मुग्लिन-नारायणगढ सडक चार घण्टापछि दुईतर्फी सञ्चालनमा
काठमाडौँ- मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ। मंगलबार बिहान करिब साढे ८ बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिँदा यात्रुहरू केही समय बाटोमै अलपत्र परेका थिए भने सडकको दुवैतर्फ सवारीको जाम लागेको थियो। पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित […]