Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

21 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

5

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार साधारण तारेखमा छाड्ने आदेश दिएको छ । अदालतले तत्काल उपलब्ध प्रमाणका आधारमा थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो कायम गर्दै बिहीबार मुद्दा दायर गरेको थियो। […]

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने र कानुनी राज्यको उल्लंघन गर्ने कामको नेतृत्व स्वयं सरकारले गरिरहेको आरोप लगाएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टीको नयाँ वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सरकारको आलोचना गर्ने वा विरोधमा उत्रिने युवाहरूलाई धम्की र त्रास देखाउने गरिएको भन्दै ओलीले समाजमा अराजकता […]

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको सरकार अरू पार्टीविरुद्ध योजनाबद्ध रूपमा गलत सूचना फैल्याउने अभियान चलाइएको आरोप लगाएका छन्। शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले बालेन्द्र शाह नेतृत्वमा ‘गोयबल्सभन्दा पनि महागोयबल्स शैली’ अपनाएर अरूलाई बदनाम गर्ने प्रयास भइरहेको दाबी […]

Khabarhub logoKhabarhubPrivate7 publishers

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुँदै फासिवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमाथि दमन, सञ्चारमाध्यममाथि अवरोध र विपक्षीमाथि दबाब बढेको दाबी गरे। उनले एमालेको पार्टी कार्यालय र नेताहरूका घरमा जेन-जीका […]

Khabarhub logoKhabarhubPrivate7 publishers

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डबारे वर्षौंदेखि फैलाइएको सूचना सही नभएको दाबी गरेका छन्। नेकपा (एमाले)को वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई शुक्रबार च्यास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले दरबार हत्याकाण्डबारे एकपक्षीय सूचना र अफवाहले लामो समयसम्म जनमानसमा प्रभाव पारेको बताए। उनले […]

Khabarhub logoKhabarhubPrivate4 publishers

Earlier today

1

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र नेपाली कांग्रेसबीच पटक-पटक हुने गठबन्धनको राजनीताबाट आजित मतदाताले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बलियो जनमत दिए । तर, तीन ठूला दलबीच प्रदेश सरकारको सत्ताका लागि उस्तै बार्गेनिङ र छिनाझपटी चलिरहेकै छ । २०८४ सालको निर्वाचनसम्म केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारी गर्ने सहमतिमा रहेका कांग्रेस र […]

Yesterday

6

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा पुरक अभियोगपत्र दर्ता गरेको हो । यसअघि दीपक भट्टसमेतलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा थप अनुसन्धानपछि विभागले पौडेलसहित थप […]

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीसहित १६ प्रतिवादीविरुद्ध पूरक आरोपपत्र दायर गरिएको छ। विशेष अदालतका अनुसार यसअघि दीपक भट्टसहितका प्रतिवादीविरुद्ध दर्ता भएको मुद्दामा थप अनुसन्धानपछि पूरक आरोपपत्र बिहीबार पेश गरिएको हो। आरोपपत्रमा प्रतिवादीहरूले गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको […]

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा रहेका लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नरहेको भए तत्काल थुनामुक्त गर्न निर्देशन दिएको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखा (रिट–६) ले २०८३ असार ३२ गते कारागार कार्यालय, महोत्तरी (जलेश्वर) लाई पत्राचार गर्दै अदालतको आदेश कार्यान्वयन गर्न भनेको हो। कोइरीका छोरा […]

कोशीमा पनि टुट्दै एमाले-ग्रेस गठबन्धन, मुख्यमन्त्री कार्की संकटमा

काठमाडौं– कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । २०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेबीच सत्ता गठबन्धन भएको थियो । सोही सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भइरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण कोशी प्रदेशमा गठबन्धन टुट्न […]

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन् […]

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष शाक्यको आज बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो । हाल नेत्री शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालका मुटुरोग विभागका प्रमुख डा अशोक अधिकारीका अनुसार नेत्री शाक्यलाई बिहान छाती दुखेका कारण अस्पताल […]

Older

9

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी बाँकी प्रक्रिया पूरा गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई आज पदमुक्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले संविधानले दिएको अधिकारअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरिएको र बाँकी काम पनि सोहीअनुसार अघि बढाइने बताए । मुख्यमन्त्री शाहले बजेटका सम्बन्धमा […]

पदाधिकारी छान्न रविलाई सकस, वरिष्ठ नेतामा बालेनको मनोनयन पनि रोकियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको १९ दिन बित्दा पनि सभापति रवि लामिछानेले महाधिवेशनका बाँकी काम टुङ्ग्याएका छैनन् । पार्टीमा दुईवटा समूहलाई मिलाउनुपर्ने बाध्यतामा रवि छन् । अर्कातिर सरकारमा रहेकाहरूलाई दिइने दोहोरो भूमिकाबारे प्रश्न उठेपछि रविले सचिवालय केन्द्रीय समिति र पदाधिकारीको पनि टुंगो लगाउन सकेका छैनन्। असारभित्रै पार्टी पदाधिकारी र केही केन्द्रीय समिति थप्ने […]

विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सातजना विद्यार्थी नेताको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ । उसले ती विद्यार्थीलाई तत्काल बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ। एमालेले मुलुकमा बढ्दो मूल्यवृद्धि, सुकुम्बासीमाथिको अत्याचार र राज्य दमनविरुद्ध सिंहदरबार दक्षिण गेटअघि शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीमाथि सरकारले बल प्रयोग गरी पक्राउ गरेको भन्दै निन्दा गरेको […]

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा र पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले विभिन्न नारासहित सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री शाहले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरेका थिए । उनीहरूले पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न पनि सरकारसँग आग्रह […]

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। बजेट पारित गर्न समस्या भएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई ‘कि राजीनामा दिनुस, कि बजेट पारित गर्न सहयोग गर्नु’ भनेका थिए । तर एमालेका मन्त्रीहरू दुवै कुराका लागि तयार नभएपछि शाहले बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले […]

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन् । सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै निरन्तर विरोधमा रहेका विपक्षी दलका सांसदहरूले बुधबार पनि संसद् बैठक सुरु हुने बित्तिकै उठेर विरोध जनाएका थिए । विपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद गीता गुरुङलाई बोल्न समय दिएका थिए । सांसद […]

संसद्‍बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री बालेन शाहको जेठ १७ गतेको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’को संज्ञा दिएकी छन् । उनले वालेन्द्रको अभिव्यक्ति कुनै हालतमा अस्वीकार्य रहेको बताइन् । उनले सरकार सीमा सुरक्षाको विषयमा गम्भीर हुनुपर्ने बताएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकमा अन्योल र तनाव सिर्जना […]

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीसहित निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश […]

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । बुधबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष उनीहरूले एकसाथ राजीनामा बुझाएका हुन् । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार विकसित राजनीतिक परिस्थिति र आन्तरिक छलफलपछि कांग्रेसका सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा बुझाउने निर्णय गरेका हुन् । राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री […]

Browse by publisher

37