Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

10 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि, एसिया कपका लागि छनोट

काठमाडौँ- नेपालले पुरुष एसीसी प्रिमियर कपको उपाधि जितेको हो। शनिबार मलेसियामा भएको फाइनल खेलमा यूएईलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको हो। योसँगै नेपालले लगातार दोस्रोपटक एकदिवसीय फर्मेटको एसीसी प्रिमियर जित्ने पहिलो टोली बनेको छ। यसअघि नेपालले सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसीसी प्रिमियर कप जितेको थियो। सन् २०२४ मा आयोजना […]

एसीसी प्रिमियर कप : आसिफको शतकमा यूएईविरुद्ध नेपालको बलियो योगफल

काठमाडौँ- ओपनर आसिफ शेखको शतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध बलियो योगफल खडा गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रनको लक्ष्य दिएको दिएको हो। आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। गुल्शन झाले ३८ बलमा ३ […]

एसीसी प्रिमियर कप : यूएईविरुद्ध आसिफको शतक

काठमाडौँ- मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनल खेलमा आज ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलमा आसिफले १०३ बलमा शतक प्रहार गरेका हुन्। टस जितेर ब्याटिङ गरेको नेपाली टिमले हालसम्म ३४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १८६ रन बनाएको छ। आसिफलाई साथ दिन पूर्वकप्तान रोहितकुमार पौडेल मैदानमा […]

Earlier today

2

एसीसी प्रिमियर कप : नेपालले यूएईविरुद्ध टस जित्यो, ब्याटिङ गर्ने

काठमाडौँ- तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध टस जितेको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निर्णय लिएका छन्। मलेसियामा जारी खेल नेपाली समयअनुसार ७ः१५ देखि सुरु हुनेछ।

एसीसी प्रिमियर कपको फाइनल खेल आज : उपाधिका लागि यूएईसँग भिड्दै नेपाल

काठमाडौँ- मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ। आज नेपाली समयअनुसार ७ः१५ देखि सुरु हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपाल लगातार दोस्रोपटक भिड्दैछन्। आजको खेलमा जो विजयी हुन्छ, ऊ आगामी एसिया कपमा सहभागी हुन पाउने छ। नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसीसी प्रिमियर […]

Yesterday

1

एसीसी प्रिमियर कप फाइनल : नेपाललाई इतिहास दोहोर्‍याउने मौका

काठमाडौँ- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने तयारीमा छ। मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ। शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसीसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ। नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको […]

Himal Press logoHimal PressPrivateacc-premier-cup-final58 publishers

Older

4

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

काठमाडौँ- ओमानलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनल पुगेको छ। फाइनलमा नेपालले शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। विजेता टोली एसिया कप खेल्न छनोट हुनेछ।

यूएई तेस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल के गर्ला?

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै यूएई लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा हङकङले दिएको ७१ रनको झिनो लक्ष्य यूएईले ११.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो। उसका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ तथा अक्षदीप […]

ओमानविरुद्ध नेपालले ब्याटिङ गर्ने, कुमालको ठाउँमा बसिरलाई मौका

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले ब्याटिङ गर्ने भएको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस हारेर ब्याटिङको निम्तो पाएका छन्। खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। समूह ए को विजेता नेपाल र समूह बी को उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको ओमान दुवै फाइनल […]

एसीसी प्रिमियर कप : नेपाल र ओमानको सेमिफाइनल भिडन्त

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। समूह ए को विजेता नेपाल र समूह बी को उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको ओमान दुवै फाइनल प्रवेश गर्दै उपाधि जित्ने दाउमा छन्। एसियाली क्रिकेटमा यी दुई टोली […]

Browse by publisher

37