Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

13 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

1

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार (साउन १३ गते बिहान ८:३० बजे) बस्ने भएको छ। नेता श्रेष्ठको ललितपुरको हेलिस अस्तालमा उपचारका क्रममा आज निधन भएको हो। उक्त बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थितिका लागि अनुरोध गरिएको छ। […]

Himal Press logoHimal PressPrivate9 publishers

1–3 hours ago

3

कांग्रेस नेता गाेपालमान श्रेष्ठको निधन

काठमाडौँ- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको उपचारका क्रममा निधन भएको हो। क्यान्सरपीडित श्रेष्ठको ललितपुरको जाउलाखेलस्थित हेलिअस हस्पिटलमा निधन भएको हो। स्याङ्जाबाट पटकपटक संसद्‌मा निर्वाचित श्रेष्ठले विगतमा उपप्रधानमन्त्री, भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योगमन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। कांग्रेस सभापति गगन […]

चिकित्सक आन्दोलनबारे कांग्रेस सभापति थापाका तीन सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीको माग तत्काल सम्बोधन गर्दै स्वास्थ्य सेवा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। मंगलबार जारी अपिलमा उनले साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनालाई अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन्। नागरिकको जीवन रक्षाका लागि […]

सुनसरीमा घटेको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकार समक्ष राप्रपाको माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाका क्रममा एक नेपाली युवाले दुःखद रूपमा ज्यान गुमाएको तथा अन्य केही व्यक्तिहरु घाइते भएको घटनाले अत्यन्त मर्माहत र चिन्तित बनाएको जनाएको छ। आज विज्ञप्ति निकाल्दै मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको […]

3–12 hours ago

1

सभामुखलाई कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले के भने?

काठमाडौँ- सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच मंगलबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, संसद् सञ्चालन र पछिल्ला राष्ट्रिय घटनाक्रमका विषयमा छलफल भएको थियो। भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै मुलुकमा शान्तिसुरक्षा कायम गर्न प्रभावकारी कदम चाल्नुपर्ने […]

Yesterday

4

सरकारसँग गगनको प्रश्न : नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आएको भन्दै सरकारसँग प्रश्न गरेका छन्। सुनसरीको देवानगञ्ज घटनाबारे सभापति थापाले यस्तो बताएका हुन्। देवानगञ्ज गाउँपालिकामा गएराति दुई समुदायबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य थप संयमित हुनुपर्ने उनको […]

देवानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगन्ज नगरपालिका-३ कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। सोमबार जारी अपिलमा आङ्देम्बेले उक्त घटनामा दुई जनाको मृत्यु हुनु र दर्जनौँ व्यक्ति घाइते हुनु अत्यन्त पीडादायी भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना […]

राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। उनीहरूबीच सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा कुराकानी भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ। सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका […]

सुनसरी झडप र गोली प्रहारको घटनाबारे निष्पक्ष छानबिन गर्न सांसद थापाको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन्। झडपस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थापाले सामान्य विवादका क्रममा छातीलगायत शरीरका अङ्ग ताकेर सिधै गोली चलाइएको आरोप लगाए । उनले थप व्यक्ति हताहत भएको हुन […]

Older

4

सत्ता जोड्न ‘वामपन्थी’ जलप

काठमाडौँ- एक वर्षअघिसम्म केन्द्रीय सत्तामा हालिमुहाली गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जेनजी आन्दोलनपछि सरकार बाहिर छन्। जेनजी आन्दोलनपछि सम्पन्न चुनावपछि ती दल संघीय सरकारमा कमजोर साबित भए। वैकल्पिक धारको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाई ल्याएपछि तीनै दल प्रतिपक्षमा खुम्चिएका हुन्। केन्द्रमा बलियो सरकार गठनपछि पुराना दलको […]

साउन तेस्रो हप्तासम्म सहमति जुट्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले साउन तेस्रो साता पार्टीमा सहमति जुट्ने बताएका छन्। पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको भेटमा सभापति थापाले साउन तेस्रो साता पार्टीमा सहमतिले सार्थकता पाउने बताएका हुन्। नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाको नेतृत्वमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरू एकताका लागि दबाब दिने उद्देश्यले आइतबार सभापति थापासँग भेट गरेका थिए। छलफलका […]

लुम्बिनीका कांग्रेस मन्त्रीले सामूहिक राजीनामा दिँदै

काठमाडौँ- नेपाली कांग्रेसका मन्त्रीले आज लुम्बिनी प्रदेश सरकारबाट सामूहिक राजीनामा दिने भएका छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि उनीहरु सरकारबाट बाहिरिन लागेका हुन्। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो। तर लुम्बिनीमा कांग्रेसबाट मन्त्री भएकाहरुले राजीनामा दिएका थिएनन्। […]

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री कँडेलले राजीनामा दिएको घोषणा गरे। उनी पहिलोपटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादीको गठबनधनमा मुख्यमन्त्री बनेका थिए भने झन्डै ४ महिनापछि केन्द्रमा समिकरण परिवर्तन भएपछि नेपाली काँग्रेसको समर्थनमा दोस्रो पटक २०८१ साउन २१ गते मुख्यमन्त्री बनेका थिए। पछिल्लो […]

Browse by publisher

37