सफलतापूर्वक सम्पन्न भएको छ भने अहिले दुईवटा एक्स्काभेटरले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीसहितको संयुक्त टोलीले […]

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नेपाली तथा विदेशी नागरिकको उद्धारका लागि चीनले सुरुङ उद्धार विशेषज्ञसहितको हेलिकोप्टर नेपाल पठाएको छ। चीनबाट जनमुक्ति सेनाका चार जना सुरुङ उद्धार विशेषज्ञ लिएर आएको हेलिकोप्टर शनिबार नेपाल आइपुगेको हो। उक्त हेलिकोप्टर केरुङ नाकाबाट सीधै सम्बन्धित जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रमा अवतरण गरेको बताइएको […]

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २ः५० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका छन्। प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै २३३ शव फेला परेका छन्। यस्तै नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा […]

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ। सुरुङभित्र मानिसहरू फसेको सूचना पाएपछि विगत दुई दिनदेखि जारी उद्धार प्रयासअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको हो। सरकारले प्राथमिकताका साथ सुरक्षा निकायको संयुक्त उद्धार टोली परिचालन गरी सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष […]

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन् । त्रिशूली थ्रि ए टनेल इलाकामा नेपाली सेनाका ६२ सहित सशस्त्र र नेपाल प्रहरी गरी ८२ जनाको टोली उद्धारमा खटिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको कमाण्डमा शुक्रबारदेखि नै सो इलाकामा उद्धार इरहेको छ । […]

Browse by publisher

37